शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

रनिङ शिल्डको उपाधी जनता माविलाई


रमेश गिरी
प्युठान,२० माघ ।
दोस्रो अन्तर माध्यामिक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार देखी गणतान्त्रीक खेलमैदानमा सञ्चालित प्रतियोगिता सोमबार सम्पन्न भएको हो । नगरक्षेत्र भित्रका सामुदायिक र नीजि गरि ११ विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिताको उपाधी जनता माध्यामिक विद्यालय बाग्दुलाले उपाधी हाता पारेको हो । उक्त विद्यालयले १७ स्वर्ण सहित पहिलो स्थान हात पारेको हो । त्यस्तै ६ स्वर्ण सहित १६ पदक लिदै बाल विद्या मा वि मरन्ठाना मजुवा दोस्रो भएका थिए ।
१६ स्वर्ण ४ रजत ३ कास्य गरि जम्मा २३ पदक सहित जनता मा वि बाग्दुला पहिलो भएको हो भने ६ स्वर्ण ५ रजत ५ कास्य गरि १६ पदक सहित बालविद्या माध्यामिक विद्यालय मजुवा र ५ स्वर्ण ७ रजत ५ कास्य गरि १७ पदक सहित तेस्रो स्थान मुक्ति माध्यामिक विद्यालयले हात पारेको हो । प्रतियोगितामा प्रथम,दृतिय र तृतिय हुनेलाई शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरिएको छ । कार्यवाहक नगरप्रमुख लक्ष्मी प्रकाशराज भण्डारीले प्रदान गर्नुभएको हो । शिल्डमा उपादी हातापार्ने जनता माध्यामिक विद्यालयका विद्यार्थीहरुले जीतेपछि वडा अध्यक्ष लिलापजंग केसीको नेतृत्वमा रमाउँदै सड्क प्ररिक्रमा गरेका थिए ।


प्रतियोगितामा १००, २००,४००,८००,१५०० र ३००० मिटरको छात्रछात्रा दौड ,छात्राछात्रा रिले दौड, हाईजम्प,लङजम्प, त्रिपलजम्प, सटफुट थ्रो, भलिबल, कवड्डी, तेक्वान्दो लगाएतका खेलहरु सञ्चालन भएका थिए । प्रतियोगितामा कालिका मावि विजुवार , क्षेत्रविकास मा वि पुण्यखोला , प्युठान भ्याली एकेडेमी बाग्दुलाले १÷ १ स्वर्ण पदक लिएका छन भने अन्य ६ वटा विद्यालयहरूले स्वर्ण लिन सकेनन् । छात्रा तर्फ उत्कृष्ट भलिवल खेलाडीका रूपमा मनिषा थापामगर भईन भने छात्र तर्फ जनता मा वि बाग्दुला का पोषण जिसी उत्कृष्ट खेलाडीका रूपमा छनोट भएका छन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top