प्यूठान, वडा वासीहरु जो कसैलाई पनि आपत् बिपत् परेको बेला सहयोगका लागि आफ्नो सक्रिय भुमिका खेल्दै आएका प्यूठान नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले वडा भित्रका अशक्त विरामीहरुको घरदैलोमा पुगी स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
आइतबार वडा भित्रका विभिन्न बस्तीहरुमा पुगी युवा वडा अध्यक्ष श्रेष्ठले विभिन्न रोगका कारण विस्ताराको जिवन विताईरहेका अशक्त बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्नुको साथै उनीहरुको साथमा हरपल आफु रहेको र समस्या परे जस्तो सुकै सहयोग गर्न पनि तत्पर रहेको प्रतिवद्धता जनाएका हुन् ।
विजयनगर सेपुङ्ग घर भई हाल चितिखोला बस्दै आएका विरामी शेर बहादुर कुँवर ,चक्रिवाङ्गका ज्ञान बहादुर कुमाल ,सापडाँडाका मोतिराम नेपाली,इश्वर बहादुर खड्का,नारायणी खड्का र विजयनगर दैलेसिमलका विरामी तारा दमाईको घरमै पुगेर अध्यक्ष श्रेष्ठले स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै विरामीलाई हौसला दिदै आवश्यक परे चिकित्सक लिएर घरमै आउने तथा जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता जनाएका थिए ।
वडा भित्रका अन्य गम्भीर अवस्थाका विरामी जो ओच्छ्यानमा थला परेका छन् तीनिहरुको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक सहयोग हेरचाह गर्ने कार्य नियमित रुपमा गरिने अध्यक्ष श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस !