मङ्लबार, साउन ५, २०८३ | Tuesday 21st July 2026

प्यूठानमा ब्याडमिन्टन मोह


चैत्र २२,
प्यूठान । यहाँ कवर्ड हलमा विहानै ब्याडमिन्टन खेल्नेको घुँईचो लाग्छ । जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा ब्याडमिन्ट खेल्न खलंगाबाट समेत खेलाडीहरु झर्ने गरेका छन् । ब्याडमिन्टन खेल्दै गरेका जिल्ला प्रहरी प्रमुख राजेन्द्र पाख्रेलले ब्याडमिन्टन खेलले ताजगीपन ल्याउने बताए । विहान जुनसुकै पनि खेल खेल्दा शरिरलाई रिचार्ज प्राप्त हुने पोख्रेलको विश्वास छ । ‘मानसिक र शारिरिक रुपमा आनन्द प्राप्त हुन्छ ।’ प्रहरी नायव उपरिक्षक पाख्रेलले भने, ‘दिनभर तनाव हुन्छ रातभर सम्वेनशिल हुनु पर्दछ ।’ विहान पलभर भएपनि सबथोक भुलिने र शरिरमा नयाँ उर्जा प्राप्त हुने पाख्रेलको भनाई छ ।
‘यो उमेरमा जवानी खेलकुदमा लगानी’ भन्दै श्री बस्नेत अर्डर एण्ड सप्लायर्सका प्रोपाईटर लोक बहादर बस्नेतले करिब ७० हजारको लगानीमा ब्याडमिन्टन खेल्ने कवर्डहलमा पेन्ट गरिदिएको बताए । ‘खेलमा दिनभरको तनाव सबै भुलिन्छ ।’ बस्नेतले भने, ‘यहाँ आए पछि रिफ्रेस हुन्छ ।’ सबै प्रकारको मानसिक टरचर विहानको खेलमा भुलिने बस्नेतको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top