
बैशाख ९ ।
प्यूठान, सन् २००१ मा काठमाण्डौको जोरपाटनबाट सुरु भएको समता स्कुल ४९ औं जिल्लाको रुपमा यसै शैक्षिक सत्र देखि प्यूठानमा पनि सञ्चालन भएको छ । समतामा ९९ जना बालबालिका भर्ना भइसकेको र आजकै दिनमा १५ जना अभिभावकले भर्ना गरिरहेका छन् ।
हाँस्य कलाकारको महजोडी हरिवंश आचार्य र मनदकृष्ण श्रेष्ठ लगायत थुप्रै चर्चित व्यक्तिहरुको सहयोगमा सञ्चालित यस स्कुलले भर्ना शुल्क १ सय ५० रुपैयाँ र मासिक शुल्क एक सय रुपैयाँ पठन पाठन गराउदैं आएको समता स्कुलमा व्यवस्थापक सुदर्शन पौडेलले बताए । ‘नीजि विद्यालयको पहुँच नभएका र सरकारी विद्यालयमा बालबालिकालाई पठाउन नचाहाने अभिभावकहरुको लागि समता स्कुलले पुलको गरेको छ,’ पौडेलले भने ‘यो कुनै धर्ममा आधारित शिक्षा होइन, यदि कसैमा भ्रम छ भने–त्यो गलत हो ।’ अग्रेजी माध्यमबाटै पठनपाठन हुने समता स्कुलमा बालबालिकाको सर्वाङ्गिर्ण विकासमा ध्यान दिइने र सज वातावरणमा शैक्षिक क्रियाकलाप गरिने उनले बताए ।
आज (आइतवार) समता स्कुलको उद्घाटन गर्न प्यूठान नगरपालिका २ रातामाटा प्लटिङ पुगेका प्यूठान क्षेत्र नं. २ का सांसद एवं कार्यक्रमका प्रमुख अतिथी कृष्णध्यज खड्काले महङ्गो शुल्क तिरेर पढ्न नसक्नेलाई फाइदा पुग्ने भन्दै समता स्कुलले निम्न स्तरका विद्यार्थीलाई सेवा गर्दै आएको बताए । ‘सरकारी स्कुलको गुणस्तर खस्किरहदा समता स्कुलमा विद्यार्थीको आकर्षण बढ्न सक्छ’ सांसद खड्काले भने– ‘राज्यले नै शिक्षाको गुणस्तर वृद्धिको अवधारणा लिनु पर्नेमा समताले दायित्व लिएर समाजमा राम्रो योगदान तथा प्रशंसनीय कार्य गरेको छ ।’ प्यूठानमा पनि सेवा विस्तार गरेको भन्दै खड्काले समताका सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएका छन् । राज्यको शिक्षा नीति साढे र बाच्छाको जुदाई जस्तो भएको तर्क समेत राखेका थिए । 
त्यस्तै प्रमुख जिल्ला अधिकारी डा. कृष्ण घिमिरेले इमान्दारी पूर्वक एवं पवित्र आत्माकासाथ समाजमा राम्रो कार्यको थालनी गरेका भन्दै आगामी दिनहरुको समता टिमलाई सफलताको लागि शुभ कामना समेत दिएका थिए ।
निम्न आयश्रोत भएकागरिब, दलित र बिपन्न परिवारका बालबालिकालाई कम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले प्युठानमा पनि समता स्कुल खुलेको हो । शिक्षाबाट कोहि पनि व्यक्ति बन्चित हुन नपरोस भन्ने हेतुले यस्तो अबधारणा सुरु गरेका स्कुलका निर्देशक दिपक सञ्जेलले बताए । ‘उत्तम सन्जेलले ५० जना विद्यार्थी राखेर सुरु गरेका समतामा अहिले ४० विद्यार्थीले अध्ययन गरिरहेका छन्’ थप्दै उनले भने‘ सस्तो शुल्क भन्दा पनि अभिभावकले समता प्रति गरेको विश्वासका कारण आफ्ना बालबालिका भर्ना गरेका छन् ।’ एउटा अभिभावकको मुख्य दायित्व भनेकै राम्रो शिक्षासंगै राम्रो आचण सिकाउनु पनि हो त्यसैले समता स्कुलमा यो कुरा कहिल्य कमी नहुने उनले बताए ।
आर्थिक रुपमा पहुँचमा नरहेका बिद्यार्थीलाई यस्ले सहयोग गर्ने उनको भनाई छ । नेपाल सङ्गै यो स्कुललाई सार्क राष्ट भारत, श्रीलंका, र बङ्गलादेशमापनि यसै शैक्षिक सत्रबाट सञ्चालन गरिएको उनले जानकारी दिए ।
समताको ५ वटा प्लस् टु, २० भन्दा बढि मा.वि., एउटा १ सय वेडको अस्पताल सञ्चालन रहेको र अब नर्सिङ कजेल पनि सञ्चालनको अन्तिम तयारी भएको जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस !