शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी मारानाथा फुटबल क्लबलाई


 

फेथ फुटबल क्लबको आयोजनामा शुक्रवार सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी मारानाथा फुटबल क्लबले चुमेको छ ।

सिलगुडीको टेकर्स एरिनाको खेल मैदानमा भएको दोस्रो खेलमा मारानाथा फुटबल टिम पानीघट्टले फेथ फुटबल क्लब, डेविडगंगालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफ बराबर गोलमा रोकिए पनि मारानाथाले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । मारानाथा फुटबल टिमका लागि आकाश प्रधानले गोल गरे ।

खेलको ३९औँ मिनेटमा फेथ टिमको गोलमा अग्रता लिएको मारानाथाका लागि ४५औँ मिनेटमा आकाश प्रधानले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफमा फेथ क्लबले मारानाथा क्लबलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो ।

विभिन्न देशबाट ४ टिमको सहभागीता रहेको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने विजेता टिम मारानाथा फुटबल क्लबलाई ट्रफी र रनर अप टिमलाई क्लबका अध्यक्ष दिवस लामा, युएसएबाट आउनुभएका पास्टर सान राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

स्वस्थकर अनुशासित खेलले व्यक्ति आफू मात्र स्वस्थ नभई असल सोचको विकास, जीवन र समाज पनि परिवर्तन हुने पास्टर सान राईले बताउनुभयो । साथै आयोजक क्लबका अध्यक्ष दिवस लामाले प्रतियोगिताले भातृत्व, मैत्रीपूर्ण सम्बन्ध स्थापितसँगै चर्च र सामाजलाई स्वस्थ हुनका लागि खेलको अपरिहार्यताको असल सन्देश प्रवाह गर्न सकेको बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top