शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बाल साहित्य सम्मेलनले जाग्यो प्यूठान , सदरमुकाममा रिडाथान



प्यूठान, आज देखि शरु भएको बाल साहित्य सम्मेलनमा देशभरका साहित्यिक श्रष्टाहरुले अहिले प्यूठानमा चहलपहल बढेको छ । कार्यक्रमको पहिलो दिन सदरमुकाम खलंगामा रिडाथान कार्यक्रम सम्पन्न भएको छ । पुस्तक पढौं अघि बढौं भन्ने नारा सहित रेडक्रस बिद्यार्थीहरुले हातमा पठन संस्कृति झल्काउने प्लेकार्ड सहित खलंगा पाटीचोकदेखि महेन्द्र माबि खलंगा सम्म रयाली अर्थात रिडाथान गरिएको थियो । रिडाथानमा संघीय साँसद सूर्य थापा, मल्लरानी गाँउपालिका अध्यक्ष कृष्ण खड्का , अतिथिको रुपमा सहभागी साहित्यकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य डा. कौशिला रिसाल, प्रतिष्ठानकै प्राज्ञ सदस्य इशाबति कुर्मी, प्राज्ञ सदस्य बुँद राना, बरिष्ठ पुस्तकालयबिद इन्दिरा बली, नेवासासका पूर्व अध्यक्ष तथा सल्लाहकार तेज प्रकाश श्रेष्ठ, यसैगरी प्रा. धुव्रकुमार घिमिरे, सिर्जना शर्मा, राधेश्याम लेकाली तथा जिल्लाका कार्यालय प्रमुख , संघसंस्था साहित्यकर्मी पत्रकार शिक्षक बिद्यार्थी र स्थानीय समुदाय गरी ३०० जनाको सहभागिता रहेको थियो । सदरमुकाम बजार परिक्रमाको क्रममा बालसाहित्य झल्काउने कविता, मुक्तक बाचन समेत गरिएको थियो । श्रष्टाहरु बिजयराज न्यौपाने, धुब्र जिसीको सडक प्रस्तुतीले सहभागीहरुलाई उत्साहित बनाएको थियो । भने महेन्द्र मावि प्रागंणमा बिद्यार्थी सपना घर्तीमगरले कथा बाचन गरेकी थिइन । त्यसपछि आमन्त्रित श्रष्टाहरुले प्यूठानको मल्लरानी, शिवालय मन्दिर लगायत जिल्लाको दृश्य अवलोकन गरेका थिए । सदरमुकाम खलंगामा राखिएको अम्व्रेला स्टिटले पनि सदरमुकामको सुन्दरतालाई थप सौन्दर्य बनाएको छ । बाल साहित्य सम्मेलनबाट प्यूठानको पर्यटन प्रबर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top