आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023

स्कटल्यान्डसँग ११९ मा अलआउट भयो नेपाल


 

स्कटल्यान्डसँग ११९ मा अलआउट भयो नेपाल
ब्याटिङमा निरिह बनेको नेपाल विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध एक सय १९ रनमा अल आउट भएको छ।

युनाइटेड क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा सबै विकेट गुमाउँदा एक सय १९ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। स्कटल्यान्डका लागि ब्रान्डोन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई–दुई विकेट लिए

त्रिदेशीय शृंखलाको पहिलो खेल नतिजाविहीन भएको थियो भने। दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो।

बुधबार नेपाल नामिबियासँग ८६ रनले पराजित भएको थियो। नामिबिया भ्रमणमा यो नेपालको अन्तिम खेल हो

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top