शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

अफगानिस्तानबाट नेपालीले सिक्नु पर्ने पाठ


नेपालमा सत्तासिनहरुले संसदबाट एम.सी.सी. पास गर्न अनेक हरकत गरिरहेको बेलामा अफगानिस्तानमा तालिवानीहरुको सत्ता रोहण भएको छ । यसबेला विश्वको जनताको नजरमा तालिवानीहरुको त्याग, तपस्या र बलिदानको उच्च प्रशंसा भई रहेको छ । विभिन्न देशका विभिन्न क्रान्तिकारीहरुले तालिवानी क्रान्तिकारीहरुलाई विभिन्न विचार र विभिन्न नजरले हेर्न थालेका छन् । तालिवानी क्रान्तिकारीहरुले मुस्लिम सरीया कानूून लगाएर अफगानिस्तान जनतामाथि उनीहरुको नजरमा न्यायपूर्ण, विश्व जनमतको नजरमा अन्यापूर्ण शासन गरेपनि समय र परिस्थिति अनुसार उनीहरुले आãनो शासन व्यवस्थामा केही हेरफेर त गर्ने नै छन् भन्ने आशा गरेका छन् । किनकी मुस्लिमहरुको सरीया कानून अन्तर्गत महिलाहरुलाई कालो कपडाले मुख छोपेर हिड्नु पर्ने, सके साथमा महिलाहरुको निगरानिकोलागि पुरुष हुनुपर्ने, घरबाहिर जाँदा पुरुषको अनुमती लिनुपर्ने, स्कूलमा पनि विना झ्याँलको बन्द कोठामा महिला बालिकाहरुले पढ्नु पर्ने, मतदान गर्न नपाउने, राज्यको कुनैपनि अंगमा बस्न नपाउने, राजा र मुस्लिम धर्मको विरोध गरेमा दोबाटो अथबा तेबाटोमा सुलीमा झुण्डाएर मार्ने वा खम्बामा बाँधेर आगो लगाएर मार्ने वा ढुँगाले हानेर मार्ने वा खसी, बोका काटे झै काट्ने, पुरुषले जे गरेपनि हुने महिलाहरुलाई राज्यको सम्पूर्ण अधिकारबाट बन्चित गर्ने जस्ता अमानवीय कार्यहरु गर्ने गरिएको छ ।
प्रजातन्त्र, हक, अधिकार, विकास, निमार्णको नाममा अमेरिकन सेनाले अफगान र अफगानी जनताहरुलाई जति दोहन गरे, त्यतिकै मात्रामा अफगानिस्तानको विभिन्न खानीहरुबाट युरेनियम, सुन, चाँदी, हिरा, मोती, तामा, पित्तल, फलाम, तेल, ग्याँस, जडिबुटी आपूmहरुलाई चाहिने जति सबै महत्वपूर्ण धातुहरु लुुटेर लगे । वीस बर्षको अबधिमा ४, ५ लाख अफगानिस्तानी जनताहरु मारे । कैयोलाई घाइते पारे भने कैयो छोरीचेलीहरु अमेरिकन सेनाबाट बलात्कृत भए । बलात्कृतपछि मारिए । गर्नुसम्म गरे । आãनो स्वार्थ पूर्तिपछि खोक्रो अफगानिस्तानलाई छोडेर गए । एक पटक अमेरिकन सेना अरुको देशभित्र पस्यो भने त्यो कहिले फर्कदैन भन्ने विश्व जनमतको विश्वास जित्न अमेरिककन राष्ट्रपति“जो बाइडेन”ले आãनो सेना हटाएजस्तो गरे । तालिवानी क्रान्तिकारीहरुको आक्रमणबाट आãना सेना र दुताबास जोगाउने निहुँमा फेरी पाँचहजार सेना थप गरे । अहिले अफगानिस्तानको राजनीतिक व्यवस्था यति उथलपुथल छ कि कुनबेला कहाँ के हुने हो थाहा छैन । बाहिय दुश्मन शक्तिले पनि त्यही उथल–पुथलको मौका हेरेर बसिराखेको छ । कतै राजनीतिक अस्थिरताको नाममा फेरी अर्को विदेशी शक्तिले हात हाल्ने हो भन्ने कुराको डर छ । यसबेला क्रान्तिकारी तालिवानीहरुले बेलैमा होस पु¥याएनन् र समयचक्रसंग खेल्न जानेनन् भने साथै सरीया कानूूनअनुसार शासन गर्न थालेमा स्वतन्त्रताको नाममा बाहिय शक्तिले हस्तक्षेप गर्न पनि के भर ! यो निकै विचारणीय कुरो छ ।
अफगानिस्तानी जनताले यो मार अहिले मात्र भोगेको होईन । आजभन्दा पैतालिस, पचाँस बर्ष पहिले रसीयन सेनाबाट पनि लगभग अहिलेको अमेरिकन सेनाको जस्तै अन्या, अत्याचार, हत्या, हिंसा, बलात्कारको मार खेप्नु परेको हो । अमेरिकन सेना अफगानिस्तान छिर्नुको कारण थियो–रसीयन प्रभुत्वलाई अफगानिस्तानबाट पलायन गराउनु । त्यसको जिम्मेवारी अलकायदाको नेता ओसमाविन लादेनलाई दिइयो र उनलाई अफगानिस्तानमा पठाईयो । अलकायदाको नाममा तालिवानले त्यसको जिम्मा लियो र हात हतियार, धन, पैसा, नैतिक, भौतिक सबै चिजबाट अमेरिकाले सहयोग गर्न थाल्यो । अमेरिकाको सहयोगमा अलकायदा र तालिवानीको मिलोमतोमा रसीयन समर्थित अफगानिस्तानको अन्तिम राजा जाहिर खानलाई सत्ताबाट अपदस्त गरियो ।अलकायदालाई अमेरिकाले पालन–पोषण गरेर हुर्काए बढाए पनि पछि गएर राजनीतिक विचार र व्यवहार नमिलेपछि अलकायदाका नेता ओसमाविन लादेनको आदेशमा अमेरिकाको जुम्ल्याहाँ घर (ट्वीन्स टावर) मा सन् २००१ म आत्माघाती दस्ता तयार पारेर पिलेनद्धारा हान्न लगाइयो । तीनहजार भन्दा बढी मानिसहरुले निहत्थामा ज्यान गुमाए । यो वल्र्ड ट्रेड सेन्टर (विश्व व्यापार केन्द्र) हान्ने १९ जनामध्य १५ जना साउदी अरबका थिए । त्यसमध्य ओसमाविन लादेन सउदी अरबको राजसंस्थाको एक सदस्य थिए । त्यही निहुँ निकालेर ओसमाविन लादेनलाई मार्ने योजनाले अमेरिका अफगानिस्तान छिरेको थियो । विश्व रंगमञ्चमा देखाउने ओसमाविन लादेनलाई तर उद्देष्य र योजना अर्कै थियो । त्यो के भने अफगानिस्तानमा छिर्ने, अफगानिस्तानलाई युद्ध मैदान बनाउने, त्यहाँ भएका महत्वपूर्ण खनिज धातु लुट्ने र एसीया महादेशमा अमेरिकी प्रभुत्व जमाउने । त्यही योजना मुताविक अमेरिकासंग टक्कर लिन सक्ने रसालाई पनि छिन्न–भिन्न पारियो । रसालाई छिन्न–भिन्न पारेपछि अमेरिकालाई झन् अफगानिस्तान छिर्न सजिलो भयो । ऊ विश्वको छाडा साँढे बन्यो । जसलाई मन लाग्यो, उसलाई टोक्दै र ठोक्दै हिड्न थाल्यो । इराकलाई टोक्यो, ईरानलाई ठोक्यो, सिरिया टोक्यो, अफगानिस्तालाई ठोक्यो, लिवियालाई टोक्यो, पेरुमा झम्टियो । यस्तै–यस्तै अमेरिकन धुरीसंग नमिल्ले विश्वका सबै देशलाई टोक्यो, ठोक्यो, बजायो ।
ओसमाविन लादेनलाई अफगानिस्तान छिराउँदादेखि लिएर उनलाई पक्रने योजनामा खोज्दासम्म र अफगानिस्तानमा तालिवानसंग लडाईको मैदानमा उत्रदा र फर्कदासम्म साराका सारा कामको हिसाव किताब गर्दा अमेरिकाले अहिलेसम्म २ ट्रिलियन अमेरिकन डलर खर्च गरि सकेको छ । यसरी पैसा खर्च गरेर राष्ट्र टाट पल्टिदासम्म पनि अझै अमेरिका रगतको भोको छ । अफगानिस्तानपछि अब कुन देशको र कुन देशको जनताको पालो आउने हो ? समय कुरेर बसे हुँन्छ । हामीले अमेरिकालाई के बुझ्नु पर्छ भने प्रजातन्त्र र मानव अधिकार र शान्तिको नाममा हतियार बेचेर आतंङ्कवादलाई जन्म दिइरहेको छ । यसको अर्थ हो अमेरिका नै आतंङ्कवादको जननी हो । जुन देशको शासक, अमेरिकन सेना, अमेरिकन प्रशासक र नेताहरुसंग साथगाँठ हुन्छ ती शासकहरुलाई पनि अमेरिकन सेना र प्रशासक जस्तै बनाएर छाड्छ । यसको ज्वलन्त उदाहरण हो–अपदस्त अफगानिस्तानी शासकहरु । अमेरिकन सेनाले अफगानिस्तान छोडेको ४५ दिन मै तालिवान छापामारहरुले राजधानी काबुलमा आक्रमण गरे । काबुलमा आक्रमण गर्दासाइत तत्कालिन अमेरिकन कठपुतली सरकारका प्रमुख राष्ट्रपति असरफ घानी र उनका आई–आफन्त, आसेपासे सबै भागे । त्यहाँ यतिसम्म भ्रष्टाचार भयको रहेछ कि सुरक्षा दस्ता सेना, पुलिसलाई भनेर छुट्टाएको तलबसम्म नदिएर काजगमा कृते बनाएर खाएको रहेछ ।त्यतिमात्र कहाँ हो र ?७० हजार सेना भर्ना गर्ने भनेर छुट्याइएको रकमसम्म भर्ना नगरेर त्यो पनि कागज मै कृते बनाएर खाएको रहेछ । सेना, पुलिसलाई भनेर खाना, कपडा, बस्ने बास, ओढ्ने, ओच्छाउने बन्दोबस्तीको लागि छुट्याइएको रकम सबैको कृते कागज गरिएकोे रहेछ । अरु विकास निमार्णको काम, सरकारी भवन, बाटोघाटो, पुल, पुलेसोको त झनै कुरै नगरौं । तलदेखि माथिसम्म मिलेर कति खाए कति? कति भ्रष्टाचार भए होला ! गनी साध्य छैन, भनी साध्य छैन ।
तत्कालिन राष्ट्रपति असरफ घानी राष्ट्रपति भवनबाट भाग्ने बेला चारवटा कार र एउटा हेलिकप्टरमा महंगा हिरामोती जडित सुनका गहना, थुप्रो पैसा, महंगा कपडा, आपूm र आãनो स–परिवारलाई चाहिने सबै सरसामान प्याक गरेर भागेको कुरा थाहा भएको छ । कार र हेलिकप्टरमा रुपियाँ, गरगहना नअटेर राष्ट्रपति भवनमा नै यत्रतत्र छरिएको थियो भन्ने कुरा संञ्चार माध्यम तथा सामाजिक संञ्जालहरुमा फिजाइएको पाइएको छ । अब सचेत नेपाली नागरिकहरुले बुझ्नुु पर्छ कि एम.सी.सी.पास भएमा नेपाल र नेपालीको हालत त्यस्तै हुनेछ, जस्तो अहिले अफगानिस्तानमा भएको छ । अफगानिस्तानमा पनि एम.सी.सी. लागु भएको थियो । अमेरिकन सरकारले त्यहाँ पनि विकासको नाममा ८५ करोड अमेरिकन डलर दिएको थियो । अमेरिकन सेनाहरु एम.सी.सी.को नाममा विकास होईन, अफगानिस्तानकोे विनास गरेर गयो । देश थोत्रो पा¥यो । त्यहाँ भएको बहुमूल्य प्राकृतिक साधनमाथि हाली मुहाली ग¥यो । भ्रष्टाचारमा को अगाडि भनेर १७९ देशमा गरेको एउटा अध्ययनमा अफगानिस्तान १६५ औं नम्बरमा भ्रष्टाचार गर्ने देशमा अगाडि आउँदो रहेछ । एम.सी.सी.परियोजना ल्याउँनमा अफगानिस्तान र नेपालको चरित्र करिब–करिब एउटै छ । यत्तिमात्र फरक छ त्यहाँ पहिले नै ८५ करोड अमेरिकन डलर आयो, यहाँपछि मात्र ५५ करोड अमेरिकन डलर आउँदैछ । अफगानिस्तान र नेपालको नेताहरुको चरित्रमा केही फरक छैन । कुनै कारणबस नेपालमा संसदबाट एम.सी.सी.पास भएर आयो भने अर्थात त्यो परियोजना लागु भयो भने नेपाल र नेपाली जनताले अफगानिस्तानी जनताले भन्दा सयप्रतिशत बढी दुःख, कष्ट, अन्या, अत्याचार, हत्या, बलात्कार, महंगी भोग्नु पर्ने छ ।
जब नेपालमा एम.सी.सी. परियोजना लागु हुनेछ , त्यसैको निहुँमा अमेरिकाले आपूmले बनाएको संरचनाहरुको संरक्षणको लागि भनेर अमेरिकन सेनाहरु बैधानिक तवरले झार्ने छ । हाम्रा जनतामारा नेताहरुले त्यो एम.सी.सी.को लागि आउने ५५ करोड अमेरिकन डलर नेपालको लागि अमेरिकाले अनुदान दिएको हो भनेर जतिसुकै कुर्ले पनि यो परियोजना अनुदान नभएर लगानी हो र यो कार्यक्रम इन्डोपेशिफिक स्ट्राटेजिक कार्यक्रमसंग जोडिएको छ भनि अमेरिकन अधिकारीहरुले स्वीकारी सकेको बेला किन हाम्रा नेताहरुले हामीमाथि ढाँटछल गरिराखेका छन् ? यस विषयमा हामीले बुझ्नु पर्ने कुरो यो हो कि यस परियोजनाभित्र धनको ठूलो चलखेल छ । नेपालको विकास निमार्ण गर्ने निहुँमा चीनलाई घेर्ने लक्ष्य बोकेर आएको अमेरिकाले भारत र चीनको वीचमा युद्धको विजारोपण गरिदिने छ । त्यसको क्रिडा स्थल अफगानिस्तान जस्तै नेपाल बन्ने छ । भारत, चीन, अमेरिकाको सेनाको भिडन्त यही नेपाली भूमिमा हुने छ । हिमवत्खण्ड नेपाल, शान्तिमय देश नेपाल, बुद्धको भूमि नेपाल भनेर संसारभर चिनिएको देशको टाउकोमाथि बम र मिसाईल खस्ने छ भने बारुदको धुलो उड्ने छ, बन्दुक पड्किने छ ! त्यसबेला को मर्ने, को बाँच्ने थाहा हुने छैन । सचेत नेपालीहरु बरु बेलैमा सोचौं ! हाम्रा गद्दार नेताहरुले पैसाभन्दा देशपनि बेच्न थालिसके । एम.सी.सी.पास भयो भने अफगानिस्तानको हालत नहोला भन्न सकिन्न । त्यस्तो सयम आयो भने हाम्रा अपराधि नेताहरुले असरफ घानीले जस्तो पैसा कुटुरो पारेर हेलिकप्टर, हवाईजहाज, कार, मोटरकार जेबाट पनि भाग्न सक्ने छन् । किनभने उनीहरुसंग अहिले पनि प्रशस्त धनपैसा छ । उनीहरुलाई मातृभूमिको माया छैन । देश चाहिने त हामीलाई हो । जहाँबाट, जताबाट, जसरी हुन्छ एम.सी.सी.पास गर्न खारेज गर्न लगाऔं ! देशकोे लागि मर्नु छ भने मरौं !!

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top