शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखियो, सानडोङ र हेनान प्रान्तका ३५ जना सङ्क्रमित


unn.prixa.net
चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरसको सङ्क्रमण देखिएको ग्लोबल टाइम्सले जनाएको छ ।

यो भाइरसको सङ्क्रमण अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा देखिएको र ३५ जना मानिस सङ्क्रमित भएका खबरमा उल्लेख छ ।

ज्वरोका बिरामीको घाँटीको स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएका उनीहरु जनावरको सम्पर्कमा रहेका भनिएको छ । यो सङ्क्रमण जनावरबाटै सरेको हुन सक्ने अनुमान गरिएको छ । सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेको छ ।

ल्यान्ग्या हेनिपाभाइरससमेत भनिने हेनिपाभाइरसको अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन । सङ्क्रमितहरुलाई मिल्दोजुल्दो रोगको औषधिमार्फत उपचार गरिने छ । चीनमा यसअघि सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

यो भाइरस अहिले विश्वभर फैलिएको छ भने यसको सङ्क्रमणका कारण कयौँको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top