शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

स्वर्गद्धारीको विकासमा प्रतिबद्ध छु ः मुख्यमन्त्री पोख्रेल


प्यार अलि खान
प्यूठान÷
प्रदेस नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले स्वर्गद्धारीको विकासमा प्रदेस सरकार प्रतिबद्ध भएको बताएका छन् ।
प्रथम स्वर्गद्धारी भ्रमण वर्ष तथा स्वर्गद्धारी माडी महोत्सव २०७५ को उद्धघाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेसले ठूलो धनराशी स्वर्गद्धारीको विकासमा खर्च गर्न लागेको समेत सुनाए ।
धार्मिक तथा पर्यटनका हिसाबले स्वर्गद्धारीको महिमा विशिष्ट प्रकृतिको रहेको उनको भनाई छ । ‘मेरो जिवनको सबै भन्दा लामो पदयात्रा स्वर्गद्धारीको लागि गरेको छु ।’ मुख्यमन्त्री पोख्रेलले भने, ‘स्वर्गद्धारीसंग म नजिकको सम्बन्ध राख्दछु ।’ लुम्विनी –स्वर्गद्धारी हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटनलाई एकै ठाँउमा जोडीनुपर्ने उनले बताए । भिंगृ–स्वर्गद्धारी सडकलाई केन्द्र सरकारले प्रदेसमा पठाए तत्काल उच्च प्राथमिकता साथ पिच गर्ने मुख्यमन्त्री पोख्रेलले बताए ।
स्वर्गद्धारी नगरपालिकाको विकासमा नगरले प्राथमिकता गरेका योजनाहरुमा नगरकै बजेट बराबर प्रदेसले बजेट थप्दीने पोखे्रलले आश्वासन दिए । ‘अबको राजनीति भनेकै विकास हो, यात्रा भनेकै समृद्धि हो ।’ पोख्रेलले भने, पहिलो वर्ष आवस्यक विविध कानुनी मस्यौदा तयार गर्न वित्यो । अबको प्राथमिकता केवल विकास ।’ मुख्यमन्त्री ग्रामिण विकास परियोजना अन्तर्गत १३ वटा स्थानीय तहमा काम सुरु हुन लागेको उनले बताए । उद्धघाटन सत्रमा नेपाली कांग्रेसका नेता उदयसम्सेर राणा, प्रदेस सांसद कृष्णध्वज खड्का, हरि प्रसाद रिजाल, उत्तरकुमार वलीले शुभकामना मन्तब्य राखेका थिए । महोत्सव १० दिन सम्म चल्ने महोत्सव मुल समारोह समितिका संयोजक सिटी पोख्रेलले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top