शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

प्यूठानमा पूर्ण सरसफाई अभियान सुस्तायो, प्रतिबद्धता कार्यान्वयनमा सरोकारवालाकोे उदासिनता


फागुन २२ । प्यार अलि खाँन
प्यूठानमा पूर्ण सरसफाई अभियान सुस्ताएको छ । ५ वर्ष अघि २०६९ साल चैत १६ गते खुल्ला दिसामुक्त जिल्ला घोषणासंगै प्यूठानलाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने रणनैतिक योजना सहितको प्रतिबद्धता सार्वजनिक गरिएको थियो । सन् २०१७ सम्म पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने अभियान समयसिमा भित्र पुरा हुन सकेको छैन । तोकिएको समय भित्र अभियान पुरा नभएपछि अभियानवारे चौतर्फी अन्यौलता एंव चिन्ता छाएको छ ।
प्रतिबद्धता कार्यान्वयनमा सरोकारवालाहरुको उदासिनताले अपेक्षित रुपमा उपलब्धीहरु हाँसिल पनि हुन सकेको छैन । स्थानिय तहको नयाँ संरचनासंगै अभियानले तिब्रता पाउनुपर्नेमा सरसफाईका अभियान तथा भुमिकाहरु निस्प्रभावी बन्दै गएका छन् र सरसफाईका क्षेत्रहरु स्थानिय तहको प्राथमिकतामा समेत पर्न सकेको छैन् ।
‘योजना तथा लक्ष्य बनाउछौँ तर कार्यान्वयनको दायित्वलाई भुल्छौँ ।’ नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महाविर रानाले भने, ‘सरसफाई पनि विकासको सुचक हो ।’ दिर्घकालिन सोचका साथ योजना नबनाउँदा र मुख्य रुपमा स्थानिय सरकारको प्राथमिकतामा सरसफाईका विषयहरु ओझेल परेकोमा रानाले चिन्ता व्यक्त गरे । जिल्लामा महासंघको पहलमा छिट्टै पूर्ण सरसफाई अभियानवारे वृहत छलफल चलाउने अध्यक्ष रानाको भनाई छ ।
प्यूठानमा साविकका २५ वटा वडा मात्र पूर्ण सरसफाई घोषणा भएका छन् । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा अभियान अघि बढेको थियो । सुरक्षित खानेपानी प्रयोग, चर्पीको सहि प्रयोग, जोखिमपूर्ण अवस्थामा सावुनपानीले हात धुने, व्यक्तिगत सरसफाई, घरायसी सरसफाईलाई सुचक मानेर जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट खानेपानी तथा सरसफाईको क्षेत्रमा काम अघि बढेपनि अभियान भने पुरा हुन सकेको छैन् ।
स्थानियतहको संरचना आईसकेपछि अभियानलाई कसरी अगाडी बढाउने भन्ने अन्यौलता देखिएको छ । जिल्ला समन्वय समिति प्यूठानले यस विषयमा स्थानिय तह र सम्वन्धित सरोकावालासंग संयुुक्त छलफल गर्ने तयारी गरिरहेको समन्वय समितिका प्रमुख केशवराज आचार्यले बताए । ‘हामी छिट्टै स्थानिय सरकारका प्रमुखहरुलाई बोलाएर छलफल गर्दैछौँ ।’ आचार्यले भने, जिल्लाका प्रमुख मुद्धामा के कसरी अघि बढ्ने कुरामा छलफल केन्द्रित हुनेछ ।’ समयमै एने कानुन पनि नआएकोले समस्याहरु थपिएको उनले बताए । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक बसेर अगाडी बढ्ने समन्वय समितिका प्रमुख आचार्यको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top