शनिबार, भदौ २०, २०८३ | Saturday 5th September 2026

थाई पूर्व प्रधानमन्त्री सिनावात्रालाई पाँच वर्ष जेल सजाय


बैंकक, असोज ११ – थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ । लामो समयको सुनुवाईपछि बुधबार थाइल्याण्डको सर्वोच्च अदालत उनलाई भ्रष्टाचारको आरोपीमान्दै पाँच वर्षको सजाय सुनाएको थियो ।
चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रिया बमोजिम अनुसन्धान भइरहेको थियो । उनले आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । सन् २०११ मा भएको आम चुनावमा यिङलक अत्यधिक मतका साथ विजयी भई प्रधानमन्त्री बनेकी थिइन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top