शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

काेराेना सङ्क्रमणबाट एकै दिन ५ जनाकाे ज्यान गयाे


unn.prixa.netकोरोना भाइरसको सङ्क्रमणका कारण एकै दिन पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही समय मृत्यु हुने क्रम रोकिए पनि पछिल्लो समय बढिरहेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नाै सय ८२ जनाको ज्यान गइसकेको छ ।

यस्तै थप आठ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् । यस्तै काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ हजार सात सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top