शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बाल साहित्य सम्मेलनको तयारीलाई अन्तिम रुप दिंइदै



प्यूठान, आँउदो मंसिर ९, १० र ११ गते हुन गइरहेको बाल साहित्य सम्मेलनको तयारीलाई अन्तिम रुप दिंइदैछ ।आइतवार सम्मेलनको रुपरेखा र तयारीबारे प्रेस मिटको आयोजना गरी जानकारी गराइएको हो । पे्रेस मिट कार्यक्रममा साहित्य परिषद् प्यूठानकी कार्यबाहक अध्यक्ष बिमला खनालले सम्मेलनबाट जिल्लाको साहित्यक क्षेत्रमा नयाँ जागरण आउने बिश्वास ब्यक्त गरिन् । साथै प्रचार प्रसारमा सहयोगका लागि जिल्लामा क्रियाशील संचारकर्मीसंग आग्रह समेत गरेकी छन् । बाल साहित्य समाजको मुख्य आयोजक तथा अगुवाईमा गरिन थालेको सो कार्यक्रममा ८ गते देशभरबाट साहत्यिक ब्यक्तित्वहरुको भेटघाट जमघट तथा अनुभव शेयरिङ हुनेछ भने ९ गते बिहान ७ बजे सदरमुकाम खलंगामा रिडाथन गरिने र दिनको ११ः०० बजे जनता माबि बाग्दुलामा उदघाटन समारोहको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन संघीय साँसद सूर्य थापाले गर्नेछन् । बालप्रतिभाहरुको प्रतिभावान क्षमतालाई प्रस्फुटित गराई साहित्य क्षेत्रको बिकास तथा मुलधारमा ल्याउने उद्धेश्यका साथ साहित्य सम्मेलनलाई निरन्तरता दिंदै आएको यस बाल साहित्य समाजले गर्न थालेको २८ औं सम्मेलन हो ।
सम्मेलनमा एक सय भन्दा बढी ख्यातिप्राप्त बाल साहित्य सर्जकको उपस्थिति हुनेछ भने प्यूठान जिल्लाका सवै पालिकाका गरी ४ सय बिद्यार्थीलाई बिभिन्न बिधामा प्रशिक्षण दिनुका साथै उनीहरुको कथा, कविता, निबन्ध जस्ता सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संगै बिभिन्न श्रष्टाहरुद्धारा लिखित पुस्तक बिमोचन, साहित्यिक बिचार बिमर्श,कार्यपत्र प्रस्तुती, कला प्रस्तुती, पुरस्कार बितरण, लगायतका कार्यक्रम तय गरिएका छन् । साहित्य सम्मेलन सम्पन्न गर्नका लागि जिल्लामा क्रियाशील साहित्यिक संस्था तथा अन्य निकाय खासगरी साहित्य परिषद् प्यूठान, राप्ती साहित्य परिषद प्यूठान, जनता मावि बाग्दुलाका साथै प्यूठान नगरपालिका,र मल्लरानी गाँउपालिका लगायतका सहित गरी १ दर्जन भन्दा बढी निकायले ऐक्यबद्धता जनाउदै स्थानीय आयोजकको भूमिकामा रहेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top