

मोहन गिरी
अहिले प्यूठानको स्वर्गद्धारी नगरपालिका अन्तरगत भिंग्री र प्यूठान नगपालिका अन्तरगत विजुवारको खेलकूद मैदानमा महोत्सव गर्ने कुराले निकै ठूलो चर्चा पाएको छ । सर्व प्रथम तः महोत्सव शब्दको व्युत्पत्ति र यसको अर्थ बुझ्नु पर्ने हुन्छ । महा+उत्सव शब्दको सन्धि भई महोत्सव शब्द निर्माण भएको हो । यसको अर्थ ठुलो उत्सव वा सजधजका साथ गरिने उत्सव भन्ने बुझिन्छ । उत्सव मनाउनु भन्नु नै खुशीयाली मनाउनु अथवा हर्षउल्लास वातावरणमा रमाउनु भन्ने नै हो । कुनै विशेष उपलब्धि प्राप्त भएपछि विशेष अवसरमा महोत्सव गर्नु स्वभाविक कुरा हो । यसलाई अन्यथा पनि लिन सकिदैन । हामी धैरै जसोले रामायण पढेका छौं कि रामले लङ्का विजय गरेपछि विजयीउत्सव मनाएका थिए रे । जिल्ला वा जिल्ला अन्तरगतका महोत्सव हुने क्षेत्रमा कुनै विशेष उपलब्धि भयो भन्ने अनुभूति जनमानसमा भयो भने लौ त अब यस उपलब्धिको उपलक्ष्यमा महोत्सव गरौं भनी कार्यक्रम तय गरिन्छ । उत्सव मेला पर्वसंग ऐतिहासिकता, उपादेयता, जनताको स्वीकार्यता, मौलिकता, तीव्रता, गहनता, अर्थपूर्णता र सचेतता जोडिएको हुन्छ । यी कुनै कारण विनाको महोत्सव स्वीकार्न लगाउनु भनेको आधुनिक युगको रुढिवादको सुरुवाती विन्दुको प्रारम्भ गर्नु हो । महोत्सवको गरिमा गौरव अत्यन्त गह्रौं र महंगो हुन्छ । यो बहु आयमिक विषय बस्तुसंग सम्बन्धित हुन्छ र विशेष उपलब्धि प्राप्ती पछि विशेष अवसर पारेर यस्ता महोत्सव सञ्चालन गरिने हुन्छ । महोत्सवलाई फेसनको रुपमा अत्यन्त सस्तो हुने गरी अवमुल्यन गरिनु हुंदैन भन्ने विचार जनताले प्रकट गरेका छन् ।
विगत वर्षहरुमा पनि प्यूठानमा धेरै महोत्सवहरु भए । ती महोत्सवबाट केहीले त मनोरञ्जन प्राप्त गरे होलान तर, जिल्लाको लागि खासै उपलब्धि भएको देखिदैन । विगत वर्षका महोत्सवमा कहिले आम्दानी भन्दा बढी घाटा देखाइयो, कहिले आयु व्यया बराबर देखाइयो भने गत वर्षमा केही आम्दानी भएको देखाइएको छ भन्ने सुन्नमा आएको छ । वास्तवमा महोत्सव के को निम्ति गरिदो रहेछ त भन्ने विषय नै अन्योल पूर्ण छ । महोत्सव गर्दा जिल्लाको पैसा कति खर्च हुन्छ भन्ने बारेमा खासै निश्चित डाटा उतार्न सकिन्न तरपनि एक महोत्सवमा ७०–८० लाखको हाराहारीमा खर्च लाग्ने देखिन्छ । यो सम्पूर्ण खर्च जनताबाट उठेको रकम नै हो । यो खर्च गरेवापत उपलब्धि के हो त ? खर्च ग¥यो–ग¥यो, हातालाग्यो शून्य । एक रु खर्च गरेर २०–२५ पैसा मुनाफा हुंदैन भने त्यस्तो खर्चको उपादेयता के हो ? तर पनि यसलाई विज्नेस प्वाइन्टबाट नहेरौं । यसले आत्म सन्तुष्टि प्रदान गर्दछ भन्ने हो भने महोत्सव अवलोकन गरेपछि आत्मसन्तुष्टि व्यक्त भएको धेरैबाट पाइदैन । करिब १४–१५ दिन सम्म महोत्सवले विद्यार्थीको पढाइमा अवरोध सिर्जना गर्छ र किताव कापी किन्ने पैसा बेकारमा महोत्सवमा खर्च गरियो भनेर विद्यार्थीहरुले भन्ने गरेको पाइन्छ । महोत्सवमा के के न देख्न र सुन्न पाइन्छ भनेको त बेकारै पैसाको नोक्सान भयो भन्ने कुरा जनताबाट व्यक्त भएको सुनिन्छ । कतिपय बौद्धिक वर्गले महोत्सवमा अध्ययन अनुसन्धान गर्न लायक कुनै विषय बस्तु नभएको गुनासो गर्दछन् भने आत्म सन्तुष्टि नभएर आत्म असन्तुष्टि महोत्सवको उपलब्धि भएको जनताको अनुभव छ ।
सामाजिक सञ्जालबाट ज्ञात भए अनुसार प्यूठानको भिंग्रीमा माघ १८ देखि २८ गते सम्म र विजुवारको खेलकूद मैदानमा फागुन ३ देखि १३ गते सम्म महोत्सव सञ्चालन हुंदैछ । आफूलाई सामाजिक भूमिकामा रहेको ठान्नेहरु र यस्ता महोत्सव गर्नेहरुले जवाफ दिन प¥यो कि यी महोत्सव के का निम्ति ? तपाईको जवाफ हुन सक्छ –
१. कृषि, पर्यटन, उद्योग सम्बन्धमा जनतामा चेतना जागृत गर्ने ।
२. मनोरञ्जन प्रदान गर्ने ।
३. एकापसमा भाइचारा बन्धुत्वको भावना जागृत गर्ने र नयाँ पहिचान गराउने ।
४. जिल्लाको पहिचान विस्तार गर्ने ।
५. महोत्सवबाट प्राप्त मुनाफाबाट कुनै सामाजिक कार्य गर्ने ।
६. महोत्सवमा प्रदर्शित विभिन्न पाटा पक्षको अध्ययन अनुसन्धान हुने
७. मौलिक संस्कृतिको संरक्षण र संर्बद्धन गर्ने ।
यी माथि उल्लेखित जवाफ यदि तपाईहरुबाट आउछ भने त्यो केवल भन्नकै लागि भनेको कुरा हो । कुराको लागि कुरा भने झैं यस्ता भ्रमहरु सिर्जना नगरिए जनतालाई महोत्सवमा आर्कषित गर्न सकिदैन । यसकारण तपाईहरुले यस्ता कुरा गर्नै पर्छ । जनताको टाउकोमा रोटी सेक्ने खेतिपातीलाई यस्तै कुराले मलजल गर्छ र खेती सप्रिन्छ । यो कुरा भन्नु होस् – आजसम्म महोत्सवबाट जिल्ला वा भेगले के उपलब्धी हालिस ग¥यो ? एउटै मात्र उदाहरण दिए पनि काफी होला, तर त्यो के हो ?
जनताको प्रश्न र धारणा यस्तो छ
१. प्यूठानको २ क्षेत्रमा गर्न लागेको महोत्सव, महोत्सव नभएर मेला हो ।
पहिले पहिले पनि गाउँका मुखिया, जिम्मुवाल, ठुला बढा भनौदाहरुले दशै, तिहार, माघेसंक्रान्ति लगायतका चाड पर्वहरुमा कुनै निश्चित दिनमा मेला लगाउने गर्दथे । त्यसैको निरन्तरता, पुनराबृति र सिको अहिलेका टाठाबाठा भनौदाहरुले गर्न लागको हो । यस कारण यो महोत्सव होइन केवल मेला हो भन्नेमा जनता ढुक्क छन् ।
२. विगतामा भएको महोत्सवबाट जिल्लालाई के फाइदा भयो ?
३. कृषि, पर्यटन उद्योग सञ्चालनमा चेतना वृद्धि भएर कहाँ के भयो ?
४. जिल्लाको परिचय विस्तार गराउँछ भन्ने हो भने महोत्सवको कारण प्यूठानको नाम कुन कुन देशमा विस्तार भयो ?
५. महोत्सवबाट प्राप्त मुनाफा रकम कुन कुन सामाजिक कार्यमा लगाइयो ?
६. महोत्सवमा प्रदर्शित विभिन्न पाटा पक्षको अध्ययन अनुसन्धान कहाँ को बाट कहिले र के भयो ?
७. महोत्सव कलाकारहरुको लागि व्यवसायीक खेती र जाँडपानी धन्दा भएको जनताले महसुस गरेका छन् ।
८. जिल्लाको पैसा बाहिरिने काम भएको छ ।
९. मौलिक संस्कृति, साहित्य, कला, सीप, प्रविधिको संरक्षण र सर्बद्धन महोत्सवको माध्यमबाट भएको छ भन्नु अत्यन्तै हास्यात्पद कुरा हो । विगतमा भएका यस्ता महोत्सवमा, छाडा, नांगा, मौलिक संस्कृतिलाई धरासायी गर्ने पश्चिमा संस्कृतिलाई प्रोत्साहित गरियो । अहिले हुने भनिएको महोत्सव पनि यो भन्दा पृथक ढंगका सांस्कृतिक क्रियाकलाप होलान भन्ने अनुमान गर्न सकिन्न । नेपालका कतिपय ठाउँमा सम्पन्न महोत्सवमा ज्योति मगर, सरस्वती लामा जस्ता व्यक्तिलाई मौलिक संस्कृति जगेर्ना गर्ने नाममा भित्र्याइएको पाइन्छ । गीत सुन्न र नाँच हेर्न पनि नौतिकवान मानिसलाई अप्ठ्यारो हुने र स–परिवार नातागोताको साथमा संगै बसेर संस्कृतिक कार्यक्रम हुर्न सुन्न नसकिने अवस्था हुन्छ भने महोत्सवबाट के कति कस्लाई कस्तो उपलब्धि प्राप्त हुन्छ भन्ने कुरा घाम झौं छर्लङ्ग छ ।
यस्तो उपलब्धी विहिन महोत्सव सञ्चालन गर्न प्यूठान जिल्लामा तछाड, मछाड हुंदैछ । किन हुंदै छ त भने जनतालाई मुर्गा बनाउन,े जिल्लाको धन बाहिर पठाउन,े केही धन आफ्नो खल्ती भर्ने, पश्चिमा छाडा संस्कृति प्रदर्शन गरेर जिल्लामा गुन्डा, मुन्डा, तुन्द्रेमुन्द्रे, नशे, उत्पादन गरी युवा पीडिलाई गलत बाटोमा लगाउने मनो विज्ञानको विकास गर्ने मनशायबाट प्यूठान जिल्लाको २ ठाउँमा महोत्सव हुंदैछ भन्ने ठम्याइ कतिको छ तापनि यस प्रकारको प्रभाव पार्ने आधुनिक युगमा राष्द्रिय अन्तराष्द्रिय तत्वहरु धेरै छन् । तर यो महोत्सव पनि यस्ता विकृति विसंगतीको उत्पादन गर्ने एउटा प्रेरक तत्व हो भन्ने भनाई जनताको छ । प्यूठानमा हुन गइरहेको यो महोत्सव नभएर एउटा मेला हो भनि दिएमा वेश हुने थियो र यो मेलाबाट सम्भावित रुपमा हुनसक्ने विकृति विसंगति प्रति सचेत हुन मेला आयोजक समितिमा अनुरोध छ ।
कमेन्ट गर्नुहोस !