शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

दुर्गा प्रसाइको आन्दोलन ः बुढी मरी कि काल पस्यो !




आज मंसिर ७ गते । यो दिनमा सवैको ध्यान काठमाण्डौमा एक मेडिकल ब्यवसायी दुर्गा प्रसाइले आवहान गरेको आन्दोलनसंग केन्द्रित छ । उनले यतिवेला राज्यब्यस्थालाई चुनौति दिनेगरी आन्दोलनको उद्घोष गरिरहेका छन् । कतिपय संचारमाध्यमले प्रसाईको आन्दोलनलाई अनाबश्यक महत्व दिन पुग्दा आजको दिनमा के होला ? भन्ने चासो थएिको छ । यो राजनीति भन्ने शब्द र यसको प्रयोग पनि हाम्रो नेपाली समाजमा अचम्मको नै रहेछ । समाजमा के नकारात्मकता छ, कहाँ के कमजोरी भइरहेको छ ? त्यसको मुद्धा उठाउन सकियो भने जस्तोसुकै ब्यक्तिले आवहान गरेको भएपनि अहिलेको तरल अवस्थामा मान्छेको मुड मोटिभ हुँदो रहेछ । अहिले यो बेला दुर्गा प्रसाई कस्ता ब्यक्ति हुन ? को हुन कुन पृष्ठभूमिका हुन ? यसको सरोकारको बिषय बनेको छैन । बनेको एउटै कुरा छ त्यो भनेको लघुबित्तको ऋण मिनाहाको बिषय । काठमाण्डौमा भित्रिंदै गरेका अधिकांश मान्छेहरु यै लालसा र आशाले ओइरिएका छन् । यसमा कुनै राजनीतिक चेत भएका ब्यक्तिहरु छैनन् । प्रसाइले त एकातिर लघुबित्तका ऋणीहरुका अबस्था र बाध्यताका कुरा एकातिर उठाएका छन् भने अर्कोतिर यै सेण्टिमेण्टलाई आफ्नो राजनीतिक अभिष्टमा जोड्ने दाउ हेरिरहेका छन् । यसले यस्तो भाष्य निर्माण भइरहेको छ कि अव लघुबित्तसंग जोडिएका आम समुदायले दुर्गा प्रसाइले गरेको आन्दालनका कारण अव ऋण तिर्नु पर्ने छैन । परिणाम यसले नेपालको बित्तिय क्षेत्रमा एउटा अराजकताको अभ्याससंगसंगै राजनीतिक भबिष्यसंग पनि एउटा नकारात्मकताको शिलशिला शूरु भएको छ ।
यो बेला हामीले अर्कोपाटोबाट हेर्दा लघुबित्तका बिषय के हुन ? भन्ने बिषयतर्फ पनि घोत्लिनु जरुरी छ । अहिले आधारभूत बर्गको आर्थिकस्तरमा सहजता ल्याउने उद्धेश्यका साथ संचालनमा रहेका भनिएका लघुबित्तिय संस्थाहरुको क्रण परिचालन प्रक्रियामा देखिएका कतिपय कमजोरीका कारण यसले आशातित प्रतिफल दिन सकिरहेको छैन । अपेक्षित उद्धेश्य अनुसार प्रतिफल दिन नसक्दा लघुबित्त क्रणीहरु दिनप्रतिदिन क्रणको दुष्चक्रमा फस्दै गएका छन् । जनतामा क्रण तिर्ने अवस्था सहज बन्न सकिरहेको छैन । परिणामतः लघुबित्तिय संस्थाप्रतिको बुझाईमा नकारात्मकता हावी हुँदै गएको छ ।
लघुबित्तिय संस्थाको यतिबेलाको अवस्था हेर्दा केही समय अगाडि प्राप्त एक तथ्यांक अनुसार हाल देशमा ६० लघुबित्त संस्थाका ५ हजार १५१ शाखा मार्फत २३ हजार ३३३ कर्मचारी परिचालित छन् । यी बाट करिव ६० लाख बचतकर्ता मार्फत १ खर्व ६८ अर्व बचत,सो पुँजीको ६२ अर्व लघुबित्तिय संस्थाबाट १७ अर्व र बञ्चित क्षेत्रमा बैंकहरुले गर्नुपर्ने ५ प्रतिशत लगानीको शर्त अनुसार प्राप्त भएको २ खर्व ८ अर्वगरी करीव ३२ लाख ६० हजार क्रणीमा ४ खर्व ५१ अर्व बरावरको रकम लघुबित्त संस्थाहरुले क्रणको रुपमा प्रवाह गरिहेका छन् । तर उपलब्धिका दृष्टिले आशातिर नतिजा दिन नसक्दा आज यो अवस्था सृजना भएको छ । चित्र खोतल्दै जाँदा आज देशमा उल्लेख्य संख्यामा रहेका महिलाहरु लघु बित्तको क्रण उद्यमका लागि नभई घर खर्चका लागि लिएको, तिर्नका लागि आम्दानी नभएपछि एक लघुबित्तबाट अर्को लघुबित्त गर्दै ७ वटा सम्म लघुबित्तबाट क्रण लिएको देख्दा गरीवी निवारणको असल लक्ष्यका साथ सुरु गरिएको भनिएको लघुबित्तले ग्रामीण महिलाहरुलाई क्रणको दुष्चक्रमा पारेको बुझ्न सकिन्छ । अझ समुह जमानीमा क्रण दिने भएपछि समुहका केही खराव सदस्यले क्रण लिएर तिरेनन् भने त्यो अन्य इमान्दार सदस्यले तिर्नुपर्ने भएर त्यसको अनाबश्यक क्रण थपिन्छ । अहिले लघुबित्तका कर्मचारीले क्रणीलाई जुन तनाव दिएका छन् भनेर समाचारहरु आइरहेका छन् त्यसको दोष बाहिरबाट जाने कर्मचारीमा मात्र छैनकी बरु यस प्रक्रियामा समुहका अन्य सदस्यले समेत साथ दिनुपर्ने बाध्यता छ किनकी साथीले नतिरेको खण्डमा आफै भागीदार बन्नुपर्ने अवस्था छ । यो सवै हुनुको मुख्य कारण लघुबित्तको संख्या अत्यधिक हुनु , प्रमुख कार्यकारी अधिकृत देखि तल्लो तहका कर्मचारी सम्मलाई ब्यवस्थापनले मुख्य उद्धेश्य बिर्सेर क्षेत्र, संख्या क्रण परिचालन बढाएर त्यसमार्फत अधिकतम प्रतिफल दिन दवाव दिनु हो । धेरै संख्याका लघुबित्त एउटै क्षेत्रमा अनाबश्यक प्रतिष्पर्धा गर्न थालेपछि सेवाग्राहीलाई बित्तिय साक्षरता कक्षामा सहभागी गराउनु पर्दथ्यो । बास्तबिक उद्यममा लगानी गर्ने सदस्य पहिचान गरेर उसको ब्यवसायिक योजना कार्यान्वयन गराउन क्रण प्रदान गर्नुको साटो बढी लगानी कसरी गर्ने भन्ने प्रतिष्पर्धामा गएपछि बित्तमा पहँुचको नाममा सेवाग्राहीमा बानी बिगार्ने संगै आफू समस्यामा पर्दै जाने काम भएको छ । यसले समस्या गहिरो रुपमा धसिंदै गएको छ ।
यसर्थ, बुझ्नै पर्ने कुरा बित्तमा पहुँचको अर्थ सहज रुपमा पैसा हात पारिदिनु मात्रै होइन । त्यसलाई प्रतिफल दिने क्षेत्र र उद्यममा लगानी गर्ने बातावरण तयार गर्न सचेतनाका साथ क्रण तिर्न सक्ने भरपर्दो योजना सहित उद्यमको शुरुवाती लगानी दिनु हो । सीप र उद्यमको योजना बिना दिने क्रणले सेवाग्राहीमा योजना बिना अनुत्पादक क्षेत्रमा फजुल खर्च गर्ने नराम्रो बानीको बिकास गर्न मद्धत गर्दछ । त्यसकारण यसलाई करेक्सन गरेर जान नसक्दा समाजमा यो बित्तिय अराजकताको अभ्यास शूर भएको छ । यै कारणले दुर्गा प्रसाई जस्ता ब्यक्तिको उदय भइरहेको छ । बित्तिय क्षेत्रमा भूूसको आगो लागि सकेको छ । यो अव निभाउने कसरी ? लघु बित्तिय क्षेत्रका बिषयमा राज्यले स्पष्ट योजना र दृष्टिकोण तत्काल दिन सकेन भने थुप्रै प्रसाइहरु जन्मने छन् । प्रसाइले उठाएको जुन लघुबित्तिको मुद्धा एकातिर छ संंगै राज्य ब्यबस्थालाई उल्टाउने हाँक दिइरहेका छन् । त्यसैले यो आन्दोलन लघु बित्तबाट प्रभाबित बर्गलाई हातमा लिएर राजनीतिक भूमिकामा आउने स्पष्ट नै देखिन्छ । उनको नाराले नै त्यो कुराको प्रस्टै रुपमा प्रतिबिम्बित गरिरहेको छ । अस्थिरतामा खेल्न रमाउने शक्तिहरुको लागि खेल भइरहेको छ । आजको दिमा प्रसाइले केही मान्छे सडकमा उतारलान् त्यसले ठू्रलो प्रतियूत्पादक अवस्था आइहाल्ला भन्ने त होइन कि बिषय प्रकृतिका दृष्टिले नेपाली समाजलाई कतातिर डोरयाइदै छ भन्ने हो । यसर्थ यो बेला राज्य पक्षले गम्भिर रुपमा सोंच्नु पर्ने अवस्था छ । किनकी यो समस्याले झन भयाबह रुप लिने स्पष्ट छ । अन्यथा अव नेपालको राजनीतिमा नेपाली आख्यान छ अव बुढी मरी होइन काल पसेको छ काल ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top