शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सदस्यता शुद्धिकरण गर्न कार्यदल



प्यार अलि खान
प्यूठानमा नेपाल पत्रकार महासंघ प्यूठान शाखामा आवद्ध पत्रकारहरुको शुद्धिकरण गर्न कार्यदल गठन गरिएको छ।
महासंघका केन्द्रिय सदस्य तथा प्यूठान शाखाका पूर्व अध्यक्ष शुशिल पोखरेलको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समिति गठन गरिएको नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजालले जानकारी दिए।


‘ शुद्धिकरणका लागि पत्रकारिता पेशाप्रति पत्रकारको क्रियाशीलता अनिवार्य सर्त हुनेछ।’ रिजालले भने, ‘समाजले चिन्ने तथा पत्याउने पत्रकारको लिस्ट तयार गर्नेछौं।’ कार्यदल सदस्यमा महासंघकै पूर्व अध्यक्षद्वय इमानसिंह भारती, गिरू भण्डारी सदस्य रहेका छन्।


कार्यदलले नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ को मूल स्प्रिडलाई अधिकतम कार्यावन्यनको प्रक्रियामा लग्न पहल गर्नेछ। कार्यदलले नविकरण गर्न मिल्ने तथा नमिल्ने सदस्यको पहिचान गर्ने तथा नयाँ सदस्यता प्रदान गरिनेबारे ठोस् निष्कर्ष सहित प्रतिवेदन बुझाउने कार्यतालिका रहेको महासंघका सचिव प्रकाश वैद्यले जानकारी गराए।
महासंघ प्यूठानमा हाल १ सय ४२ सदस्य आबद्ध रहेका छन्।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top