
फागुन २७ । हिमाल शर्मा
सल्यान । जिल्लाको सवैभन्दा पुरानो विद्यालय श्री त्रिज माध्यामीक विद्यालयमा लुहापिङ खलंगाम सल्यानमा अध्यानरत कक्षा ८, ९ ,१०, ११ र १२ का विद्याथीहरुको निशुल्क रगत परिक्षाण कार्यक्रम सम्पन्न गरीएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) जिल्ला कमिटी सल्यानको आयोजना र जिल्ला स्वस्थ्य कार्यलयका सल्यानको प्राविधिक सहयोगमा रगत परिक्षण कार्यक्रम सम्पन्न भएको हो । शनिवार भएको रगत परिक्षाणमा विद्यालयका ९४ जना छात्र र छात्राले सेवा लिएका थिए । सल्यान जिल्लामा ब्लड वैक स्थापना नहुदा ब्लडको अभाव पर्ने गरेका र सो ब्लड वैक स्थापना गर्न समस्या भएकोले विरामीलाई ब्लडको आवश्यकता पुरा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको संगठनका अध्यक्ष चेतन गिरीले वताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दे सहायक प्रमुख जिल्ला अधिकारी टन्डले जिल्लामा अखिल क्रान्तिकारी सल्यानले यस्तो सकारात्मक काम गरेकोमा संगठनलाई धन्यवाद व्यक्त गर्नुभएको छ । सल्यान जिल्लाका सवै नागरीकले आफ्नो ब्लडग्रुप कुन हो भन्ने थाहा नपाउदा विरामीलाई तत्काल रगत दिन समस्या भएको भन्दै अव सवै नागरीकले आफनो ब्लड ग्रुप पत्ता लगाउनु पर्ने वताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन वुढाले जिल्ला स्वास्थ्य कार्यलयमा रगतको अभाव हुदा कार्यालयले आर्मी र पुलिसलाई खवर गर्ने गरेको र त्यतिले मात्र पुर्ति नभएको वताउनु भयो उहाले भन्नु भयो । अस्पतालमा धेरै मात्रामा ब्लड चाहिन्छ त्या आफुले पुर्ति गर्न नसकेको वताउदै यस्थाखाले कामले स्वास्थ्यमा ठुलो सहयोग पुग्ने वताउनु भयो ।
यस्तै शारदा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टोप वहादुर थापाले जिल्ला स्वास्थ्य कार्यालयलाई चाहिने नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने वताउनु भएको छ । जिल्लामा कृर्याशिल संगठनहरुले विद्यालयमा ताल्चा लगाउने विद्यालयका भन्डाफोर गर्ने काम गर्छन भन्ने हल्ला लाई चिर्दै सकारात्मक कामको सुरुवात गरेकोमा संगठनलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अखिल क्रान्तिकारी सल्यानका प्याक्सन इन्चार्ज हिमाल योगी,अनेरास्ववियुका केन्दीय सदस्य धनश्याम पुन, श्री त्रिज माध्यामिक विद्यालयका प्राचार्य मधवविक्रम जि.सी, सामना सास्कृतिक परिवारका केन्द्रीय सचिव भिम मल्ल सल्यान दृष्टिकोणका अध्यक्ष धुर्वराज वली लगाएतले कार्यक्रममा आफनो मन्तव्य राख्नु भएको थियो अखिल क्रान्तिकारी जिल्ला समिति सल्यानका अध्यक्ष चेतन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अखिल क्रान्तिकारी जिल्ला समिति सल्यानका सह–सचिव हिमाल उपाध्यायले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस !