बुधबार, फाल्गुन २७, २०८२ | Wednesday 11th March 2026

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी


प्यूठान। प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्। उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत ल्याउँदा नेकपा एमालेका सूर्य थापा १६ हजार ७१० मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौं स्थानमा रहेका छन् ।
यसअघि सो क्षेत्रमा एमालेका थापाले ५ हजारभन्दा बढी मत ल्याएर जितेका थिए । एमाले विरुद्ध सबै दलको गठबन्धन हुँदा पनि फराकिलो मतान्तरमा जितेका थापा यसपटक भने तेस्रोमा सीमित भएका हुन् । यसैबीच विजयी वैदिकलाई एमालेका उम्मेदवार थापाले बधाई तथा शुभकामना दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत थापाले वैदिकलाई बधाई दिँदै जनतासामु गरेको वाचाबमोजिम सफल कार्यसम्पादनको कामना गरेका हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top