प्रकाश बैद्य
प्यूठान,सहकारीहरुले जनताबाट बचत मात्रै संकलन् गरे ,उत्पादनशिल काम केही गरेनन् भन्ने जस्ता यावत प्रसंगहरु बेला बेलामा विभिन्न पक्षबाट उठिरहेका बेला प्यूठान नगरपालिका वडा न. ३ को बिजयनगर महिला सानाकिसान कृषि सहकारी संस्थाले किसानलाई कृषि उत्पादनमा जोड्न जिल्लामै धानको बिउ उत्पादन गरी प्रशंसनिय कार्य गरेको छ ।
संस्थाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (धान जोन)प्यूठान तथा विभिन्न निकायको सहयोगमा कृषकहरुका लागि जिल्लामै उन्नत सावित्री जातको धानको बिउ उत्पादन गरी जिल्लाको कृषि अभियानमा एक इटा थपेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई( धान जोन ) प्यूठानको ८५ प्रतिशत अनुदान सहयोगमा आ.व.०७७,०७८ मा संस्थाले प्यूठान नगरपालिका वडा न.२ पशुपतिनगरमा बिउ स्रोत केन्द्र तथा गोदाम घर निर्माण गरी उत्पादन भएको बिउ उक्त गोदाम घरमा भण्डारण गरी विक्री वितरण तथा प्याकेजिङ्गको कार्य गर्दै आएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघले वडामा आएर सहकारी स्थापना गर्न सहजिकरण गरी वि.स.०७१ साल कार्तिक २३ गते तत्कालिन डिभिजन सहकारी कार्यालय दाङ्गमा दर्ता भई आफ्नो कार्य सुरुवात गरेको सहकारीले कृषि उत्पादन तथा उत्पादन वृद्धिका लागि विभिन्न निकायको सहयोगमा धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
संस्थाको संस्थागत विकास,उत्पादनका लागि कृषकको क्षमता विकास ,यान्त्रीकरण ,बिउविजन सहयोग लगायतका कार्यका लागि विभिन्न निकायले सहयोग गर्दै आएको संस्थाले जनाएको छ । संस्थाको प्यूठान नगरपालिका वडा न. २ पशुपतिनगरमा कार्यालय भवनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (धान जोन) ले १२ लाख,प्यूठान नगरपालिका बिजुवारले २ लाख १५ हजार ,प्यूठान नगरपालिका वडा न.३ ले २ लाख ५० हजार र क्षेत्र न. १ सांसद विकास कोष मार्फत १ लाख ५० हजार सहयोग प्राप्त भएको संस्थाका अध्यक्ष सर्मिला रावतले बताइन् ।
०७४ मा किसानका लागि उन्नत बिउ विजन कार्यक्रम सकिय संगै अलपत्र जस्तो परेको अवस्थामा त्यस पश्चात् जोन कार्यक्रम संग जोडिउ पछी संस्थाको संस्थागत विकास तथा उत्पादन केन्द्रीत क्रियाकलाप सञ्चालनमा तत्कालिन कृषि विकास कार्यालय बाट जस्तो सेवा पाएको महसुस भएको अध्यक्ष रावतको भनाई छ ।
जोन संगको सहकार्यमा संस्थाले चैतेधान बिस्तार,सिचाई कुलो,बेमौसमी तरकारी खेती,उन्नत प्रविधि सहित क्षेत्र विस्तार,पोष्ट हार्भेष्ट सामाग्री वितरण,यान्त्रीकीकरण, उपकरण ,बिउ श्रोत केन्द्र ,गोदाम घर लगायतका कृषि उत्पादन केन्द्रीत कार्य गर्दै आएको छ । लुम्विनी सिड्स कम्पनी संग सम्झौता गरेर बिउ विजन सहयोग लगायतका कार्यक्रमहरु पनि संस्थाले अघी बढाएको जनाएको छ ।
हाल ५० क्विन्टल धानको बिउ विक्रीका लागि तयार भएको संस्थाका अध्यक्ष सर्मिला राउतले बताइन् । प्यूठान नगरपालिकाले बिउ प्रवद्र्धन गर्न आवश्यक सहयोग गरेको भन्दै उनले तयार भएको धानको बिउ प्रति के.जी. ६२ रुपैयामा पालिकाले खरिद गर्ने जानकारी दिइन् ।
कार्यक्रमका लागि प्यूठान नगरपालिका आर्थिक विकास समिति मार्फत क्षमता विकास ,साना सिचाई ,बिउ विजन,पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोग गरिएको साथै उत्पादित विउ तथा वस्तुको बजारिकरण कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको प्यूठान नगरपालिकाका प्रवक्ता एवं आर्थिक विकास समिति संयोजक सुमन राज श्रेष्ठले बताए ।
सदस्यका लागि यसका अतिरिक्त वित्तिय साक्षरता ,त्रिपााल वितरण,सिड्रम वितरण,बेसार ,औषधि वितरण ,मकै विउविजन,क्षमता विकास तालिम,गहुँ बिउ तथा बृद्धि ,माटो परिक्षण ,लगायतका सेवाहरु सञ्चालन गरेको संस्थामा एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्यूठानले पनि विभिन्न सहयोगहरु गर्दै आएको संस्थाले जनाएको छ ।
संस्थामा हाल १ हजार २ सय ५४ जना सदस्य आवद्ध भएको संस्थाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !