शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

प्यूठान अस्पतालको डेन्टल सेवा प्रभावकारी बन्दै


बोमबहादुर परियार
प्यूठान । प्युठान अस्पतालले संचालन गरेको डेन्टल सेवा प्रभावकारी बन्दै गएको छ । अस्पतालले विभिन्न विशेषज्ञ सेवा सुचारु गर्न थालेपछि बिरामीहरुको चाप बढ्दै गएको हो । पछिल्लो समय अस्पतालमा दातको उपचार हुन थालेपछि दन्त बिरामीहरु ह्वात्तै बढ्न थालेका हुन् ।
गरिवीकै कारण कतिपय बिरामी आप्mनो रोग लुकाउन बाध्य बनेका छन् । दुर दराजका अधिकांश जनतालाइ अझैपनि थाहा नै छैन प्यूठान अस्पतालमा डेन्टल सेवा खुलेको छ भन्ने । गत बैशाख ३ गतेदेखी सुरु गरिएको डेन्टल सेवाबाट हालसम्म १ सय २६ जना बिरामीले दातको उपचार गराएको अस्पतलकी डेन्टल इन्चार्ज डाक्टर अस्मिता कोजुुले बताइन् । अस्पतालको सेवावारे थाहा नपाउँदा हिजोआज गरिब जनताहरु चर्काे मुल्य तिरेर बाहिर उपचार गराइराखेका छन् । अहिले डेन्टल सेवा अस्पतालकै कार्यकक्षमा खुलेपछि बिरामीहरुमा खुसि पलाएको छ । आप्mनो दातको उचार गराउन आएकी प्यूठान नगरपालिका ७ पुण्यखोलाकी सुजता सुनारले पत्रकारसंग कुराकानी गर्दै भनिन् ‘गरीवीका कारण रोग च्यापेर बस्ने धरैजसो बिरामीहरुलाइ सेवा मात्र नभएर राहत बनेको छ ।’ सुनारले भनिन् ‘बाहिर भन्दा अस्पतालमा आएर सस्तोमा सेवा पाउदा खुसि लागेको छ ।’
त्यस्तै लामो समयदेखि दाँत रोगबाट पिडित प्यूठान माजकोटका हिराबहादुर गुरुङले पनि अस्पतालको प्रशंसा गरेका छन् । ‘बिभिन्न मिडियाबाट खबर पाएर आएको हुँ ।’ गुरुङ्गले भने, ‘बाहिर उपचार गराउदा चर्काे रकम तिर्नु पर्छ ।’ सुलभ सेवासुविधा पाउँदा आम नागरिकलाई खुसीकाृे सन्देश भएको गुरुङ्गको भनाई छ ।
अस्पतालले स्थापना गरेको उक्त डेन्टलमा हाल २ जना महिला डाक्टरले काम गर्दैै आएका छन् । साथै डेन्टलबाट दातको एक्सरे सेवा ,आर.सी.टी सेवा , किराले खाएको दातको उपचार , दाँत फाल्ने , दाँत भर्ने , दाँत सफा गर्ने , बाङ्गाटिङ्गा दाँत सिधा गराउने लगायतका सेवा बिरामीले लिदै आएको प्यूठान अस्पतालका प्रमुख डा.अच्युतराज कार्कीले बताए । निकट भविष्यमै थप विशेषज्ञ सेवा थप्दै जाने योजना रहेको प्रमुख डा. कार्कीको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top