शनिबार, भदौ २०, २०८३ | Saturday 5th September 2026

बिन लादेन हत्या गर्ने अमेरिकी सैन्य कमान्डो किम जोन उनविरुद्ध परिचालन!


एका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्योङयाङविरुद्ध सैन्य कारवाहीको चेतावनी दिइरहेका बेला किम हत्याको समाचार चर्चामा आएको हो।
दक्षिण कोरियाको एक पत्रिकाले कमाउन्डो सिक्सलाई किम जोन उन हत्याको लागि सुपारी दिइएको समाचार प्रकाशित गरेको छ।

जसरी ओसामालाई मारिएको थियो, सद्दाम हुसेनप्रति बन्दूक ताकिएको थियो, गद्दाथफीलाई घुँडा टेकाइएको थियो त्यसरी नै अब किमविरुद्ध सिल कमान्डो परिचालन हुनेछ। अमेरिकी गुप्तचर संस्था सिआइए तथा दक्षिण कोरियाली खुफिया एजेन्सी दुवैले किम हत्याका लागि यो कमान्डोलाई सुपारी दिएका हुन्। यो कमान्डो काम कारवाही अति गोप्य हुने गरेको छ। कहाँ कहिले के कारवाही हुँदैछ भन्ने विषय अत्यन्त गोप्य राखिन्छ। यो कमान्डोको आक्रमण पूर्वजानकारी दिएर हुने गरेको छैन। तर जब आक्रमण गर्छ जिम्मेवारी पूरा गरेर फर्किन्छ।

मे २०११ मा यो सिल कमान्डो लुकिछिपी पाकिस्तानको एबट्टाबाद प्रवेश गरेको थियो। ओसामाको लाश लिएर फर्किएको थियो। उसले कसरी कारवाही गर्‍यो? कसरी हत्या गर्‍यो भन्ने विषय सबै गोप्य राखिएका छन्। यो खुफिया अपरेसनबारे कहिलै पूर्व जानकारी दिइँदैन। तर उत्तर कोरियाली सर्वोच्च नेता किम हत्याको तयारी भइरहेको समाचार दक्षिण कोरियाको जुंगआंग दैनिकले प्रकाशित गरेको हो। नेवी सिल कमान्डोको टुकटी टिम सिक्स यो मिसनमा काम गरिरहेको सो पत्रिकाले सार्वजनिक गरेपछि विश्वभरि एउटा नयाँ तरंग फैलिएको छ।

उत्तर कोरियाको समाचार संस्थाहरुले समेत सो पत्रिकाको समाचारलाई पत्याएको देखिएको छ। समाचार प्रकाशनपछि किमको सुरक्षा कडा पारिएको छ। उत्तर कोरियाली समाचार संस्थाका अनुसार मार्शल किम जोन उनले नेवी सीलको अपरेसनबारे तथ्यगत सूचना संकलन गर्न आदेश दिएका छन्। तत्कालको खतरालाई ध्यानमा राख्दै किमका सुरक्षा सल्लाहकारले उनलाई भिडभाडबाट टाढै रहन सल्लाह दिएका छन्।

सिल सिक्स कमान्डोबारे अरु जे जति चर्चा भए पनि उसले दक्षिण कोरियाली सेनाका साथ संयुक्त सैन्य अभ्यास गरेको छ। यो खबरलाइ किम तथा उनका सुरक्षाकर्मीले गम्भीरताका साथ लिएका छन्। उत्तर कोरियाको विश्लेषण छ कि दक्षिण कोरियाको बाटो हुँदै सील कमान्डो प्याङयाङ तथा किमको महलसम्म पुग्न सक्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्योङयाङविरुद्ध सैन्य कारवाहीको चेतावनी दिइरहेका बेला किम हत्याको समाचार चर्चामा आएको हो।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top