
सागर रिजाल । १३ माघ
प्युठान, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति प्युठानको १३ औ जिल्ला अधिवेशन शनिवार पुण्यखोलामा सम्पन्न भएको छ ।
जिल्लाको स्वर्गद्धारी बहुमुखी क्याम्पस पुर्ण्यखोलामा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिती समेत चयन गरेको हो । शंकर थापाको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जस्को महिला उपाध्यक्षमा लक्ष्मी केसी, उपाध्यक्ष लोकेन्द्र जिसी, सचिव ज्ञानहरी रिजाल, कोषाध्यक्ष राम बहादुर केसी, सहसचिव शुष्मा विष्ट, सहकोषाध्यक्ष लक्ष्मी केसी सदस्यहरुमा सन्तोषी थापा, गिरीराज थापा, गुञ्जमान पुन, खिमबहादुर रावत लगाएत रहेका छन ।संगठनका जिल्ला कार्यवाहक अध्यक्ष शंकर थापाको अध्यक्षता, संगठनका केन्द्रिय सदस्य प्रेम वलीको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी सूर्य प्रसाद भुषाल, प्युठान नगरपालिकाकी उपमेयर शान्ता आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष तुल्सिराम शर्मा विशेष अतिथि रहेका थिए ।
कमेन्ट गर्नुहोस !