शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

आज देखि प्यूठानमा बाल साहित्य सम्मेलन, सदरमुकाममा सर्जकहरुको जमघट



प्यूठान,
आज देखि प्यूठानमा बाल साहित्य सम्मेलन हुँदैछ । सम्मेलनका लागि देश तथा बिदेशबाट आउदै गरेका बिशिष्ट साहित्यिक ब्यक्तित्वहरुको उपस्थितिले प्यूठान यतिवेला साहित्यमय बनिरहेको छ । बाल साहित्य समाजको आयोजनामा गर्न थालिएको यो सम्मेलनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य डा. कौशिला रिसाल, प्रतिष्ठानकै प्राज्ञ सदस्य इशाबति कुर्मी, प्राज्ञ सदस्य बुँद राना, बरिष्ठ पुस्तकालयबिद इन्दिरा बली, नेवासासका पूर्व अध्यक्ष तथा सल्लाहकार तेज प्रकाश श्रेष्ठ, यसैगरी प्रा. धुव्रकुमार घिमिरे, सिर्जना शर्मा, राधेश्याम लेकाली सहित ४० भन्दा बढी सािहत्य सर्जकहरुको उपस्थितिले प्यूठानमा नयाँ जागरणको महशुस गरिएको छ । भने प्यूठानका साहित्यनुरागीहरुको जमघट बढ्न थालेको छ । बेलुकी सदरमुकाम खलंगामा स्थानीय आयोजकको भूमिकामा रहेको गैर सरकारी संस्था मल्लरानी ग्रामीण बिकास सरोकार समाजले अतिथिहरुको आतिथ्यता गर्ने र आज साँझै ७ बजे अतिथिहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम, अनुभव शेयरिङ र साँस्कृतिक झाँकी कार्यक्रम तय गरिएको बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले बताए । सम्मेलनका लागि टोली बिहान ७ बजे काठमाण्डौबाट प्यूठान प्रस्थान गरेको पनि आचार्यले बताए । कार्यक्रम तालिका अनुसार ९ गते बिहान ७ बजेदेखि ८ बजेसम्म पढाई हिडाई र रिडाथान त्यस्तै ८ बजेदेखि ९ बजेसम्म मल्लरानी भ्रमणको कार्यक्रम तय गरिएको छ भने जनता मावि बाग्दुलामा हुने मंच कार्यक्रमको उदघाटन माननीय संघीय साँसद सूर्य थापाले गर्ने कार्यक्रम रहेको छ । उदघाटन पश्चात साहित्यिक बिधा र बालबालिकाका सरोकारका बिषयमा प्रशिक्षण कार्यक्रम हुनेछ । यसका लागि ८ वटा कोठामा अलग अलग बिषय निर्धारण गरिएको छ । यस्तै शनिवार नै हस्तलेखन, कथालेखन प्रतियोगितात्मक कार्यक्रम पनि तय गरिएको छ । यसैगरी प्रा. कपिल लामिछाने र गेहराज थापाद्धारा अवधारणापत्र प्रस्तुतीकरणको कार्यक्रम रहेको छ । अवधारणापत्रमा पठन संस्कृति, पाठ्यपुस्तक र बालसाहित्य कपिल लामिछानेले प्रस्तुत गर्नेछन भने प्यूठानको बाल साहित्यको अवस्थाबारे गेहराज थापाले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको बताइएको छ । साहित्यक इतिहासमा पहिलो अवसर रहेको जिल्लाका साहित्यक बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिले प्यूठान साहत्यिक रंगमंचको सेरोफेरोमा केन्द्रित रहेको छ । बालप्रतिभाहरुको प्रतिभावान क्षमतालाई प्रस्फुटित गराई साहित्य क्षेत्रको बिकास तथा मुलधारमा ल्याउने उद्धेश्यका साथ साहित्य सम्मेलनलाई निरन्तरता दिंदै आएको यस बाल साहित्य समाजले गर्न थालेको यो २८ औं सम्मेलन हो ।
सम्मेलनमा एक सय भन्दा बढी ख्यातिप्राप्त बाल साहित्य सर्जकको उपस्थिति हुनेछ भने प्यूठान जिल्लाका सवै पालिकाका गरी ४ सय बिद्यार्थीको सहभागिता रहने स्थानीय आयोजक समिति संयोजक बिमला खनालले बताएकी छिन । साहित्य सम्मेलन सम्पन्न गर्नका लागि जिल्लामा क्रियाशील साहित्यिक संस्था तथा अन्य निकाय खासगरी साहित्य परिषद् प्यूठान, राप्ती साहित्य परिषद प्यूठान, जनता मावि बाग्दुला, मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका साथै प्यूठान नगरपालिका,र मल्लरानी गाँउपालिका लगायतका सहित गरी १ दर्जन भन्दा बढी निकायले ऐक्यबद्धता जनाउदै स्थानीय आयोजकको भूमिकामा रहेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top