
विशाल सुवेदी
स्वास्थ्य कार्यालय प्रमुख
प्यूठान
क्षयरोग (टि.बी) माइको ब्याकटेरियम ट्युबरक्युलोसिस नामक आँखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट सर्ने सरुवा रोग हो । क्षयरोगको किटाणु (ःथअयदबअतभचष्गm त्गदभचअगयिकष्क) २४ मार्च १८८२ मा जर्मनका वैज्ञानिक डा.रबर्ट ककले पत्ता लगाएका हुन् । माइको ब्याकटेरियम ट्युबरक्युलोसिस ब्याक्टेरियामा आफ्नो प्रतिकुल अवस्थामा पनि लामो समय सम्म मानिसको शरीरमा लुकेर बस्ने क्षमता हुन्छ । अनुकुल अवस्था पाएमा यसले आफ्नो संख्या वृद्धि गरी संक्रमणका लक्षणहरु देखाउछ अथवा रोग लाग्दछ । यो रोगलागे पछि मानिस दुब्लाउँदै जाने हुँदा यसलाई खपटे रोग पनि भनिन्छ । यसले शुरुमा फोक्सोमा संक्रमण गर्दछ र पछि शरीरको अन्य भागमा पनि संक्रमण गर्न सक्दछ ।
प्रत्यक्ष रुपमा क्षयरोगीले खोक्दा, हाच्छयू गर्दा हावाको माध्यमबाट र अप्रत्यक्ष रुपमा क्षयरोगीले खोक्दा निस्केका किटाणुहरु अनुकूल वातावरण भएमा पछि स्वस्थ व्यक्तिको सम्पर्कमा आई सो रोग सर्न सकछ । यो रोग सबै उमेर समूहका व्यक्तिहरुमा लाग्ने भएता पनि १५ देखि ५० वर्षका मानिसहरुमा बढी लागेको पाइएको छ । साथै कुपोषित र रोग सँग लड्नेप्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरुलाई बढी लाग्ने यो रोग आर्थिक र सामाजिक दृष्टीकोणले पिछडिएको र घना बस्ती भएको ठाउँमा बढी पाइएको छ । साथै एच.आई.भी. संक्रमणले रोग सँग लडन सक्ने क्षमताहस ल्याउने भएकोले तुलनात्मक हिसाबले अरु भन्दाएच.आई.भी. संक्रमण भएका व्यक्तिहरुमा क्षयरोग लाग्न सक्ने सम्भावना १० गुणाले बढी हुन्छ ।
फोक्सोको क्षयरोग भएको व्यक्तिमा दुई हप्ता सम्म लगातार खोकीलाग्नु, साँझ पखहल्का ज्वरो आउनु, पसिना आउनु, छाती दुख्ने, सास फेर्न गाहे हुने, खान मन नलाग्ने, दुब्लाउँदै जाने, खोकीमा रगत देखा पर्ने जस्ता लक्षणहरु देखा पर्दछन् । फोक्सो बाहेक शरीरको अन्यभागमा देखिएको क्षयरोगमा ग्रन्थीहरु सुन्नीने, पाक्ने, पिपबगि रहने, हाडजोर्नीहरु दुख्ने, महिलामा महिनावारी नियमित नहुने, छाला असामान्य देखिने, खुम्चिने, टाउको दुख्ने, बढी ज्वरो आउने, घाँटी अररो हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।
क्षयरोग संसारकै प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको एक तिहाई मानिसहरु क्षयरोगबाट संक्रमित छन् भने नेपालमा पनि करिब ४५% मानिसहरु क्षयरोगबाट संक्रमित छन् तिमध्ये अधिकाँश यूवाहरु नै छन् । नेपालमा हरेक वर्ष ४४हजार नयाँक्षयरोगी थपिन्छन् तिमध्ये २१हजार जनामा सर्ने खालको क्षयरोग हुन्छ । सन् २००१ देखि नेपालमा क्षयरोगीहरुलाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्षनिगरानीमा औषधि सेवन गराउने डट्स पद्धति शुरु गरिएको छ । तैपनि औषधिउपचार हुँदाहुँदै हरेक वर्ष ५ देखि ७हजार जना क्षयरोगीको मृत्यू हुने तथ्यांकछ । क्षयरोगको औषधि ६ देखि ८ महिना सम्म नियमित सेवन गरेमा यो रोग निको हुन्छ । यो रोगलाग्न नदिन बच्चा जन्मदा साथएक मात्रा बि.सी.जी. खोप दिने गरिन्छ ।
क्षयरोग जो कोहीलाई पनिलाग्न सक्छ, नियमित उपचारले यो पूर्ण रुपमानिको हुन्छ । क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थामा निःशुल्क पाईन्छ । समुदायमा रहेका क्षयरोग संक्रमित व्यक्तिहरुको चाँडो निदान र प्रभावकारी औषधि प्रयोग गरी पूर्ण रुपमा उपचार गर्नु नै क्षयरोग रोकथामको प्रमुख उपाय हो । खकार पोजेटिभ बिरामीहरुको घरमा सबै सदस्य र बिरामीको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुलाई खकार परिक्षणको लागि स्वास्थ्य संस्थामा लैजान प्रोत्साहित गर्नुपर्दछ । दुर्गम बस्तीहरुमा लुकेर बसेका क्षयरोगीवाशंका स्पदक्षयरोगी पत्तालगाउन महिला स्वास्थ्य स्वयंसेविका मार्फत क्षयरोगी खोजपड्ताल अभियान देशै भरी गरिएको छ ।
प्रयोगशाला सुविधाभएका स्वास्थ्य संस्थामा खकार परिक्षण निःशुल्क रुपमा गरिन्छ साथै जिर्ण खालको क्षयरोगी भए उसलाई थप पौष्टीक आहार खाई शरीरको प्रतिरक्षा प्रणाली सुद्धिढ गर्न मद्त पुगोस् भनि उपचार अवधि भर पोषण प्रोत्साहन रकम समेत उपलब्ध गराउने ब्यबस्था छ ।
प्रयोगशाला सुविधानभएका ठाउँहरुमा पनिक्षयरोगी सहजरुपमा पत्तालगाउन सकियोस भनि नियमित रुपमा सबै स्वास्थ्य संस्थाहरुबाट महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्र्मीहरु एबम सहयोगी कर्माचारीबाट खकार नमूना संकलन गर्ने कार्य गरिन्छ । टि.बी.÷एच.आई.भी. सहसंक्रमणलाई ध्यान राख्दै स्वास्थ्कर्मीहरुलाई यस विषयमा अभिमुखीकरण प्रदान गरिएको छ र हरेक क्षयरोगीलाई एच.आई.भी. परिक्षणका साथै हरेक एच.आई.भी.संक्रमितलाई खकार परिक्षण गर्ने व्यवस्था मिलाएको छ । दिर्घखालका क्षयरोगीहरुलाई आवास गृह सहितको उपचार कक्षव्यवस्था गरिएको छ ।नेपालकै प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको (मृत्युको नेतृत्वदायी, मुख्यदश कारण मध्यएक रहेको) क्षयरोग नियन्त्रणका लागि सरकारी नीजि साझेदारी अवधारणा अवलम्बन गरिएको छ, जस अन्तरगत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन हुँदै आएका छन् । क्षयरोगको संक्रमण घटाउनको साथै रोकथाम सम्बन्धी जनचेतना विश्व भरी नैफैलियोस् भनि हरेक वर्ष मार्च २४मा विश्वक्षयरोग दिवस मनाइदै आइएको छ । यस वर्ष पनि“समयअबको, क्षयरोग अन्त्यको”९क्ष्त’क तष्mभ ायच बअतष्यल, ष्त’क तष्mभ तय भलम त्द्य० भन्ने मुल नाराका साथ विश्वक्षयरोग दिवस मनाइदै छ । क्षयरोगका बिरामीहरुलाई क्षयरोग उपचारको नयाँ अन्तराष्ट्रिय मापदण्ड अनुसार सेवा पाउने पूर्ण अधिकार छ तसर्थ क्षयरोग बिनाको संसार बनाउन विभिन्न तह तथा तप्काबाट आजै देखि अग्रसर भई लाग्न अपरिहार्य छ ।
क्षयरोग विहिन नेपाल निर्माण गर्न नेपाल सरकारको परिकल्पना रहेको छ । दिगो बिकाश लक्ष्य अनुरुप सन २०३० सम्ममा एड्स, क्षयरोग जस्ता उपेक्षित र उष्णदेशीय रोग सम्बन्धिमा हामारीको अन्त्य गर्नुका साथै सन् २०५० सम्ममा यसलाई नेपालबाटै निवारण गर्ने लक्ष रहेको छ । क्षयरोगबाट हुने बिरामी दर र मृत्युदर घटाएर क्षयरोगलाई एक अर्कामा सार्ने प्रक्रियालाई रोकी समाजमा क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहननदिने साथै हराइ रहेकालाई उपचारको दायरामा ल्याउने, पत्ता लगाएका नयाँ खकार पोजेटिभ क्षयरोगीहरु मध्ये उपचार सफलता दर प्राप्त गर्ने र क्षयरोगी पत्ता लगाउने दरमा वृद्धि गर्दै जाने स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको लक्ष्य रहेको छ ।
क्षयरोग नियन्त्रण कार्यक्रमलाई समुदाय केन्द्रित बनाई समाजमा लुकेर बसेका एबम पत्ता लगाई या नलगाई उपचारको दायरामा नआएकावा छुट भएका र पुरा उपचार नगराएका बिरामी एबम क्षयरोगीहरुका साथै बिगतकुनै समयमा उपचार गरि निको भएका घरपरिवार र तिनका आफन्तजन जुन प्रायस्दैनिक सम्पर्कमा आउने गर्दछन ती सबैलाई उचित बिधिद्वारा निगरानी र सकेसम्म खकार परिक्षण गराई उपचारको दायरामा ल्याउनु अपरिहार्य छ, जुनकार्यमा सुचना संदेश सहित व्यापकता ल्याउन स्थानीय संचार माध्यम, बिद्यालयका विधार्र्थीहरु, समुदायमा बिधमान सघ÷संगठन, संजाल र विभिन्न समितिहरु एबम समाजका अगुवाहरु समेतलाई परिचालन गरि पैरवी गर्न सकिन्छ।
संघिय संरचना अनुरुपती नै तह (संघ, प्रदेश र स्थानीय) को उचितता दम्यताकायम भै स्थानीय तथा प्रदेश स्तरमा जनप्रतिनिधि एबम स्वास्थ्यकर्मीको क्षमता बिकाशतथा रोग नियन्त्रण सम्बन्धमा जागरुक वातारण बनाई ब्याप्त जनस्वास्थ्य समस्याको गाम्भीर्यता बुझाई तीनै तहको सरकारबाट उचित लगानीको बाताबरण बनाउनुपर्ने देखिन्छ ।
बदलिदो अबस्थामा स्थानीय सरकारको नेतृत्वमा स्थानीय स्तरमै रोगको निदान पद्दति बिकाश, गुणस्तरीय प्रयोगशाला सेवाको सुनिश्चितता, सहजउपचार एबम सामाजिक उत्तर दायीत्व सहितको पुनस्र्थापना गर्ने कार्य र प्रदेश सरकारको निरन्तर सहयोगात्मक सुपरिवेक्षण अनुगमन र क्षमता बिकासका गतिविधिहरुमा जोड दिनुका साथै आबस्यक आर्पूितको उचित तबरले ब्यबस्थापनमा सहजीकरण हुन आबस्यक छ।
स्वास्थ्यकर्र्मीहरुको प्रत्यक्ष निगरानीमा गरिने उपचार पद्धति असम्भब ठानिएको कुनै स्थानभएमा घरपरिवार, छिमेकि, स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा समुदायमा आधारित उपचार पद्दति समेत अबलम्बन गर्न सकिन्छ, क्षयरोग सम्बन्धि जोखिम न्यूनीकरण एबम प्रतिकारात्मक सिद्धान्तहरु अबलम्बनगर्दै रोगका चिन्हतथा लक्षणहरु देखा पर्ना साथ स्वयमव्यक्ति र घरपरिवार आफै चनाखो एबम सजग भै जति सक्दो चांडो स्वास्थ्यकर्र्मीहरुको उचित सल्लाहलिदै उपचारको दायरामा आउन सके समयमै रोग नियन्त्रण भै क्षयरोग मुक्त समाज सम्भव छ, विषयगत निकाय शिक्षा लगाएत अन्य सामाजिक एबम गैरसरकारी र निजिक्षेत्र सँगको उचित सहकार्य र समन्वयगर्दै आबश्यकता अनुसार लगानी अभिबृद्धि गर्दै जाने र अनुसन्धानमुलक क्रियाकलाप समेतमा बढावा दिदै जान सके रोग नियन्त्रणमा थप सहायताहुन जानेछ ।
कमेन्ट गर्नुहोस !