
काठमाडौं । रुस विश्वकपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा एसियाली टोली जापान २–१ गोलले विजयी बनेको छ ।
खेलको छैटौं मिनेटमा पाएको पेनाल्टिमा जापानका सिन्जि काजवाले पहिलो गोल गरेका थिए । कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो ।
यता, कोलम्बियाका लागि ३९ औं मिनेटमा जुवेन क्वीन्टेरोले फ्रिकिकमार्फत पहिलो गोल फर्काएका थिए । उनले गरेको गोललाई भिडियो रेफ्रीले गोल दिएका थिए । किपरले बल समातेर पोष्ट भित्र छिरेपछि भिडियो रेफ्रीको सहायता लिइएको हो ।
मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा ७३ औं मिनेटमा जापानका खेलाडी ओसाकोले दोस्रो गोल गर्दै जित निकालेका हुन् । उनले हेडमार्फत गोल गरेका हुन् ।
रातोपाटीबाट
कमेन्ट गर्नुहोस !