शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

राष्ट्रसेवक कर्मचारीलाई मर्यादापालक गराइँदै


प्यार अलि खाँन
प्यूठान।
प्यूठान नगरपालिकाको सातौं नगरसभा सम्पन्न भयो। नगर सभामा जनप्रतिनिधि पछाडी ४ जना कर्मचारी अंगरक्षक जस्तै देखिने गरि उभाईएको तस्बिर सामाजिक संजालमा भाइरल भयो। लोक तथा गणतान्त्रिक शासन व्यवस्था भएको मुलुक त्यसमाथि कम्युनिष्ट पार्टीबाट निर्वाचित स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख पछाडी राष्ट्रसेवक कर्मचारीलाई घण्टौं समयसम्म पछाडी मर्यादापालकको रुपमा उभ्याईयो।
संसदको झझल्को आउनेगरी कर्मचारीहरुलाई मर्यादापालक बनाईएको प्रति सामाजिक संजालमा प्यूठानका नागरिक समाजका अगुवाहरु, राजनैतिक दलका नेता, विधार्थी नेता, चिकित्सक, प्राध्यापक लगाएत जनस्तरबाट बिरोध भएको छ। व्यवस्था परिवर्तन भएपनि चरित्र परिवर्तन नभएको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले आपत्ति प्रकट गरेका छन् ।
‘जनप्रतिनिधिहरुमा सामन्ती एवं पुरातन संस्कार देखियो’ नेपाल वार एसोशियसनका केन्द्रिय सदस्य डा. शिवराज पण्डितले भने,–‘घंटौसम्म उभ्याएर कर्मचारीको मनोवल घटाउने काम भयो, तामझाम रवाफ देखाउने मन भए मर्यादापालकको विज्ञापन खुलाए भैगो।’ स्थानीय सरकारले केन्द्रिय सरकारको नक्कल गर्नु सोभनिय नहुने र जरुरी पनि नभएको पण्डित बताउँछन् ।
‘काठमाण्डौं र भरतपुर महानगरपालिकाको सभाहरूमा मर्यादापालक वा अंगरक्षक नचाहिने तर प्यूठानमा चाहिने?’ प्यूठान उधोग बाणिज्य संघका पूर्व महासचिव मनोजकुमार श्रेष्ठले भने,–‘पुरातन सोँच र अहंकारी प्रवृति देखियो ।’ राष्ट्रसेवक कर्मचारीहरुको स्वाभिमानमा आँच आउने गरि यस्ता गतिविधि नदोहो¥याउन उनले सुझाएका छन् ।
जनप्रतिनिधिहरुले नयाँ मुल् मान्यतामा लोकतान्त्रिक संस्कारको अवलम्बन गर्नुपर्नेमा नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महाविर रानाले जोड दिए।
‘सभा सम्मेलन कसरी गर्नेबारे स्थानीय सरकारहरुले कार्यविधि बनाउँदा पर्याप्त विवेक नपु¥याएको देखियो, रानाले भने,–‘अंगरक्षक वा मर्यादापालक राख्ने नै हो भने नगर प्रहरीलाई राख्न पर्यो, राष्ट्रसेवक कर्मचारीलाई होईन् ।’ आदतको संस्कारमा पनि परिवर्तन ल्याउन जनप्रतिनिधिहरुलाई रानाले सुझाव दिए।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top