आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023

नगरपालिका क्षेत्रभित्रका सहकारीहरुलाई क्षमता अभिवृद्वि तालिम





प्युठान नगरपालिका क्षेत्रभित्रका सहकारी सञ्चालकहरुलाई लागि ४ दिने क्षमता अधिवृद्वि तथा जोखिम व्यवस्थापन तालिम जुम्रीमा सञ्चालन भएको छ ।


जिल्ला सहकारी संघ प्युठानको आयोजना र प्युठान नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिम वचत तथा ऋण सहकारी संस्थाहरु बाहेक अन्य सहकारी सस्थाहरुको सञ्चालकहरुलाई जेठ ७ गते आईतवार देखि १० गते बुधवार सम्म सञ्चालन हुनेछ । उद्घाटन सत्र कार्यक्रममा प्रमुख अथिति रहनु भएका प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगिले सहकारी सञ्चालन गर्नु भएका कर्मचारीलाई क्षमता अभिवृद्वि तालिम दिने मुख्य कुरा रहेको बताउनुभएको छ।


कर्मचारी नै सहकारी सम्बन्धि जानकार तथा चेतनशील नभए सहकारीको मुहार पविर्त गर्न असहज हुने उहाँको भनाई रहेको छ। नगरपालिकामा रहेका सहकारीलाई एक आपसमा सहमतिका साथ मजबुत बनाउनका लागि केही सहकारी मर्ज गरेर अगाडि बढाउन लागेको बताउनु भएको थियो । जिल्ला सहकारी संघ प्युठानका चयन भएका नयाँ नेतृत्वकारीहरुलाई नगरभित्र रहेका सहकारीलाई हिजोको दिन भन्दा अझ व्यवस्थित तरिकाले अगाडि बढाउन आग्रह गर्नुुभएको छ । अथितिमा रहनु भएका लुम्बिनि प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपादक्ष्य टिकाराम प्रोख्रेलले सहकारी संस्थालाई सेवा , व्यवस्था , गुणस्तर र प्रविधि आवश्यक हुन्छ , यो पुर्णता भयो भने सहकारी व्बयवस्थित र जोखिम अवस्थाको समधान हुने बताउनुभयो


। पवित्र सिद्धान्तबाट रोजगारी दिने संस्था सहकारी संस्था रहेको उहाको भनाई रहेको छ। ९ वटा पालिकामा ५०–६० वटा सहकारी सम्म भयो भने राम्रो हुने बताउनु भएको छ। देशमा तिस हजार सहकारी रहेकोमा सरकारले २०३० साल सम्म दश हजारमा परिमार्जन गर्ने लक्ष्य रहेको बताउनुभयो । सम्पुर्ण कर्मचारीलाई आधारशिलतामा राखेर कार्यको व्यवस्थापन सुदृकरण गरेर अगाडि बढियो भने जोखिम व्यवस्थापन हुने धारण राख्नु भएको थियो । कार्यक्रममा अथिति रहनु भएका जिल्ला सहकारी संघ प्युठानको संस्थापक जिवलाल न्युपाने , वचत तथा ऋण सहकारी संघ प्युठानका अध्यक्ष भोज वहादुर बस्नेत , राष्ट्रिय प्रतिनिधि जिल्ला सहकारी संघका सदस्य मुक्ति पोख्रेलले सहकारीका सञ्चालकहरुलाई क्षमता अभिवृद्वि तथा जोखिम व्यवस्थापन सम्बन्धि धारणा राख्नु भएको थियो ।


तालिमको प्रशिक्षण लुम्बिनि प्रदेश सहकारी दर्ता अधिकारी भिम प्रसाद तिवारीले दिनुभएको छ। जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशिल पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगरभित्र रहेका २३ सहकारी संस्थाहरुको सञ्चालकहरुको सहभागी रहेको छन भने कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ प्युठानका सचिव वेगम घर्तिले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top