
प्यूठान । नेपाली काग्रेंस प्युठान–काठमाडौ सम्पर्क समिति र उद्योग वाणिज्य सघं बहानेको आयोजनामा नौ बहिनि गाउँपालिका ४ खबाङमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।
शनिवार भएको शिविरमा २ सय ५९ जनाले सेवा लिएका थिए । शिविरमा मुटुरोग छातिमा समस्या, महिलाको प्रजनन सम्बनिध समस्या, लगायतको विरामीको उपचार गरिएको नेपाली कांग्रेस प्युठान–काठमाडौ सम्पर्क समितिका अध्यक्ष एवम मुटुरोग विशेषज्ञ डा.नबराज शर्मा पण्डितले बताए । शर्माले प्युठानका दुरदराजमा रहेका नागरिकको स्वास्थ्यमा समस्या रहेकाले जिल्लाका दुर्गममा शिविर सञ्चालन गर्दै आएको बताए । शिबिरमा डा.नवराज शर्मा पण्डित, वरिष्ठ समाजसेवी डा.लेखराज सुवेदी, डा आलोक झा, डा. मिरा कक्षपति, डा.शुभास पौडेलले सेवा प्रदान गरेका थिए ।
शिविर दुर्गमका नागरिकको स्वास्थ्य समस्या समाधान सहयोग पु¥याउने योजना आयोगका पुर्ब उपाध्यक्ष एवं नेता प्रा. डा.गोबिन्दराज पोख्रेलले बताए । शिबिरमा करिब ६ लाख बराबरको औषधि खरिद गरि निशुल्क बितरण गरियको सहयोगि निकाय स्वास्थ्य कर्मीसंग प्युठानका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए । आगामी दिनहरु पनि जनतालाई आवश्यक भए जिल्लाका अन्य दुर्गम ठाउमा शिविर सञ्चालन गरिने नेपाली कांग्रेस प्युठानका सचिब देबेन्द्र बर्माको भनाइ छ ।
कमेन्ट गर्नुहोस !