शनिबार, अशोज १९, २०८१ | Saturday 5th October 2024

डेटलाइन सकिँदा पनि गोटाबायाले दिएनन् राजीनामा


डेटलाइन सकिँदा पनि गोटाबायाले दिएनन् राजीनामा

कोलम्बो : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन्। उनले साउन १३ गते बुधबार राजीनामा दिने घोषणा गरेका थिए। तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए।

गोटाबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन्। कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई निर्देशन दिएका छन्।

बुधबार राति टेलिभिजन सम्बोधन गर्दै उनले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन छाड्न अपिल गरेका हुन्। विक्रमासिंघेले भने, ‘हामी संविधानको अवहेलना गर्न सक्दैनौं। हामी फासीवादीलाई देश दिन सक्दैनौं। हामीले लोकतन्त्रमाथिको यो फासीवादी खतरालाई अन्त्य गर्नुपर्छ।’
प्रदर्शनकारीले बुधबार प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका थिए। यसअघि उनीहरुले राष्ट्रपति भवन पनि कब्जा गरेका थिए। गोटाबाया राजापाक्षेले बुधबार देश छोडेको खबर आएपछि कोलम्बोमा प्रदर्शनकारीहरू आक्रोशित बनेका छन्। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

श्रीलंकामा बुधबार राति कर्फ्यू लगाइएको थियो। बुधबार संकटकाल पनि घोषणा गरिएको थियो। बीबीसी

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top