शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

कोरोनाको कहरमा आमाको काख कति प्यारो


लिला पुन
विश्वमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा अहिले विश्वभरका देश नै आक्रान्त बनिराखेको छ । मर्नेजति मरिसके बाँचेकाहरुले आफ्नो ज्यान बचाउनको लागि धमाधम आफ्नो जन्मथलो तर्पm फर्किराखेका छन् । यही फर्किने क्रममा कुनै विदेशमा रहेका नेपालीहरु कति आफ्नो घर पुगिसके भने नपुग्दै विच बाटोमै लकडाउनमा परेकाहरुको नेपालको सीमानाकामै अलपत्र तथा विचल्लीमा रोएर बसेका छन् । चीनको हुवेई प्रान्तको वुहान शहरमा यो कोरोना भाइरस महामारीको रुपमा पैmलिदा चीन विरोधि विश्वका पूँजिवादी मुलुकहरुले पत्याएनन् । चीनमा धमाधम यो रोगले मान्छे मरिरहदा पनि राम हेरेर बसे । चीनले हुवेई प्रान्त नै लकडाउन ग¥यो । त्यो प्रान्तको मान्छे बाहिर र बाहिरी प्रान्तको मान्छे भित्र आउन दिएन । यातायातका साधनहरु सम्पुर्णमा रोक लगाईयो । बाहिर जाने हवाईमार्ग बन्द गरियो । सबै जनताहरुलाई मास्कको प्रयोग गर्ने उर्दी जारी गरियो । साराका सारा आर्थिक कारोबारहरु र मानिसको आवतजावतमा प्रतिबन्धजस्तै लगाईयो । एकअर्कासंग भेटघाट नहुने, भए पनि तीनफिट टाढा बसेर कुराकानी गर्ने, नमस्ते मात्र गर्ने, हात नमिलाउने हुकुम प्रमाङ्गी गरियो । चीनले यसो गरिरहदा विदेशी मुलुकहरुले विश्वास गरेन ! राम हेरि राख्यो !
राम मात्र हेरिराखेको भए हुन्थ्यो । चीनले जनतालाई सुरक्षित राख्न यसो गरिरहदा कम्युनिष्ट शासकहरु तानासाही हुन्छन् ! त्यो शासनभित्र जनतालाई स्वतन्त्रता हुँदैन भनेर नानााभातिका आरोप लगाउँदै चीनिया जनताको दुःखमा राजनीतिको प्रतिशोध साँधिरहे । यतिसम्म गरियो कि चीनबाट समुन्द्रपार हुँदै विदेश जाने पानीजहाजमासम्म चाइना भाइरस ल्याएर आयो भनेर बन्दरगाहमा ढुङ्गा हान्न लगाईयो । चीन सरकार र चीनिया जनतालाई संसारबाट अल्ग्याउन हरतरहका आरोपहरु पश्चिमा देशहरुले लगाए तर चीन सरकारले सुनेन यी कुराहरु ! किनकी चीन सरकारले कोरोना भाइरसबाट आफ्ना जनताहरु जोगाउनु थियो । किनभने पश्चिमा देशहरु चीनको आर्थिक उन्नति, तिब्र विकास, हरक्षेत्रमा प्रगति भएको देख्न चाहदैनथे । जसरी हुन्छ चीनलाई पछाडि पार्ने उनीहरुको रणनीति थियो । उनीहरुले सोचेको के थिए ! भैदियो अर्कै ! जब चीनको वुहान क्षेत्रमा कोरोनाको महामारी पैmलियो, तब जनमुक्ति सेनाका डाक्टरहरु, विश्वविद्यालयका प्रोफेसरहरु, वैज्ञानिकहरु, स्वास्थ्य क्षेत्रका डाक्टरहरुले अहोरात्र खटेर कोरोनाको विरुद्ध नयाँ भ्याक्सिन बनाउन सफल भए । त्यसको बाव्जुट अनुसासित चीनियाँ जनताहरुले सरकारले गरेको लकडाउनलाई सिरोधार्य गर्दै सरकारी कार्यालय, स्कूल, विद्यालय, फिलिम हल, खेलकुद, विवाह तथा धार्मिक कार्यक्रमहरु, पुजाआजा, मेलापर्व जस्ता कार्यहरु नगर्ने सरकारको नीतिनीयम पालन गरी सबैले दुई महिनाको लागि कष्टप्रद जीवन जिए । यसरी सबैको अथक दुःखकष्ट र प्रयासमा कोरोना भाइरसमाथि विजय प्राप्त गरी देशलाई कोरोनामुक्त घोषण गरे । पश्चिमाहरुको तितो व्यवहारको गुण अहिले चीनले विश्वलाई कोरोना भाइरसबाट मुक्त बनाउन हरतरहले सहयोग गरेर तिर्दै छ, त्यो हो मानवीय गुण ! अब पश्चिमाहरुले चीनबाट राम्रो पाठ सिक्नु पर्छ ! जब चीनमा कोरोना भाइरसले असीहजारको हाराहारीमा संक्रमण ग¥यो र तीनहजार मान्छेको ज्यान लियो तब यो रोगले विश्वको अन्य देशमा पनि संक्रमित गर्न थाल्यो तब विश्वको ध्यान यो रोगतर्पm जान थाल्यो । त्यो बेलासम्म यो रोगसंग जुध्ने भिड्ने समय कम भइसकेको थियो । कोरोनाको कहरसंगै भिडिरहेको चीनमाथि जब पश्चिमाहरुले राजनीतिक प्रतिशोध साँधिरहेका थिए । त्यसैबेला कोरोना भाइरसले पश्चिमा देशहरुमा तिब्रगतिमा धावा बोल्यो ।
सबैभन्दा पहिले युरोपीयन देश इटलीमा संक्रमण ग¥यो भने विस्तारै–विस्तारै स्पेन हुँदै जर्मन, जापान, दक्षिण कोरिया, बेलायत, प्र्रmान्स, इरान, स्वीट्जरल्याण्ड हुँदै अमेरिकामा धावा बोल्न पुग्यो । इटाली र स्पेनमा देशमा लकडाउनको बावजुट पनि संक्रमित र मर्नेको संख्या दिन दुई गुणा, रात चौगुणाको हिसाबले बढिराखेको छ । अहिले आएर कोरोेनाबाट सबैभन्दा संक्रमित अमेरिका छ भने ज्यान गुमाउनेको संख्या पनि दिनहुँ बढिराखेको छ । कोरोनाले मान्छेको ज्यान लिएको मात्र होइन, यसले त विश्वयुद्धले नल्याएको समस्या भन्दा पनि अझ ठूलो र नौलो समस्या लिएर आउने भएको छ र आईराखेको छ । कोरोना भाइरसबाट बच्न सफल विश्व जनमतले यसबाट थुप्रै पाठ सिक्नु पर्ने बेला आएको छ । धन भन्दा मर्न खोज्ने लोभी, पापीका जत्थाहरुलाई धनमात्र कमाएर हुँदोरहेन छ, धनको भरमा सुखसयल गरेर मात्र पनि पुग्दो रहेन छ । धनको भरमा विश्वविजय गर्ने सपना पनि नगर्ने रहेछ । एक अर्काको दुःखमा आपत्विपत्मा मानवीय नाताले सरसहयोग पनि गर्न पर्ने रहेछ भन्ने एकतिर एउटा पाठ सिकाएको छ भने अर्कोतिर घरदेखि लिएर शहर, बजारसम्म, खानादेखि लिएर लगाउने नानासम्म कति सरसफाई गर्नु पर्ने रहेछ भन्ने बाटो देखाएको छ ।
प्रजातन्त्रको नाममा अधिक खुलापन, अति उदारवादी पनि हुन हुदोरहेन छ । जुन खुलापनले, जुन उदारवादले प्रजातन्त्रलाई मुलधार मानेर अगाडि बढ्ने देशहरुमा कोरोनाले यस्तो भयावह रुपमा तहल्का मच्चाई रहेको छ । द्वापर युगको क्रषि पर्शुरामले क्षेत्रीजतिलाई रिस र आवेगको भरमा बन्चरोले गेडदै हिडे जस्तै कोरोना भाइरसले विश्वको मानवजातिमाथि दिनहुँ तान्डब नाच नाचिरहेको छ । यस्तो अवस्थामा हामीले ऊबाट आपूm बच्ने र अरुलाई बचाउने लकडाउनको नियमपालन गर्ने उपाएसिवाय अरु के नै छ र ! पश्चिमाहरुको विकास निकास ऐसआराम देखेर आफ्नो जन्मभूमि, आमाबाबु, गाउँघरका संगीसाथी, जहानपरिवारलाई चट्टकै छोडेर पिठिउ फर्काइ जिउदै स्वर्गको उपभोग गर्न जाने युवा जगत र डलरको लोभीहरुलाई कोरोना भाइरस(कोभिड–१९) ले गतिलै पाठ सिकाएको छ । शत्रुले लखेटेपछि त आखिर आफ्नै देश र जन्मभूमि, आमाबाबुको झुप्रे घर काम लाग्दोरहे छ नि ! दुःखसुख जे जस्तो व्यहोरेर हुन्छ आफ्नै जन्मभूमिको काखमा बसेर जीवन जिएको भए अर्काको देशको सीमा नाकाहरुमा, विच बाटोमा यसरी किन भोकै, नाङ्गै, आकासको ओधन, धर्तीको सिरान गरेर अलपत्र किन पर्नु पर्ने थियो र ! एकमुठी सास हुँदाभरि जसलाई पनि ज्यानको माया लाग्दो रहेछ । त्यही ज्यान जोगाउन हत न पत हतार–हतार गरेर किन आपूm बसेको ठाउँ छोड्नु ! जसरी हुन्छ, बाँच्ने उपाए त निस्कन्थ्यो होला !
मानवले चलाएको सरकार न हो पक्कै मर्न दिने थिएन होला त्यही विदेशमा बसेको भए पनि, किन हतारिएर बसेको ठाउँ छोड्नु ! अनि फेरि मर्नदेखि किन डराउनु ! मानवचोला लिएर जन्मेपछि एकपटक न एकपटक त मर्ने नै हो ! कुन दुःख पाएर ज्युनको लागि अर्का देशको भाँडा माझ्न, सडकमा लठ्ठी ठटाउन, गिट्टी कुट्न, बाइसतले घरमा चढेर पलाष्टर गर्न गइएको छ कौनसा विर्सि नसक्नु सुख पाइएको छ र मर्नदेखि डराउनु झन् दुःखै हरन्त हुने थियो ! फेरि आफ्नो देशको सरकार चलाउने नेताहरु गत्तिलो भए त हुन्थ्यो नि ! डाँकाहरुको झुण्डले चलाएको देशमा गरिबको कहाँबाट भलो हुने थियो र ! जहाँ गए पनि उस्तै हो ! त्यहाँ पनि चोरको सरकार हो, यहाँ पनि चोरको सरकार हो लुट्ने र चोर्नेको तरिका मात्र भिन्न हो । त्यहाँ पनि पुलिस, सेना र प्रशासन छ, यहाँ पनि पुलिस, सेना र प्रशासन छ, शासकीय सैली मात्र फरक हो ! त्यहाँ पनि पुलिसले लठ्ठी लगाउँछ, यहाँ पनि पुलिसले नि लठ्ठी लगाउँछ ! त्यहाँ पनि दुःखी गरिब छन् यहाँ पनि छन् ! आखिर फरक के नै प¥यो र ! गरिबको सरकार भएपो गरिबलाई हेर्छ, धनीको सरकारले कहाँबाट गरिबलाई हेर्छ !
सत्तामा बस्ने लोभी, पापी नेताहरुले के को जनताको दुःख हेरुन् ! जनताका दुःखमा उनीहरुका आँखा छैनन् ! उनका आँखा त देशमा के वितन्डता पैmलन्छ र भ्र्रष्टाचार गर्ने, पैसा कमाउने, कमिसन खानेतिर जान्छ । यी लुटेराका सन्तानहरुलाई त देशमा भुकम्प पनि आउन भएन, बाँढी, पहिरो पनि आउन भएन, महामारी रोग पनि आउँन भएन ! पिडित पक्षलाई वितरण गर्ने भनेर ल्याएको कम्मल, जस्तापाता, तेलचामल, कार्पेट, सिरक, डसना सबै दैनिक उपभोग्य वस्तुहरु खरिद गर्ने पनि यिनै, विक्री गर्ने पनि यिनै ! किर्ते जालसाजी गरेर माथि उल्लेखित सामाहरु आफ्नो घरभित्र हुल्ने पनि यिनै ! यिनलाई लाज पनि छैन, सरम पनि छैन, जे गरे पनि भयो, जस्तो बोले नि भयो, जस्तो आरोप लगाए नि भयो, मात्र ती अपराधी जत्थाहरुको विरोधि हुन प¥यो । विदेशको माटोमा मर्नुभन्दा त बरु आफ्नै देशको माटोमा मरुला भनेर नाङ्गै महाकालीको नदीमा हेलिएर पौडिदै आफ्नो देशको सीमामा छिर्ने निहत्था नागरिकलाई कोरोना रोकथामको निहुँमा नाङ्गै यो देशको पुलिस, प्रशासनले शहर, बजार घुमाउँछ भने अब नागरिकहरुले कस्तो न्याय पाउलान् त ! विचरा कपडा पनि लगाउन नपाउनु के गल्ति थियो त्यो नागरिकको ! उसमाथि कोरोना थियो या थिएन ! भए पनि सुरक्षितसाथ क्वारेन्टाइनमा लिएर आइसोलेसन गरि राखेको भए हुदैन थियो र !
मर्ने र बाँच्ने कसम खाएर जीवनलाई हत्केलामा राखि महाकालीमा हाम फाल्नु उसको अपराध थियो र ! यस्तो व्यवहारले कोरोनाको नाममा मानवता हरण भएन र ! नाङ्गै गराउनुको विकल्पमा अरु उपाएहरु थिएन र ! अधिकार पाए भन्दैमा जथाभावी गर्न पाईदैन ! भन्ने गर्नेको पनि तौरतरिकाहरु हुन्छन् । यस्तो नाजायज कामहरु सरकारलाई विफल बनाउने, टिकाटिप्पणी गर्न लगाउने सिवाय अरु केही होइन ! जनताको सेवा गर्छु भनेर कसम खाएकाहरुले, जनताबाट उठाएको राजस्व खाएर राष्ट्रसेवक भएकाहरुले यी विषयहरुमा अलि ध्यान दिएर, विचार पु¥याएर कामलाई अगाडि बढाउनु पर्छ । नत्र यी कृयाकलापले भविष्यमा गएर आपैmलाई नराम्रो हुने छ !!

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top