मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

तेज स्मरण शक्ति भएका अर्पण प्युठान आउदै


मधसुदन पोख्रेल
प्युठान, संसारकै तेज स्मरण शक्ति भएका नेपाली युवा आर्पण शर्मा प्युठान आउने भएका छन । एक मिनेटमा ४२ शव्द क्रममा याद गरि विश्व गिनिज बुकमा नाम लेखाउन सपल शर्मा ३ दिनको लागि प्युठान आउने भएका हुन ।
आइटी मल्टी टेक्नीकल इन्टिच्युट को आयोजनामा प्युठान आउनलागेको इन्टिच्युटका संचालक मदन खड्काले बताए । झापामा जन्मेका शर्मा विदेस तथा स्वदेशका विभिन्न जिल्लामा स्मरण गर्न सक्ने तरिकाको बारेमा जानकारी गराउदै आएका छन । विशेष गरी विद्यार्थीहरुलाइ पढ्ने तरीकाको बारेमा उनि सिकाउछन । शर्माले डक्टर,शिक्षक,म्यानेजर लगाएत सवै क्षेत्रका मानिसहरुलाई स्मरण क्षेमताको तालिम दिने गरेको आयोजकले जनाएको छ । वैशाख ३१ देखी जेठ २ सम्म मेमोरी पावर तालिम मा प्रशिक्षकको रुपमा प्युठान आउन लागेको अयोजकले जनाएको छ । तिन दिन सम्म चल्ने तालिममा लोकसेवा तयारीमा लागेका विद्याथीहरु,व्यवसायी,कर्मचारी, लगाएत इच्छुक जो सुकैले भाग लिन सक्ने आयोजकको भनाई छ । तालिममा सहभागी हुन ३१ गते विहान सम्म सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top