मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

पाइला–पाइलामा तिमीले आफ्नो आमाबाबु सम्झ !


लिला पुन
तिमी त्यसै ठुलो भएको होइनौ ! तिम्रो शरिरको रगतको थोपा,थोपामा तिम्रै आमाबाबुको सेतो रक्तकण र रातो रक्तकणले तिमीलाई जोश र जाँगर दिइराखेको छ ! तिमीले सोचे हौला, म ठूलो भए आमा र बाबुबाट टाढा गए ! तर तिमीले त्यो किसमको सोच र विचार ल्याइयौं भने तिमीले तिम्रो जीवनको गति महाभुलको बाटोमा डोर्याइ राखेको हुनेछौं ! चाहे तिमी टोवाइलेट सफा गर्ने भंगी, चाहे देशको नेता बन, चाहे समाज परिवर्तन गर्ने संवाहक बन, चाहे विद्दार्थी पढाउने आदर्शवादी शिक्षक बन, चाहे किसान बन ।
तिमीले तिम्रो जीवनको गाडी चलाउन जुनसुकै क्षेत्रको जोसुकै होऊ ! तिम्रो हरकदममा आमाबाबुको प्यार र आसिरबात जोडिएको छ, त्यही जोडाइको फलले नै तिमीले आँटेको जीवनको हर काम सफल भएको छ । नेता बनेर मञ्चमा भाषण गर्न जाऊ ! किसान बनेर खेतमा खेती गर्न जाऊ ! गायककार बनेर मञ्चमा गाउन जाऊ ! योद्दा बनेर काँधमा राइफल भिरि लडाई लड्न जाऊ ! अर्थात जीवनको हर काममा हात हाल र गर्व गर ! यो स्थानसम्म पुर्याउने योगदान मेरो आमा र बाबाको हो भनेर !
तिमीलाई तिम्रो जीवनसंगिनीले लपलपि चाट्लिन , सायद तिम्रो आमाबाबु नभइदिएको भए तिम्रो जन्म हुँदैनथ्यो र तिमीविना तिम्रो जीवनसंगिनी तिम्रोसाथ कहाँ आउने थिईन् र तिमीविना कसलाई चाट्न पाउने थिईन् ! एक दिन र एकछिनको स्वास्नीको चटाईमा संसार दिने आमाबाबुलाई कहिले नभुल ! स्वास्नीले लपलपि चाटेको र आमाबाबुले पटपटि पिटेकोमा आमाबाबुको पिटाईले जित्छ किनभने त्यो पिटाईभित्र आमाबाबुको सच्चा माया हुन्छ र जुन मायाले तिम्रो जीवनको दिसानिर्देश गरिराखेको हुन्छ ! तिम्रो कुनियतले आमाबाबुले तिमीलाई सानैमा गरेर खा भनेर छुट्टाएर माना फालिदेलान् यसैको निहुँमा आमाबाबुलाई दुष्मन देखौला तर त्यो सोच त्यो विचार राम्रो होईन किनभने आमाबाबुको मृत्युपछि आमाबाबुले भोगचलन गरेको श्रीसम्पति र धनपैसा त तिम्रै हो !
जब तिम्रो आमाबाबु तिमीबाट सधैको निम्ति टाढा हुन्छन् अब तिमी जीवनको आधा हुन्छौं , आमाबाबु जसलाई भने पनि हुन्छ तर माया भएको सच्चा आमाबाबु पाइदैन ! तिमी श्रवणकुमार बन्न सक्न पर्छ ! यदि जीवनको बाटोलाई सारा संसारिक दुस्खबाट मुक्ति चाहन्छौ भने ! यदि चाहदैनौं र जीवनलाई जिउँदै नरकमा हाल्छौं भने हाल ! हामीले भन्नू केही छैन ! संसारभरका राजा महाराजा, नेता, धनी, पूँजिपतिको जीवन कहानि हेर संस्कार र संस्कृति कोबाट सिकेर आएका छन् र कस्ता बनेका छन् ! आमाबाबुको साइनोभित्र संस्कार र संस्कृति बुझ ! आमाबाबुको नाता आमाबाबु जिउँदो छदै चिन ! मरेपछि पित्रपूजा र श्राद गरेर हुँदैन ! मरेको आमनबाबुलाई वैतर्णी नदी पार गराउँने भनेर पुरुहेट(पण्डित)लाई गाईको बाच्छि र धन दान गरेर केही हुनेवाला छैन !
बरु युगको माग अनुसार आमाबाबुको नामबाट कुनै समाजहितको अक्षयकोष राखिदेऊ ! आगामी पिडीले तिम्रो गुनगान गर्नेछन् ! अनि त भन्ने छन् ! मान्छे त फलाना जस्तो होस् जसले समाजहितको लागि आमाबाबुको नाममा नयाँ रिति नयाँ थिति बसालेर गयो । आमाबाबुको लागि तिमीले गर्नु पर्ने दायित्व यही नै हो !

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top