
चैत्र २० ।
प्यूठान । प्यूठान नगरपालिका ३ विजयनगर ओखरबोटमा सोमवार एक दिने जेष्ठ नागरिकका लागि निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
आँखा शिविरमा १ सय ५ जना आखाँका विरामीहरुले चेकजाँच गरिएको छन् । जसमध्ये ९८ जना औषधी, ५ जनालाई औषधीसंगै चस्मा पनि वितरण गरिएको छ भने ७ जना विरामीहरुको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र, (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) विजुवारको आयोजना र प्यूठान नगरपालिका ३ विजयनगरको सह–आयोजनामा शिविर सञ्चालन भएको वडा अध्यक्ष प्रेम हमालले जानकारी दिए । दुर्गम बस्तीहरु यसरी शिविर सञ्चालन गर्दा नगरवासीहरुलाई प्रत्यक्ष लाभ हुने गरेको हमालले बताए । त्यस्तै शनिवार प्यूठान नगरपालिका २ दाखाक्वाडीमा पनि शिविर सञ्चालन गरी ५० जना आँखाका विरामीको चेकजाँच गरिएको थियो । 
कमेन्ट गर्नुहोस !