शनिबार, मंसिर २२, २०८१ | Saturday 7th December 2024

महाअष्टमी भित्रिकोट दौडका लागि आजैदेखि दौडादौड



प्यूठान, गत २०७९ देखि थालिएको भित्रिकोट दौडलाई यस बर्ष पनि निरन्तरता दिइने भएको छ । तयारीका लागि आयोजक पक्षको दौडादौड चलेको छ भने सहभागी हुनेहरुले पनि नाम दर्ताका लागि आजैदेखि दौडादौडमा छन् । उत्कष्ट स्थान हासिल गर्न सहभागी हुनेहरुले बिहान बिहानै दौडको लागि अभ्यास गरिरहेका छन् । सामरिक, पुरातात्विक तथा धार्मिक महत्वको बिशेषता बोकेको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोटमा यस वर्ष गत बर्ष भन्दा थप रौनकता दिंदै दौड प्रतियोगिता गर्न थालिएको हो । गत सोमवार प्यूठान नगरपालिका वार्ड नं ७ को कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले गोरखा लिगलिगेको झल्को दिने गरी दौड प्रतियोगिता गर्न थालिएको बताएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि प्यूठान नगरपालिका ७ नं वडा कार्यालयले आबश्यक तयारी थालेको हो । यस बर्ष महाअष्टमी तथा नवमी एकै दिन परेकाले सो दिन अर्थात २५ गते दौड कार्यक्रम गरिने वडा अध्यक्ष नेत्र बहादुर केसीले बताएका छन् । दौडमा यस बर्ष जिल्लामा रहेका युवायुवतीले मात्र भाग लिन पाउनेछन् ।
दौड असोज २५ गते बिहान ७.३० बजे प्यूठान नगरपालिका –७ स्थित सैनिक ब्यारेकबाट भित्रिकोट दरवार सम्म करिव ९ किमी उकालो दौड हुनेछ । भने पुरस्कार राशी उत्कृष्टताको आधारमा कायम गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top