शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सहकारीकर्मीहरुका लागि आजदेखि ६ दिने लेखा ब्यवस्थापन तालिम



प्यूठान, प्यूठान जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका संचालकहरुका लागि ६ दिने लेखा ब्यवस्थापन तालिम आज शुक्रवार देखि नयाँ गाउँ दारिमचौरमा शुरु गरिएको छ ।
सहकारी प्रशिक्षालय बाँकेको आयोजना र जिल्ला सहकारी संघ प्यूठानको संयोजनमा थालिएको तालिमको उदघाटन सहकारी बिकास बोर्ड लुम्विनी प्रदेशका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले गरे ।

तालिमको उदघाटन मन्तव्यमा प्रमुख अतिथि पोखरेलले सहकारीमा लेखा ब्यवस्थापन चुस्तदरुस्त हुन नसक्दा बिभिन्न समस्या आएकाले लेखा ब्यवस्थापन जस्तो संबेदनशील बिषयमा ध्यान दिन आग्रह गरे । साथै उनले अहिले प्रदेशमा रहेका कतिपय सहकारीको समस्या उठाउदै अव सहकारीहरु प्रबिधिमैत्री हुन जरुरी रहेको पनि औल्याएका थिए । साथै प्रमुख अतिथि पोखरेलले तालिमलाई ब्यवहारमा कार्यान्वयन गर्न जोड दिएका थिए ।

यसैगरी बिशिष्ट अतिथि जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले सहकारी संस्थाहरुले मानव संशाधनका पक्षमा ध्यान दिन आग्रह गरे उनले सहकारी संस्थाहरुमा संख्यात्मक पक्ष उल्लेख्य रहेतापनि गुण पक्ष कमजोर रहेकाले लेखा ब्ववस्थापन तालिमले त्यो अपेक्षा पुरा गर्न सहयोग पुरयाउने बिश्वास ब्यक्त गरे । यस्तै प्रशिक्षक तथा बिजय फूलवारीका ब्यवस्थापक प्रकाश बैद्यले सहकारी क्षेत्रका बिभिन्न जोखिमहरुबाट मुक्त हुन यो तालिम सहयोगी हुने बताए । तालिमको उदघाटन सत्र प्रशिक्षालय केन्द्र बाँकेका प्राचार्य बिनोद पौडेलको अध्यक्षता सम्पन्न भएको थियो । उदघाटन सत्रमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुलाई भोजलाल थारुले स्वागत गरेका थिए भने गोपाल पौडेलले संचालन गरेका थिए ।


प्यूठान र रुपन्देहीका गरी २५ जनाको सहभागितामा सम्पन्न तालिममा प्रशिक्षकहरु बिनोद पौडेल, गोपाल पौडेल, भाृजलाल थारु र प्रकाश बैद्यले प्रशिक्षण दिइरहेका छन । तालिम २४ गतेसम्म चल्नेछ ।


कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top