
प्यूठान । पछिल्लो राजनीति अवस्था र जिल्लाको समसामयीक विषयमा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता विजयविराज विष्टसँग हाम्रो एकता डट कम का लागि राधिका भुसालले गरेको कुराकानी ः
तपाई प्यूठान जिल्लाको जल्दोबल्दो नेताको हैसियतले विश्लेषण गर्दा पार्टी एकता पछि प्यूठानको राजनीतिक माहोल कसरी अगाडी बढिरहेको छ ?
२००६ सालमा कम्युनिष्ट पार्टीके गठनसँगै त्यसको उर्वर भुमिको रुपमा पूर्वमा झापा लगायत केहि जिल्ला र पश्चिममा प्यूठान लगायत केहि जिल्ला बाम आन्दोलनको विकास क्रान्तिकारी नेता कार्यकर्ताको उत्पादन र देशभक्त प्रगतिशील आन्दोलनमा आफुलाई जहिले पनि स्थापित गरेको छ । प्यूठान, त्यस्तो जिल्ल हो जसले कम्युनिष्ट आन्दोलनको नेतृत्वको प्रमुख हिस्सामा आफुलाई उभ्याउन सफल छ । आन्दोलनको अनेकौं मोडमा एकता, संघर्ष, एकता र रुपान्तरण गर्दै अगाडी बढेको छ । आन्दोलन भित्र देखा परेका कतिपय भड्काव विभाजन र टुटफुट पीडाको प्रत्यक्ष असर पर्याप्त अनुभवबाट अगाडी बढेको इतिहास हाम्रो सामु स्पष्ट छ । जनमतका हिसावले ८० प्रतिशत जनताको नेतृत्व गर्ने बामपार्टीहरु दुदर्शीता हटकाा करण र परिस्थितिलाई ठिक ढंगले नबुझ्नले लमो समय सम्म बुर्जुव पँुजीपति पार्टीको हातमा राजकीय सत्ता गयो र राज्यले अत्यन्त विभेदकारी र निरंकुश शैलिमा बामवन्थीहरु माथि अन्याय मात्र गरेन, तत्कालिन राज्यले जिल्लालाई हेर्ने दृष्टिकोण पनि फरक भयो । प्रयाप्त सम्भावना बोकेको यो जिल्ला देशका अरु जिल्लाको तुलनमा अल्पविकसित जिल्लाके रुपमा रह्यो ।
यो परिस्थिति वीचमा तत्कालिन शासन व्यवस्थाको विरुद्धमा नेपालका राजनीतिक पार्टीहरुले करिव ६ दशक सम्म आन्दोलन विभिन्न संघर्ष जारी राखे । आन्दोलनको विकास नयाँ ढंगले गरी खासगरी नेकपा एमाले र माओवादी दुवै पार्टीले शान्तिपूर्ण र सशस्त्र संघर्षको फ्युजनबाट हजारौं वर्ष देखि कायम रहेको सामन्तवादी राज्यसत्ताको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो । साथसाथै जनताले अफ्नो संविधान आफैंले निर्माण गर्न सफल भयो र नेपालको एउटा राजनीतिक कोर्षको समाप्त र अर्काे नयाँ कोर्षको अभ्यास शुरु भइ नेपालको बाम प्रगतिशील आन्दोलन दिशा अव नेपाल र नेपाली जनताको समृद्धि र खुसी संविधानले दिशा निर्देशित गरेको समाजवादको बाटो यो विद्ययमान अवस्थालाई गहिरो अध्ययन अनुसन्धान, विश्लेषण र समग्र संश्लेषणले एउटा ऐतिहासिक गति पैदा भयो जसको जगमा नेपालका सर्वहारा श्रमजिवी किसान, विपन्न र हालसम्म राज्यबाट विभेदमा परेका आम समुदाय मुक्ति मात्र होइन समृद्धि खुसी र विश्व समुदायमा विविधताले भरिपूर्ण यो देश प्राकृतिक सम्पदाको प्रयोग र विकासबाट आगामी १० वर्षमा विश्वका विकसित देशको दाँजोमा देशलाई लैजाने संकल्पका साथ गरिएको यो एकताले प्यूठानका विकसित राजनीतिक चेतनायुक्त तमाम राजनीति कार्यकर्ता र जनता खुसी भएका छौं । यतिवेला सबै नगर तथा गाँऊपालिकाहरुमा एकताको उत्सव भइरहेका छन् । ६४ वडाहरुमा विभिन्न कार्यक्रम भएका छन् । विगतमा अस्थिरताले विकास र समृद्धि दिन सकेन यो सरकार र पाटीले अव साँच्चै गर्नेछ भन्ने विश्वास जनताले महसुस गरेका छन् ।
नेपालको इतिहासमै दुई तिहाई बहुमत सहितको सरकार गठन भइरहेको बर्तमान सन्दर्भम सरकारबाट जनताले राहत पाए जस्तो पनि नदेखिने स्थानीय कार्यकर्ता जनताको वीचमा जाने भन्दा पनि नेताहरुसँग गोडा मोल्न जाने प्रबृत्तिको विकास हुन थालेको छ, यसलाई के भन्नुहुन्छ ?
हेर्नाेस्, हामीले राहत, उद्धारको ‘टाईमपास’ गर्ने लक्ष्य बोकेका छैनौं । हामीले सिंगो देशको समृद्धि र संसारको विकसित समाज निर्माणको सपना बोकेका छौं । आजसम्म जे देखियो, त्यो नै प्राथमिकता यो सरकारको होइन । हामी संघीय संरचनम गईसक्यौं । तीन तहको सरकार बनायौं । संघीय कानुन, प्रादेशिक र स्थानीय कानुन निर्मण गर्दै छौं । सिंहदरवार जान नपर्ने गरी हामी अगाडी बढ्दै छौं । सिंहदरवारको शसन सत्ता जनताको घरदैलोमा आएको छ । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका विषय बाहेक सबै प्रदेश र स्थानीय तहमा आएको छ । तपाई भन्नोस्, जनताको वीचमा को छ ? स्थानीय सरकार कहाँ छ । त्यो जनताकै वीचमा छ । जनताको सेवामा छ । त्यसैले हामीले हेर्दा कहिलेकाँही भ्रम परे जस्तो हुन्छ । तर त्यो वास्तविकता होइन, स्थानीय जनताको वीचमा सरकार छ । एउटा नीति कार्यक्रम लागु भैसकेको छ । अर्काे नीति कार्यक्रम घोषणा गर्दैछ भनेपछि त्यो नीति बजेट स्थानीय आवश्यकता र विकास कै लागि हो । हिजो प्यूठान दुई वटा माननीयले बजेटको छलफलमा भाग लिन पाँउथे । आज एउटा नगरमा ७१ जनाले प्रत्यक्ष भाग लिन्छन् । त्यो भनेकै जनतको वीचमा पार्टी र सरकार छ भन्ने बुझ्नु पर्छ ।
यो प्रश्नमा अर्काे एउट विषय पनि जोड्नु भएको छ । यसमा म गम्भिर छु । हामीले द्धन्द्धवादलाई विश्वास गर्छाै । विश्वस र शंका दुवै समाजमा प्राय दुई खाले प्रबृद्धि वीच व्यापक प्रतिष्पर्धा र द्धन्द्ध हुन्छ । हिजो एक खालको अवस्था थियो । जहाँ आदर्श विचार, मुल्य मान्यता, नैतिकता, आचरणयुक्त जस्को स्वार्थ केही थिएन । उसको जहिले पनि आफ्ने आर्दशलाई सम्मान गथ्र्याे । जस्तै तुच्छ हुन परेपनि स्वभीमानको जीवन बाँच्न चाहन्थ्यो । आजको राजनीतिक मार्केटमा अलि डेट एक्सपाएर सामान मिसिएका छन् । जस्ले आफ्नो योग्यतामा भन्दा आर्सिवादमा विश्वास राख्दछन् । तपाईले त्यत्ति नै भारी बोक्न पर्छ जति तपाईलाई विश्वास छ की त्यो भारी म गन्तव्य सम्म पु¥याउछु, सेवा चाकडी सधैं टिक्ने चिज होइन । योग्यता, क्षमता, कार्यकुशलता, नैतिकता र आत्मविश्वासले प्राप्त हुने जे कुरा हो त्यो नै ठिक हो । वर्षामा खोलाको एक बाल्टीन धमिलो पानी लिएर राखम दुई घण्टामा धमिलो पिंधमा जान्छ । आखिर धमिलोबाट पनि संगलो त भैहाल्छ । त्यस कारण तमाम साथीहरुलाई मेरो अनुरोध छ , हामीले एउट लक्ष्य हाँसिल गर्नुछ अविचलित भै अगाडी बढ्नुछ । समाज, देश र जनतालई भ्रम पार्ने गलत प्रबृतिलाई कहिले साथ दिनु हुँदैन ।
वर्तमान सरकारबाट प्यूठानको विकासमा दुरगामी महत्व राख्ने विकास योजनाहरु के के प्राथमिकतमा परे त ?
देश संघीय संरचनामा गई सकेपछि हाम्रा योजनाहरु पनि तदनुरुप संघ, प्रदेश र स्थानीय तह अन्तरगत नै योजनाहरु स्थानान्तरण भएका छन् । राष्ट्रिय गौरवका आयोजना बाहेक सवै प्रदेश र स्थानीय तहमा गएका छन् । जस्तो सडक, राष्ट्रिय राजमार्ग संघीय र सरकारले क्षेत्रीय सडक प्रदेशले र स्थानीय सडक स्थानीय सरकारले । खानेपानी तर्फ जाने हो भने २५ हजार जनसंख्यालाई समेट्ने आयोजना बाहेक सम्पूर्ण योजना स्थानीयलाई, अव प्यूठानको राष्ट्रिय गौरवको आयोजना केन्द्रिय आयोजनामा पर्ने भनेको नौमुरे बहुउद्देश्यीय आयोजना हो, जसको ईआईएको कम यसै महिनादेखि शुरु भएको छ भने स्वर्गद्धारी विमानस्थल यो आ.व.बाट शुरु हुन्छ । स्वर्गद्धारीलाइृ विश्व हिन्दु समुदायमा पुर्याउनको लागि त्यसको विस्तृत अध्ययन शुरु भएको छ । स्वर्गद्धारी केवलकार थ्रि पी मोडेलमा जाने तयारी छ भने हिजोका सवै क्रमागत योजनाहरु धमाधम शुरु भएका छन् । केहि यस्ता परियोजनाहरु छन् जो सवैको दृष्टिमा पुगेका छैनन् । त्यसको पनि शुरुवात आगामी समयमा हुनेछ ।
प्रसंग बदलौ, अहिले नेकपा पार्टी संघ, प्रदेश हुँदै स्थानीय स्तरको कमिटि गठनमा जुटेको छ । प्यूठानको नेतृत्व चयन कसरी होला ?
पहिलो त तत्कालिन एमाले र माओवादी केन्द्र दुवै पार्टी केन्द्रिय कमिटि भंग भई एकीकृत पार्टी नेकपा गठन भयो । दुवै पार्टीको अध्यक्ष रहनेगरी ९ सदस्यीय सचिवालय गठन भयो । त्यसले स्थायी कमिटि ४५ र ६ आमन्त्रित गरी ५१ सदस्यीय बनाएको छ । ४४१ पूर्ण र ८ आमन्त्रित गरी ४४९ सदस्यीय केन्द्रिय कमिटि निर्माण भएको छ । ७ प्रदेश र ७७ जिल्ला, सम्पूर्ण स्थानीय तहका सवै संगठनिक संरचनाहरु निर्माण हुने तयारीमा छन् । जहाँसम्म प्यूठान लगायत सवै जिल्लाको कमिटि निर्माणका लागि विधान बन्दैछ । विधान अनुरुप कमिटि व्यवस्थित हुन्छन् ।
पार्टीलाई नयाँ गति दिन उर्जाशील युवाशक्तिको काँधमा नेतृत्व आउने हो की उही पुरानै अवस्था कायम होला त ?
भन्न सकिने अवस्था केहि छैन । आजको दुनियालाई बुझ्ने र बदल्न सक्ने उच्च चेतना भएका भिजनरी व्यक्तित्व नेपाल कम्युनिष्ट पार्टीमा धेरै हुनुहुन्छ । त्यसकारण चिन्ता मान्न त त्यति पर्दैन, विद्यमान नेतृत्वले पर्टीलाई यहाँसम्म पु¥याउनु भएको छ । यो अत्यन्तै राम्रो हो । अझ यो भन्दा पनि अगाडी बढ्न सकिने धेरै अवसरहरुलाई नेतृत्वले पकड्न नसकेको गुनासो पार्टीमा मात्र होइन पार्टी बाहिर पनि चर्चा सुनिन्छ । त्यो कुरा गलत होइन भन्ने मेरो पनि बुझाई रहेको छ । त्यसकारण विगतको समिक्षा वर्तमान अवस्था, भविष्यको लक्ष्य किटान गर्न सक्ने एक योग्य नेतृत्वको चिन्ता हो ।
कतिपय कार्यकर्ता तथा जनमानसमा ने.क.पा. प्यूठानको नेतृत्वमा तपाईको नाम पनि चर्चाम छ नी ?
केहि व्यक्ति कम्युनिष्ट आन्दोलनमा समावेश हुँदा त्यो पार्टीको सदस्यता प्राप्त गर्दा मलाई यो बन्नुछ, त्यो बन्नुछ, म बन्न पाउनु पर्छ, त्यो वन्न हुँदैन भन्ने कुराले आन्दोलनमा सामेल भएको हुँदैन । त्यो कुरा निरन्तरताको जिम्मेवारी हो । म कक्षा ७ देखि निरन्तर कमिटिमा आवद्ध हुँदै अनेरास्वविूुको केन्द्रिय सचिवालयमा समेत रहि करिव २१ वर्ष संगठनके नेतृत्व गर्दै पार्टी जीवनमा प्रवेश गरेको हुँ । त्यस अवधिदेखि हाल सम्म कुनै एउटा दिन छैन जहाँ मैले आफ्नो व्यक्तिगत जीवन बाँचेको, करिव २८ वर्षसम्मको मेरो यात्रा अविचलित छ र जारी छ । मैले जे जिम्मेवारी प्राप्त गरेको छु मैले निष्ठापुर्वक गरेको छु । पार्टी अनुशासन कहिले उलंघन गरेको छैन । हरेक आन्दोलनको मोर्चामा म कहिले दोश्रो पनि छैन । सामाजिक राजनीतिक आन्दोलनलाई उत्तिकै महत्वका साथ उठान गरेको छु । म कसैसँग डराउदैन । म सत्य भन्दा पर केहि देख्दैन । मैले नैतिकता पतन हुने कुनै कार्य गरेको छैन । म अन्याय र विकृति सहन सक्दैन । सायद यस्ता कुरा ईमान्दार कार्यकर्तालाई मन पर्छ होला जनमानसलाई पनि त्यसैले यो चर्चा छ की ? यस कारण नेतृत्व पाए हुन्थ्यो की भन्ने होला ।
फेरी अर्काे कुरा नेता म हुन्छु भनेर पनि हुदैन नेतृत्व सर्वस्वीकार्य नभए पनि कार्यकर्ताको भावनाको सिम्बोल हुन सक्नुपर्दछ । कार्यकर्तालाई यो विश्वास हुन जरुरी छ की मेरो नेतृत्वले मेरो चेतनाको उचाईलाई पनि गाईड गर्न सक्छ, जुन दिन कार्यकर्तालाई लाग्छ मेरो नेतृत्वले मेरो भाावना र मेरो सोंचलाई र समग्र परिस्थितिलाई बुझ्न सक्दैन भन्ने लाग्छ त्यो दिनबाट उसले नेतृत्वलाई विश्वास गर्न सक्दैन र ऊ प्राविधिक रुपमा मात्र नेता हुन्छ ।
अन्त्यमा,
लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धीको संस्थागत र संविधानले परिकल्पना गरेको समाजवादको यात्रामा विकसित नेपाल र नेपालीको चाहना पुरा गर्न आगामी नेतृत्वले अहम भुमिका निर्वाह गर्न सक्ने विश्वास दिन चाहन्छु । साथै हाम्रो एकता साप्ताहिक परिवारलाई धन्यवाद ।
अन्तरवार्ताः राधिका भुसाल
कमेन्ट गर्नुहोस !