बिहिबार, माघ २३, २०८२ | Thursday 5th February 2026

केसीको नियात्रा ’लुङदेखि रायनसम्म’ विमोचन 


 

प्युठान ,लेखक मदन बहादुर केसीको नियात्रा कृति ’लुङदेखि रायनसम्म’ सोमबार एक समारोहका बीच नेपालगन्जमा विमोचन गरिएको छ । ‘झिमरुकको तीरैतीर’को सफल कृति पछि केसीले आफ्नो अर्काे नियात्रा कृतिका रूपमा यसलाई पाठकमाझ ल्याएका हुन् ।

नेपाल बैंक बाट अवकाश पछि अवकाशप्राप्त जीवनलाई सिर्जनात्मक कर्ममा लगाउँदै आएका प्युठानमा निजि  क्षेत्रको पहिलो बैंक खोली  साबिक  झिम्रुक बिकास बैंक प्युठानका प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका  केसीले यस कृतिमा आफ्ना अनुभूति, वैचारिक आस्था र सामाजिक यथार्थलाई समेट्न सफल भएको कृतिका टिप्पणीकारले धारणा राखे ।

सोमवार प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यमा आयोजित विमोचन कार्यक्रममा कृतिको बारेमा पूर्व प्राज्ञसभा सदस्य डा. हरी तिमिल्सिनाले झन्डै एक घण्टा लामो गहन समीक्षा प्रस्तुत गरे । उनले पुस्तकले यात्राका विवरण मात्र नभई सामाजिक र सांस्कृतिक पक्षलाई समेत सूक्ष्म ढंगले केलाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले लेखकको सक्रियताको प्रशंसा गर्दै लेखकले आफ्नो अवकाश पछिको समयलाई समाजका लागि योगदान दिने गरी सिर्जनामा लगाएकोमा खुसी व्यक्त गरे ।

रामप्रसाद शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन तुल्सीमणि केसीले गरेका थिए । कार्यक्रममा लेखक मदन बहादुर केसीले आफूले अवकाशपछि पनि समाजलाई केही न केही वैचारिक र अनुभूतिमूलक योगदान दिने उद्देश्यले यो पुस्तक लेखेको बताए ।

कार्यक्रममा मधुसूदन शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, जितबहादुर शाह, मणि अर्याल, कल्पना पौडेल, जेन्टिल गौतम लगायत ५० जनाभन्दा बढी साहित्यप्रेमी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

केही न केही काम गर्न  हुटहुटीका साथ लाग्ने केसि बढ्दो उमेर अवस्था सङ्गै पनि लेख रचना तथा विभिन्न सामाजिक कार्यमा सम्लग्न हुँदै आएका छन् । प्युठानका विभिन्न बिद्यालयमा अक्षकोष स्थापना ,पत्रकार महासंघ प्युठानमा अक्षकोष स्थापना देखि लिएर जिल्लाका विभिन्न सामाजिक अभियानका क्रियाकलापमा सहयोग समेत केसिले गर्दै आएका छन् ।

 

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top