बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

खाडीबाट ७२ हजार नेपाली स्वदेश फर्कन चाहन्छन्


काठमाण्डौं , खाडीमा रहेका ७२ हजार नेपालीले नेपाल फर्कनका लागि अनलाइन दर्ता प्रणाली मार्फत विवरण पेश गरेका छन् । आइतबार साँझसम्म परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सो संख्यामा नेपालीले विवरण उपलब्ध गराएको जनाएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरू भएको युद्ध खाडी क्षेत्रसम्म फैलिएको छ । इरानले खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गर्दै जवाफी आक्रमण गरिरहेको छ । यसबाट त्यहाँ कार्यरत १७ लाख २९ हजारभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता बढेको छ ।
सरकारले फागुन २१ गतेदेखि नेपाल फर्कन चाहनेहरूको विवरण संकलन कार्य सुरु गरेको थियो । दर्ता भएकामध्ये भिसाको म्याद सकिएका, व्यक्तिगत तथा घरायसी समस्याले नेपाल आउनुपर्ने र टिकट नपाएका लगायत कारण देखाएका छन् । फर्किनेहरूको सूची सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले तयार पार्ने भएकाले हालसम्म कति फर्किए भन्ने संख्या यकीन भइसकेको छैन ।
यता नेपालमा सम्पूर्ण प्रक्रिया पूरा गरी भिसा आइसकेका करिब २० हजार नेपाली कामदार विदेश उड्न नपाई नेपालमै रोकिएका छन् । सामान्य अवस्थामा वार्षिक करिब साढे ३ लाख नेपाली कामदार खाडी मुलुक जाने गरेका थिए । जसअनुसार मासिक २५ हजार र दैनिक ८ सयदेखि ९ सयको हाराहारीमा नेपालीहरू रोजगारीका लागि उड्ने गर्थे ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top