शनिबार, साउन ९, २०८३ | Saturday 25th July 2026

जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु, आक्रोषित बन्दै पीडित पक्ष


प्यूठान । जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएको छ । मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ की राधिका धामीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्य भए लगत्तै मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।
मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुने नसक्ने भएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो । अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको एक्कासी मृत्यु भएको बिरामीका आफन्त उर्मिला थापाले बताइन । डाक्टरको लापारबाहिका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आक्रोषित भएका छन् । जिल्ला अस्पताल परिसरमा आफन्तको भिडभाडसंगै आन्दोलन मच्चिएको छ ।


अप्रेसन पछि २४ घण्टा सम्म केहि खान नदिनु भन्ने डाक्टरको सुझावलााई वास्ता नगरि बिरामीको आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले जानकारी दिए ।

बिरामीको आफन्तहरुले भने डाक्टरहरुको लापारबाहिका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन । अप्रेसन थ्रेटरमा तोडफोड गर्न सुरु गरेपछि अस्पतालमा कडा सुरक्षा ब्यवस्था मिलाईएको प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए । ‘अस्पताल आफैमा निषेधित क्षेत्र हो, पोख्रेलले भने– ‘यदि अस्पतालको चारकिल्ला भित्र, आन्दोलन, भिडभाड र ढुङ्गामुडा हान्ने जस्ता कार्य भएमा प्रहरीले गोली चलाउन बाध्य हुनेछ ।’ अहिले सुरक्षा समेन्त्रको बैठक बसिरहेको र केही समयपछि पीडित पक्षसंग वार्ताको लागि जुट्ने डिएसपी पोख्रेलले बताए । अस्पताल प्रशासनले आधिकारीक धारणा पत्रकार सम्मेलन मार्फत गर्ने जनाएको छ । बिरामीको मृत्युको खास आधिकारीक कारण अस्पताल प्रसाशसनले पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको हो । दोषीलाई कारवाहीको माग गर्दै यता आन्दोलनकारीले बिजुवारको मुख्य सडकखण्ड अवरुद्ध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top