
राधिका भुसाल /
प्यूठान, जेहन्दार अनुशासित र मेहनती विद्यार्थी सुजन पुन मगरको अभिभाकत्व बहन गर्ने गरी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले आज अभिभावकीय जिम्मेवारी लिएका छन् ।
मुक्ति माध्यमिक विद्यालय रातामाटा कक्षा ९ मा प्राविधिक तर्फ भर्ना गरि कक्षा १२ सम्म पठन पाठनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भन्दै उनी सुजनको अभिभावक बनेका हुन् । कक्षपतिले अभाभिवक सहयोग (भर्ना) शुल्क, परीक्षा शुल्क, रजिस्टेसन, शैक्षिक सामग्री, पोशाक, शैक्षिक भ्रमण तथा पिक्निक, लगायतका सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने गरी अभिभावकीय जिम्मेवारी ग्रहण गरेका छन् ।
सरुमारानी ६ पाङवाङ घर भएका सुजनले यसै वर्ष सोही विद्यालयबाट कक्षा ८ पास गरेका थिए । नयाँ बजार जुम्रीमा आफ्नो दिदिसंगै बस्दै आएका सुजनले रातीमा झिमरुक खोलामा माछा मार्ने र दिउसो अर्थात स्कुल छुट्टी भएपछि पत्रिका वितरण गरी आफ्नै पढाइलाई जेनतेन निरन्तरता दिइ रहेको बताउछन् । २०६९ सालमा बुबा झग बहादुर पुन मगरको मृत्यु भए पश्चात आर्थिक अभावका कारण आमा मञ्जु पुन मगर पनि भारतको पञ्जावमा नोकरी गर्दै आएको हुंदा सुजन र उनका भाइ मिलन आफ्नो दिदि सुजाता थापासंगै बस्तै आएका छन् ।
त्यस्तै उनका भाइ मिलन पुन मगरलाई पनि गौरब अडर्स एण्ड सप्लायर्स सञ्चालक प्रभात केसी र उनकी श्रीमति राधा अधिकारीले सोही विद्यालयको कक्षा ८ मा भर्ना गरेका छन् । विद्यालयको सम्पूर्ण पठनपाठन खर्च आफैले ब्यहोर्न गरी कक्षा १२ सम्म पढाउने जिम्मा लिएको सुजता थापाले जनाकारी दिइन् । त्यससंगैं यि दाजु भाईको सरंक्षकको भुमिका खेल्दै आएकी थापाले अभिभावकीय जिम्मेवारी ग्रहण गरेका मेयर कक्षपति र व्यवासायी केसीको दम्पत्तिलाइ धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
कमेन्ट गर्नुहोस !