सोमवार, पुस २८, २०८२ | Monday 12th January 2026

आर्थिक समस्याका कारण पनि धेरै श्रष्टाहरु ओझेलमा परेका छन ः ललिता शर्मा, बरिष्ठ बाल साहित्यकार


ललिता शर्मा नेपाली साहित्य क्षेत्रको प्रेरणादायी साहित्यिक ब्यक्तित्व । हुने बिरुवाको चिल्लो पात भने झै प्राथमिक तहको स्कुले शिक्षा देखि साहित्यिक लेखनमा रुची राख्दै अहिले नेपालको साहित्यिक क्षेत्रमा देखिएका महिला श्रष्टाहरुमा एक उदाहरणीय ब्यक्तित्व हुन उनी । शिक्षामा स्नातकोत्तर गर्नु भएकी शर्माले सपनाको क ( बाल चित्र कथा ) चन्द्रलोकको सानो साथी देखि अन्य बाल कबिता तथा कथा संग्रहका दर्जनौ पुस्तक प्रकाशन गरेर आफूलाई नेपालको साहित्यिक फाँटमा ओजपूर्ण हैसियतमा उभ्याउन सफल हुनु भएको छ । अहिलेसम्म आइपूग्दा शर्माको दर्जनौ शिक्षा तथा साहित्यिक पुरस्कारका प्रमाणपत्रले उहाँका पुरै रुमका भित्ता भरिएका छन् । २०४६ साल देखि शिक्षण पेशा गदै आउनु भएकी शर्मा हाल भने केही समय देखि शिक्ष्ण पेशाबाट निबृत्त हुनुहुन्छ । उमेरले पेशामा निबृत्त अवस्थामा पुरयाएको छ, तर लेखनमा भने उर्जा पलाएको छ , थप जोस र उमंग जगार भरिएको छ , जागेको छ । देशब्यापी रुपमा चलिरहेका बिभिन्न साहित्यिक गोष्ठी, सम्मेलन तथा प्रतियोगितात्मक कार्यक्रम लगायत बिभिन्न ढंगले चलेका साहित्यिक कार्यक्रममा निरन्तर सहभागिता देखाउदै आउनु भएकी शर्मा अनुभवकी खानीको रुपमा पनि बुझिन्छ । बदलिंदो बिश्व परिबेशमा हरेक क्षेत्रमा आएका बदलावसंगै साहित्यिक क्षेत्रमा पनि नयाँ सम्भावना र अवसरसंगै समस्या र चुनौतिका चांगहरु पनि उत्तिकै छन । हो यही परिबेशमा बरिष्ठ महिला अझ बिशेष गरी बाल साहित्य सृजनामा योगदान पुरयाउदै आउनु भएकी साहित्यकार शर्मासंग हाम्रो एकता सम्पादक सुशील पोखरेलले उहाँसंग साहित्यिक क्ष्ोत्रका समसामयिक बिषयमा अन्र्तबार्ता मार्फत धारणा लिने प्रयास गुर्न भएको थियो । प्रस्तुत छ बाल साहित्यकार शर्मासंग गरिएका अन्र्तबार्ता कुराकानीका मूल अंशहरु ।

१) नेपाली साहित्यको अबस्था हेर्दा महिला सहभागिता निकै कमजोर देखिन्छ तर तपाइ ग्रामीण समुदायमा जन्मेर अहिले यो स्थानमा आउनु भो म सोध्न चाहन्छु की तपाइलाई साहित्य क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?

अबश्य नै मेरो बुबा मीनराज उपाध्याय स्वयम आफु पढेलेखेको हुनुहुन्थ्यो विद्यालयको अबस्था ग्रामीण भेगमा त्यो जमानामा निकै कमजोर अवस्था थियो । गाउँमा विद्यालयको पहल र घरमा हामीलाई पढाउने शिक्षकको व्यवस्थापन बुबाले गर्नुभएको थियो ।
बालमन मष्तिष्कमा बसेको किताब प्रतिको लगाव मोहले मलाई साहित्य क्षेत्रमा लाग्ने प्रेरणा भित्र भित्र दिइरहन्थ्यो तर बाहिर निकाल्न त्यो बेलाको परिवेशमा छोरीलाई त्यति सजिलो थिएन तरपनि बाकसभित्र राखिएको फूल बसाएरै छाड्छ भने झै म मेरो साहित्यिक प्रतिभाको प्रस्फूटन त्यही बेलादेखि नै भइ नै छाड्यो ।

२) ल राम्रो कुरा गर्नु भयो तर अनुभवको कोर्षमा यहाँ सम्म आइपूग्दा हजुरले साहित्यलाई कसरी बुझ्नु भो ? अर्थात बास्तबमा साहित्य के रहेछ भन्ने बुझ्नु भयो ?
ः साहित्यलाई सरल र सहज तरिकाले बुझ्न रुचाउँछु म त । साहित्य भन्ने बित्तिकै अप्ठ्यारा शब्द प्रयोग गरेर साधारण लेखपढ गर्न जान्नेलाई बुझ्न उकुसमुकुस हुने र साहित्यका किताब भन्नासाथ बितृष्णा जाग्ने भन्दा सरल भाषामा लेखन गरिएका साहित्य जो साक्षर सबैले पढ्न सकुन , पढेका कुरा मननन गरेर जीवन सुधार्न सकुन त्यो नै साहित्य हो भन्ने लाग्छ ।

3.) साहित्य त बर्गीय हुन्छ भन्छन् यसमा हजुरको दृष्टिकोण के छ ?
साहित्यले समाज संग सम्बन्ध राख्छ । समाजमा विभिन्न वर्गका मानिस हुन्छ त्यसैले बर्गीय हुन्न भन्न म सक्दिन त्यो बोल्यो भने अपाच्य हुन्छ होला ।
भुइ मान्छे , धनी, राजा , रंक , धर्म सबैका बारेमा लेखिन्छ साहित्य; तर
साहित्य त केवल साहित्यिक हो जुन वर्गका लेख्दा पनि सकारात्मक कुराहरू लेखिनुपर्छ जस्तो लाग्छ मलाई त ।

४)अहिले सम्मको साहित्यिक यात्रामा हजुरले थुप्रै कृति प्रकाशन गर्नु भएको भन्ने कुरा जानकारीमा आएको छ संक्षिप्तमा केही बिवरण दिन सक्नु हुन्छ ?
ः अबश्य नै किन नदिनु नी मेरो पहिलो कृती सपनाको ’ क’ (सचित्रबालकथा) हो । व्यनजनबर्ण को अवधारणा दिगो रूपमा बसोवास बालमष्तिकमा भन्ने सकारात्मक सोच राखेर क बर्गबाट आउने शब्दबाट कथा तयार पारिएको छ । यो प्रकाशन गर्न आर्थिक अलि बढि जुटाउन परयो क देखि ज्ञ सम्मको वर्णबाट कथा बनाउने मेरो सपना सफल हुन सकेन । मात्र क वर्णको कथामैं सीमित रह्यो। तर शिक्षकलाई मार्ग निर्देशन दिन सक्छ यो पुस्तकले वर्ण कथा लेखन गरेर बालवालिकालाई शिक्षण गराउनमा । दोस्रो कृती चन्द्रलोकको सानो साथी प्रकाशन भयो यसलाई बजेटकै कमीले कलरफुल बनाउन सकिन। यस्तै मेरा गीतहरू पनि रेकर्ड भएकाछन् । आर्थिक पक्ष बलियो भयो भने मात्र सहज हुन्छ गीत होस् या पुस्तक प्रकाशन गर्न ।

५) यति धेरै कृति प्रकाशन गर्नु भएको रहेछ यो अवस्था जुराउन आर्थिक पक्ष र प्रेरणा अनि सहयोग पनि महत्वपूर्ण नै हुन्छ यस प्रक्रियामा योगदान र भूमिकाका लागि मुख्य रुपमा यसको श्रेय क कसलाई दिन दिनु पर्ला ?
ः कृति प्रकाशनमा श्रेय म मेरो परिवारलाई दिन चाहन्छु। गीत रेकर्डिङमा मेरो भावना बहिनी शान्ती पौडेल र छोरा सन्देशलाई दिन चाहन्छु।

६ ) अबश्य नै कृति प्रकाशन त उल्लेख्य रुपमा भइरहेको छ तर पाठक संख्या घटिरहेको छ भनिन्छ यसमा हजुरको बुझाई र अनुभव के छ ?
ः यो धुर्व सत्य कुरा हो , प्रकाशन गुणात्मक रूपमा बढ्दो छ भने पाठक संख्या भने ऋणात्मक रुपमा छ । यो दुःखको कुरा हो । आधुनिक प्रविधिबाट प्रभावित भैं किताब पढ्न रूची नराख्नु। उमेर , स्तर र रुचीका किताब पाठकले नपाउनु, किताब निकाल्ने होडबाजीमा अत्याधिक किताब प्रकाशित हुनु आदि इत्यादि धेरै पाटा पक्षहरु छन यी तथ्यहरु बयान गरी साध्य नै छैन ।

७ ) अनि हजुरका कृतिले के कति बजार पाएका होलान ?
ः कृति प्रकाशनले बजार पाउनका लागि बिभिन्न परीपाटी मिल्नुपर्ने हुन्छ । किताबको स्तरीयता देखि आफ्नो पहुँच प्रचारप्रसार यो सब म बाट हुन सकेको छैन । बालबालिकालाई उपयोगी पुस्तक दिनुपर्छ भन्ने नितान्त मेरो प्रयास छ । कुनै न कुनै दिन अवश्य कृतिको पहिचान हुनेछ भन्ने सकारात्मक सोच राखेर प्रतिक्षारत छु ंं।

८) तपाइले लिन खोज्नु भएको साहित्यिक जागरण देखिदै गर्दा अहिले नेपाली महिलाहरु साहित्यिक जागरणको मूल प्रबाहमा खासै आउन सकिरहेको देखिन्न यसमा मुख्य समस्याका बिषयमा हजुरको धारणा के छ भन्नु त ?
ः महिला सहभागिताको कुरागर्नुपर्दा हाम्रो समाज अझै पुरुष प्रधान छ भन्न अनुपयुक्त नहोला।
शहरको मात्र कुरा गरेर भएन । काठमाडौंको अबस्थालाई हेर्दा महिला सहभागितालाई राम्रो मान्न सकिन्छ तर समग्रमा भन्नुपर्दा महिलालाई घर परिवार , समाज, देश सबैको सहयोग र अनुकुल बातावरणको कमीछ । अहिले आधुनिकतालाई जे जति अँगाले जस्तो गरे पनि महिलालाई अगाडि बढेको पुरूष मात्रलाई के दोष दिनु स्वयम पहुँच पुगेका महिलाले समेत नरुचाएको अहिलेको अवस्था छ ।

९) अनि तपाइले यति धेरै कुरा गर्दैगर्दा तपाइले पारिबारीक साहित्यिक जागरणमा लिएको केही नौलो अभ्यास छ ?
ः मेरो नौलो अभ्यास हो मेरो नातीले दश वर्षको उमेरमा कथा लेख्नुभयो र एघार वर्षको उमेरमा प्रकाशन भयो ।सबै भन्दा उपलब्धिमूलक जागरण मान्छु मैले मेरो परिवारको परिवेश । अहिले यो बेला पठन संस्कुति ह्रास भयो भन्नेहरुका लागि पारिबारीक वातावरणको गतिलो उदाहरण हो यो । म जसरी प्राथमिक अवस्था देखि साह्त्यििक अभियानमा जोडिन जुन प्रेरणा पाएँ यसैको सिको मेरो नातीले गर्यो । अवश्य नै गिलो माटोलाई हामीलाई जे बनाउन रुची लाग्छ त्यस्तै हो साहित्य पनि । म र मेरो नाती नै यसका लागि उदाहरणमा काफी छौ भन्ने लाग्छ ।

१०) अबश्य नै हजुरले भने जस्तै अव नेपाली साहित्यक्षेत्रको संबर्धनमा राज्य तथा गैर राज्य पक्षको भूमिका के के हुनु पर्ला ? बुँदागत रुपमा हजुरका सुझाव के के हुन सक्लान ?
ः नेपाली साहित्यक्षेत्रको सम्वद्र्धनमा राज्यको भूमीका महत्वपूर्ण छ । सरकार तथा बिभिन्न निकायहरु अहिले सहित्यिक क्षेत्रकमा भन्दा अन्यत्रै लहिसिएको देख्छु म । साहित्य र पठन संस्कृतिको बिकास भएन भने कुनै पनि मुलुकको आर्थिक सामाजिक लगायत समग्र प्रगति असंभव छ । यसैले म सरोकारवालाहरुलाई मुख्य रुपमा तपसिल बमोजिम अहिलेको मुख्य कर्तब्य र दायित्व छ भन्ने सुझाव तपाइको हाम्रो एकता प्रकाशन मार्फत दिन चाहन्छु ।
– शिक्षा र साक्षरताको विस्तार
 -साहित्यक संस्थालाई सहयोग
 -साहित्यक प्रोत्साहन
-भाषा र साहित्यको संरक्षण
-साहित्यक कार्यक्रमको आयोजना
-सामाजिक जागरण
-संविधानको कार्यान्वयन
-हरेक विद्यालयमा पुस्तकालयको स्थापना ( एक कर्मचारीसहित)

११) डिजिटल प्रबिधिले अहिले सम्मको पठन तथा लेखन सस्कृतिलाई प्रभावित गरिरहेको यो बेला अव नेपाली साहित्यलाई नयाँ शिराबाट उठान गर्न के गर्नु पर्ला महत्वपूर्ण सुझाव छ भने ?
ः अवश्य नै अहिलेको बिश्व परिबेश डिजिटलमा होमिएको छ । यसको प्रभावले घरका टीभीका रिमोट कहाँ छ , रेडियो सुन्ने बानी कता गयो त्यतिमात्र होइन पत्रपत्रिका पढ्ने बानी त सर्लक्कै हराउन छाड्यो । यसैले यो बेला डिजिटल प्रविधिलाई चटक्क छोड्न मिल्दैन यो समयको माग हो हो ।
तर सचेत हामी सबै हुनुपर्छ घर परिवार , समाज, विद्यालय हुदै राष्ट्र समेत सजग हुने अवस्था आएको छ । घरपरिवारबाट पठन संस्कृतिलाई विकास गर्ने वातावरण मिलाउनुपर्छ। विद्यालयले विद्यालय समयमा पठन तथा लेखन संस्कृतिलाई मदत पुर्याउने क्रियाकलमा गराउनुपर्छ । सामाजिक जागरण कार्यक्रम बेलाबेला गर्नुपर्छ। राष्ट्रले पनि यस्ता कार्यक्रमको आयोजना गर्नुपर्छ।
सबैले हातेमालो गर्यौ भने अबश्य पनि पठन र लेखन संस्कृतिलाई नयाँ शिराबाट उठान गर्न अवश्य नै सकिनेछ ।

अन्त्यमा सोध्न छुटेका केही बिषयहरु छन भने संक्षिप्तमा ?
ः साहित्यमा राजनीति नहोस् , पुरस्कार किनबेच नहोस् , महिलाहरूलाई साहित्यमा पहुँच पु¥याउन पहलहोस्, दुर्गम ठाउँका बालबालिकालाई पाठ्यपुस्तकको साथै बालसाहित्य विधाका पुस्तक उपलब्ध होस ्। घर परिवार, समाज ,
स्थानीय निकाय , राष्ट्र हामीसबैमा यि सब कुरामा एकमत रहोस् भन्ने हार्दिक अनुरोध गदर्छु।
मेरो यी केही संक्षिप्त बिचार पस्कने अवसर दिनु भएकोमा हजुरलाई बिशेष धन्यबाद ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top