शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बैंकहरुको सेवा ग्रामिण जनता केन्द्रित हुनु पर्ने ः मेयर कक्षपति


प्रकाश बैद्य
प्यूठान ̷ प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बैंक तथा वित्तिय संस्थाहरुको सेवा अझै गाउँ गाउँका जनतामा केन्द्रित हुनु पर्ने बताउनु भएको छ ।
एन आइ सी एशिया बैंक शाखा कार्यालय जुमृ प्यूठानको आयोजनामा आज जुमृमा भएको जानकारी तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मेयर कक्षपतिले बैंकको सेवा दुर दराजका जनतामा केन्द्रित हुनु पर्नेमा जोड दिनु भएको हो ।
जिल्लाका ठाउँ ठाउँमा विभिन्न कमर्सियल तथा बिकास बैंकका शाखाहरु खुली सेवा दिईरहे पनि अझै गाउँ गाउँका जनतामा वित्तिय चेतनाको कमि रहेकोले सो स्थानमा बैंकहरु पुग्नु पर्ने मेयर कक्षपतिले बताउनु भयो । अझै पनि जनताले नगद पैसा घरमै राख्ने गरेकोले जनताका कन्तुर तथा बाक्सामा रहेका रकम एकातिर जोखिमका हिसावले र अर्को तर्फ फाइदाका हिसावले सवै हिसावले बैंकमा राख्न ठिक हुन्छ भन्ने जस्ता वित्तिय चेतना जगाउन जरुरी रहेको तथा बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु दुर दराजमा रहेका जनता सम्म विस्तार गर्नु पर्नेमा मेयर कक्षपतिले जोड दिनु भयो । विभिन्न आगलागि हुँदा या प्राकृति विपत्ति हुँदा गाउँ गाउँका जनताका घरमा रहेका नगद यति जल्यो उति जल्यो ,हरायो भन्ने जस्ता घटना प्राप्त भईरहेकै सन्दर्भमा जनताले नगद अझै घरमै राख्ने गरेको प्रष्ठ हुने हुँदा गाउँका जनता सम्म बैंक तथा वित्तिय संस्थाको सेवा विस्तार गर्न जरुरी रहेको समेत मेयर कक्षपतिले प्रष्ट्याउनु भयो ।
ग्राहकलाई मध्यनजर गरेर विभिन्न २२ वटा सम्म सुविधाहरु भएको चमत्कारित बचत तथा मुद्धती खाताहरुको विषयमा जानकारी दिने उद्देश्यले गरिएको सो कार्यक्रममा एन आइ सि एशिया बैंकका प्यूठान जुमृ शाखा प्रमुख नरेश रावलले विभिन्न खाता तथा ग्राहकलाई सो खाता खोल्दा हुने फाइदाका विषयमा जानकारी गराउनु भएको थियो । बैंकले विभिन्न खातामा आकर्षक व्याज , विमा सुविधा , इ बेंकिङ्ग सुविधा , एस एम एस सुविधा , जेष्ठ नागरिक सुविधा , घरदैलो सुविधा ,ए टि एम सुविधा लगाएतका खाताका योजना तथा तोकिएको मापदण्ड भित्र रहेर खाता खोल्नेलाई धेरै प्रकारका फाइदाहरु सहितको योजनाहरु सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायी , सर्वसाधारण , बैंकका ग्राहक ,संचारकर्मी ,शिक्षक लगाएत विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top