
नेत्र कुँवर प्यूठान /
समुदाय प्रति सहकारीको चासो भन्ने अवधारणा अनुसार फुलबारी बचत तथा ऋण सहकारी संस्था खैरा प्यूठानले आज एक समारोहबीच जिल्लाका स्वास्थ्य संस्थाहरुलाई शुद्ध खानेपानीका लागि फिल्टर वितरणगरेको छ ।
जिल्ला स्थित प्यूठान अस्पताल प्यूठान, प्राथमिक स्वाथ्यकेन्द्र खलंगा, प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ र स्वास्य चौकी देविस्थान लाई एक एक थान शुद्ध खानेपानी फिल्टर हस्तान्तरण गर्दै फुलबारी बचत तथा ऋण सहकारी संस्था का उपाध्यक्ष सुशील पोखरेलले दिगो विकास लक्ष्य प्राप्तीमा स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा सहकारीका क्षेत्रबाट योगदान पु¥याउन फिल्टर वितरण गरिएको बताए ।
साथै उनले फिल्टरको सही व्यवस्थापन तथा सदुपयोग गर्न सुझाव पनि दिए
यसैगरी प्यूठान अस्पतालका डा. अच्युत राज कार्की, जनस्वास्थ्य अधिकृत विशाल सुवेदी लगायतका वक्ताहरुले फुलबारीले गरेको कार्य सह्रायिन भूमिका रहेको बताए । यसैगरी कार्यक्रममा भिंगृ प्राथमिक स्वास्थ्य केन्द्र बाट डा. शान्ता पौडेल, प्यूठान अस्पताल प्यूठान बाट राजन धिमिर, प्राथमिक स्वास्थ्य केन्द्र खलंगा बाट डा. शुवास पौडेल र स्वास्थ्य चौकी देविस्थान बाट हे.अ सपना पुन को उपस्थिती रहेको थियो ।
कार्यक्रम उपाध्यक्ष सुशील पोखरेलको अध्यक्षता र सचिव मोहन सुवेदीको संचालनमा भएको थियो ।
कमेन्ट गर्नुहोस !