सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

सुधारोन्मुख दिशामा सामुदायीक विद्यालय, विद्यार्थी आकर्षण बढदै,


टिकाराम पोख्रेल
प्यूठान्, गरीबका छोराछोरी पढ्ने,नियमित पढाई नहुने,समयमा पढाई नहुने र चाँडै विदा हुने, धुलाम्मे कक्षा कोठा र एउटा अव्यवस्थित विद्यालय भन्ने वित्तिकै धेरैको मनमा आउँछ त्यो सरकारी विद्यालय हो तर यतिवेला भने जिल्लाका सरकारी बिद्यालयहरु सुधारको दिशामा बढेका छन् त्यसले गर्दा अहिले बिद्यार्थी आकर्षण पनि आउन थालेको छ । यसको एउटा गतिलो उदाहरण गौमुखी मा. वि बनेको छ ।
हो अहिले गौमुखी गाँउपालिका वडा नं. ५ दुर्गम क्षेत्रमा रहेको ठुलाबेसी मा.वि.मा पुग्दा जो कसैको धारणा परिवर्तन हुन्छ दुर्गम क्षेत्रको एउटा माध्यमिक विद्यालयको व्यवस्थापन देखेर अचम्म लाग्छ,गर्व लाग्छ र भविस्य प्रति आशा जाग्दछ ।
शैक्षिक सत्रको शुरु देखि नै पढने वानीको विकास हुने र आफ्नो स्तर कस्तो छ भनि वुवा आमा र आफैले हेर्न र वुझन पाईने जसले गर्दा सिकाई उपलव्धी बृद्धि भई सफल नतिजा प्राप्त गर्न सकिने कार्यको शुरुवात भएकोमा आफ्नो विद्यालयका शिक्षक प्रति खुसि व्यक्त गरे ठुलावेसी मा.वि.कक्षा दशमा अध्ययनरत देव्यानी न्यौपाने र त्रिविक्रम कवंरले । त्रैसिक, अर्धवार्षिक र वार्षिक परिक्षा गरि तीन पटक परीक्षा लिईदै आएकोमा चालु शैक्षिक सत्र वाट भने गौमुखी मा.वि. ठुलाबेसीले तीन वटा मासिक परीक्षा थप गरि वर्ष भरिमा छ वटा परीक्षा लिने कार्यको शुरुवात गरेको छ । थप गरिएका मासिक परीक्षाको उत्तर पुस्तिका जाँच गरि विद्यार्थी र अभिभावकलाई उपलव्ध गराउने तयारी गरेको विद्यालयले यहि जेष्ठ महिनामा प्रथम मासिक परीक्षा लिईरहेको छ । मुल्याङ्कन पद्धतिवारे अभिभावक र विद्यार्थीहरुलाई बोध गराउने, विद्यार्थीको हाँजिरी दिन बढाउने, विद्यार्थीहरुलाई नियमित अध्ययनमा क्रियाशिल बनाई शैक्षिक गुणस्तर बृद्धि गर्ने, सरकारी विद्यालयलाई परिणामुखी बनाउने लक्ष लिई विद्यालयको समग्र स्तर बृद्धिमा लागिएकोले यसको लागि शिक्षक, विद्यार्थी, अभिभावक, स्थानिय तह सवैको सहयोग अपरिहार्य रहेको वताउँछन प्र.अ.अर्जुन बहादुर के.सी. । विद्यालयले शुरु गरेको कार्य विचैमा नरोकियोस हाम्रा वावु नानीहरुले नियमित पठन पाठनमा ध्यान दिएका छन । विद्यालयले अभिभावकहरुलाई भेला गरि समग्र व्यवस्थापनको जानकारी दिई नियमित रुपमा शिक्षक,विद्यार्थी र अभिभावकहरुसंगको छलफल शुरु गरेको छ यसमा हामिलाई हाम्रा बाबु नानीको सफल नतिजा र हाम्रो विद्यालयको गौरव वढ्नेमा आशावादि भएका छौं भन्छन अभिभावक कृष्ण न्यौपाने र कल्पना जैसी । विद्यालयका शिक्षक जायेश्वर जैसी,मदन कुमार आचार्य र अनिता के.सी. भन्छन यस कार्यले शिकाई उपलव्धी वृद्धि गर्न महत्वपूण भूमिका खेल्नेछ तर दिर्घकालिन रुपमा व्यवस्थापन गर्न भने चुनौती सामना गर्नु पर्नेछ, शिक्षकहरुको कार्यवोझ बढनुका साथै आर्थिक व्यवहार बढने भएकोले स्थानिय तहले यस्तो कार्यको शुरुवात गर्ने विद्यालयलाई शिक्षक दरवन्धि र थप पारिश्रमिकको व्यवस्था गरे सरकारी विद्यालय सवैको भरोसाको केन्द्र हुनेछ । विद्यालयको भविश्य विद्यार्थीको भविष्य संग जोडिएको छ तसर्थ हामीले शुरु गरेको हरेक सकारात्मक काममा शिक्षक अभिभावकले सहयोग गर्दे आउनु भएको छ र भविश्यमा पनि त्यही सहयोगको अपेक्षा राखेको छु हाम्रो काम भविश्यका कर्णधार निर्माण गर्ने हो शुरु गरेको कार्य विचैमा रोकिदैन यसको दिगो व्यवस्थापनमा लाग्ने छु भन्छन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वालाराम न्यौपाने । यस विद्यालयको सिको अन्य विद्यालयले पनि गर्ने भएकोले यस कार्यको उच्च सम्मान गर्दे निरन्तरतामा मेरो सहयोग रहने छ भन्छन विद्यालय श्रोत व्यक्ति ओमहरी पोख्रेल । विद्यार्थीको सिकाई उपलव्धी वृद्धि हुने,विद्यालयमा विद्यार्थीहरुको नियमित हाँजिरी हुने, अभिभावकहरुको विद्यालय प्रति चासो बढ्ने र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने भएकोले यस्तो कार्यको अनुसरण सम्पूर्ण विद्यालयले गर्नेमा आफु आशावादी भएको वताउँछन शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख शिवराज पण्डित ।
यस क्षेत्रकै नेतृत्वदायि भूमिका निर्वाह गर्ने यस विद्यालय संग सवैले आशा गरेका छन यसको उत्कृष्ट कार्य अन्य विद्यालयले अनुसरण गर्ने छन सरकारी विद्यालयको व्यवस्थापकिय पक्ष सुधार र शैक्षिक उपलव्धि हासिल गर्ने विद्यालयको सहयोगमा गाँउपालिकाले हात फुकायर सहयोग गर्नेछ भन्छन गौमुखी गाँउपालिकाका अध्यक्ष विष्णु कुमार गिरी । यस विद्यालयमा अहिले छात्रा २४१ र छात्र २४७ गरी ४८८ जना विद्यार्थीहरु अध्ययन गर्दछन । यस विद्यालयले मात्र होईन मुक्ति मा.वि.रातामाटा,खरा मा.वि.रजवारा लगाएतका विद्यालयहरुले समेत मासिक परीक्षा लिई उत्तर पुस्तिका जाँच गरि विद्यार्थी र अभिभावकलाई उपलव्ध गराउने कार्यको शुरुवात गरेका छन भने ज.मा.वि.वाग्दुलाले शुरु गरेको अंग्रेजी र नेपाली माध्यमवाट सरकारी विद्यालयमा पठन पाठन हुनुले सरकारी विद्यालयमा पछिल्लो पटक आकर्षण बढेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top