सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

प्यूठानबाट ३ हजार बढी विद्यार्थीले एसइई परीक्षा दिदैं


चैत्र ०७
प्यूठान । यसवर्ष प्यूठान जिल्लाबाट ३ हजार ५ सय २० जना नियमित र ८० जना एक्जाम्टेड गरी ३ हजार ६ सय विद्यार्थीहरुले एसइई परीक्षा दिने भएका छन् । एक्जाम्टेड विद्यार्थीलाई यसवर्ष छुट्टै परीक्षा केन्द्रको व्यवस्था सहित १७ वटा परीक्षा केन्द्रबाट यी विद्यार्थीहरु परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा एसइई को प्यूठानमा सम्पुर्ण तयारी पुरा भइसकेको छ । चैत्र ८ गते अर्थात भोलीवाट सञ्चालन हुने एसइईको लागि जिल्लामा केन्द्रहरुको छनोट, केन्द्राध्यक्ष खटन पटन, उत्तर पुस्तीकाहरु सम्वन्धित स्थानमा पुर्याउने लगाएतका काम सकिएको जिल्ला शिक्षा कार्यालय प्यूठानका शिक्षा अधिकारी सुर्य प्रसाद भुसालले जानकारी दिए । जिल्लामा रहेका ७२ वटा सरकारी तथा नीजि विद्यालयका १७ जना केन्द्राध्यक्ष परिचालन गरिएको छ ।
जनता मा.वि वड्डाडा,अमर मा.वि भिगृ, विद्यानन्द मा.वि जुडापाटा, माण्डवी मा.वि नयागाउ, मुक्ति मा.वि रातामाटा, पब्लिक वोर्डिङ लगाएतका १७ स्थानवाट सञ्चालन हुने जिल्ला शिक्षा अधिकारी भुसालले जानकारी दिए । यस पटकको एस ईई परिक्षामा भानुभक्त मावी र मुत्तिमावी रातामाटाका प्राविधिक तर्फका ८२ जना परिक्षार्थी पनि महेन्द्र मा.वी खलगां केन्द्रवाट परीक्षामा सहभागी हुदै छन् ।
प्यूठानवाट दृष्टीविहिन परिक्षार्थीको रुपमा महेन्द्र मा.वी खलगांका महेन्द्र शारु थापा र विष्ण कुमारी महतराले पनि एस ईई परीक्षामा सहभागी हुदै छन् । उनीहरुले कालिका मा.वि विजुवारवाट एसईई परिक्षा दिदै छन् । उनीहरु आज नै सम्वन्धित स्थानमा पुगि सकेको विद्य।लयका प्रध्यानाध्यापक पिताम्वर पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top