आइतवार, चैत्र ९, २०८१ | Sunday 23rd March 2025

जनयुद्ध दिवसको अवसरमा वडा कार्यालयद्धारा रक्तदान कार्यक्रम


प्यूठान ,३०औ जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।
प्यूठान नगरपालिका वडा न.३ को आयोजनामा आज फागुन १ गते सापडाँडा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठान,नेपाल रेडक्रस सोसाइटी विजयनगर उपशाखाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नयाँ रक्तदाता देखी लिएर बीसौ पटक सम्म रक्तदान गरेकाहरुले समेत स्वतस्फुर्त रुपमा २१ जनाले रक्तदान गरेका थिए ।

 

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्यूठान नगरपालिका वडा न.३ का अध्यक्ष सुमन राज श्रेष्ठले नेपालका महत्वपूर्ण आन्दोलनको नेतृत्व गर्न जनयुद्धले विशेष भुमिका खेलेको भन्दै जनयुद्धको जगबाट हिजोको शासकिय संरचनालाई परिवर्तन गरेर यो व्यवस्था ल्याउन खेलेको भुमिकालाई कसैले भुल्न नहुने चर्चा गरे ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top