शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

चिनौं, देश बेच्ने नेताहरु !


लिला पुन
पुराणमा वर्णित हिमवत खण्ड भन्ने स्थान अहिलेको नेपाल थियो । धर्म र दर्शनको खानीका रुपमा चिनिने देश नेपाल अहिले आफनै छिमेकी देश भारतबाट प्रताडित छ । किनकी उसले किस्ताबन्दी रुपमा नेपाल खाने सुर गरिराखेको छ । जसको ज्वलन्त उदाहरण हो–कालापानी, लिपुलेक, लिम्पियाधुरालाई भारतले आफनो राजनीतिक तथा प्रशासनिक अंगको रुपमा आफनो देशको नक्सासंग समेटेर संसारसामु छर्लङ्ग देखाउनु । आजभन्दा २ सय ४ बर्ष अघि नेपाल करिब २ लाख हेक्टर जमिनमा पैmलिएको थियो । त्यतिबेला नेपालको सीमाना पूूर्वमा टिस्टा पश्चिममा काँगडासम्म थियो । त्यसबेला भारतमा अंग्रेजले शासन गरिराखेको थियो । अंग्रेजहरुले भारतमा रहेको ६ सय पैसठ्ठी राज्यलाई विस्तारै–विस्तारै आर्थिक, सामाजिक, धार्मिक, सैनिक जसरी हुन्छ सबैलाई छलबलद्वारा मिसाइ विशाल भारत बनायो । यसैको शिलशिलामा नेपाल पनि अंग्रेजहरुको आँखामा अछुतो रहेन । उसले नेपालमाथि आक्रमण गर्यो । आक्रमणपछि नेपाल अंग्रेजसंग नझुकि एक स्वर्णीम राष्ट्रमा परिणत भयो । यध्यपी नेपाल अहिलेको सानो भूमिमा सिमित रहन पुग्यो ।

यही सानो भूमिमा पनि छिमेकी राष्ट्र कहलाएको भारतले अंग्रेजले जस्तै गिद्धे नजर लगाउन छोडेन । किनभने भारतीय शासकहरु भारतीय आमा र अंग्रेजी बाबुको ठिमाहा सन्तान हो । जस्तो अंग्रेजले भारतमा गरिरहेको थियो अहिले पनि भारतीय शासकहरु नेपालमा त्यही गरिरहेको छ । नेपालमा विभिन्न शासकहरुले राज्यसत्ता चलाउदै आए । कहिले राणा शासन त कहिले राजा शासन, कहिले प्रजातन्त्रको नाममा देशमा विभिन्न दलका विभिन्न नेताहरुले शासन चलाउदै आए । नेपालमा राणा शासनको पतनपछि प्रजातन्त्रको उदय भयो । प्रजातन्त्रको नाममा बहुदलीय व्यवस्था आयो । २०१५ सालको आम निर्वाचनपछि वि.पि. कोइराला प्रधानमन्त्री बने । त्यसैबेलादेखि भारतले नेपालको अस्मितामाथि धावा बोल्न थाल्यो । यसैको निहुँ बनाएर राजा महेन्द्रले जनताको जनअधिकारमाथि कु गरी प्रजातन्त्र मासेर एकदलिय पञ्चायती व्यवस्था लागु गरे । प्रजातन्त्रको नाममा जब वि.पि. कोइराला प्रधानमन्त्री भए त्यसैबेला देखि नेपाल असमान सन्धीको चपेटामा पर्न थाल्यो । आफनो सत्ता टिकाउन मात्र हाम्रा देशका नेताहरुले देश क्रमश–क्रमश बेचिरहे ।
राजनीतिक उतार–चढाबका साथै २०४८ सालमा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमण गए । भारत भ्रमण कै क्रममा सत्ता टिकाउनको लागि उनले टनकपुर सम्झौता गरेर आए । सत्ता टिकाउन र सत्तामा बसिरहने उदेष्यले नेपाली काँग्रेस र एमालेले २०५३ साल असौज ४ गते महाकालीलाई नेपालको संसदबाट नै अनुमोदन गरिदिए । जसको चर्चा अहिले पनि जनमानसमा जिवितै छ । कुन शासकले कति–कति बेचे हाम्रा प्राणभन्दा प्यारो देशलाई ?

नम्बर (१) मातृका प्रसाद कोइरालः बि.स. २०११ बैशाख १२ गते स्व. मातृकाप्रसाद कोइरालाले भारतसंग कोशी सम्झौता गरे । त्यही सम्झौताको आधारमा भारतले नेपालमा पर्ने कोशी नदीको बाँढ बाँढिदियो । कोशीले भारतको विहारमा पुराउने क्षतिको अलावा भारतीय भूमि सिंचाईको लागि भन्दै बाँढ बनाएको थियो । अहिले उक्त कोशी सम्झौताले उत्पन्न गरेको समस्याबाट नेपाली नागरिक १ लाख, भारतीय नागरिक १० लाख भारतीयहरु प्रभावित भइरहेका छन् । कोशी सम्झौतालाई अहिले पनि विहारको दुःखका नामले सम्झने गरिन्छ । बर्षातमा कोशीले पुराउने क्षतिले गर्दा अहिले उक्त सम्झौता नेपाल, भारत दुवैको टाउको दुखाइको विषय बनेको छ ।
नम्बर (२) वि. पी. कोइरालाः वि.पी. कोइराला प्रधानमन्त्री भएको बेला २०१६ मङ्सिर १९ गते गण्डक सम्झौता गरेका थिए । नेपालको लागि राष्ट्रघाति सम्झौता मानिएको गण्डक सम्झौताले गण्डकीबाट बग्ने नेपालको पानी सबै भारतको भयो । वि.पी.ले कालापानीमा भारतीय सेना राख्ने सम्झौता समेत गरेका थिए, उक्त सम्झौताले नेपालमाथि निकै राष्ट्रघात भएको ठहर गरेको थियो । वि.पीले गरेको अर्को सम्झौता भनेको शान्ति सेना र हतीयार सम्बन्धी सम्झौता हो । त्यसबाहेक यता राजाहरुसंगको मेलमिलापको कुरा उठाएर तत्काल आपैmले चाहे जस्तो कम्जोर पार्न र असम्भव राजतन्त्रको आडभरोसा गर्ने र सत्तामा पुग्ने रणनीति बनाई वि.पी. सम्मले देश र जनताका लागि गद्दारी गरेका थिए । नेपालको राजतन्त्र कम्जोर पार्ने नाममा नेपालको राजनीतिमा भएको दबाब बढाउने कामको थालनी तत्कालिन प्रधानमन्त्री वि.पी.ले गरेका थिए । नम्बर (३) गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाः २०४६ सालपछि नेपालको राजनीतिमा सबैभन्दा बढी हालि–मुहालि गरेका गिरिजाप्रसाद कोइरालाले टनकपुर सम्झौता गरे । उतिबेला नै टनकपुर सम्झौता राष्ट्रघाती भएको भनेर अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी भएको बेला मदन भण्डारीको २०५० जेष्ठ ३ दासढुङ्गामा गाडी खोलामा खसालेर हत्या भयो ।
त्यस्तै सुशील र गिरिजाले माथिल्लो कर्णाली परियोजना, पश्चिम सेती परियोजना, अरुण तेस्रो परियोजनाको सम्झौता समेत गर्न भ्याए । सत्ताको दुरुपयोग गर्दै गिरिजाप्रसाद कोइरालाले मर्नुभन्दा पहिले पश्चिम सेती, अरुण तीन, माथिल्लो कर्णाली सबैभन्दा घातक सन्धी भारतमा गरिदिए । सो सन्धी अनुसार अब नेपालको कुनै पनि नदी–नाला माथि अधिकार हुने छैन । के.पी. वली, माधब नेपाल, सेरबहादुर देउबा नेपालको सबैभन्दा घातक मानिएको महाकाली सन्धीमा हस्ताक्षर गर्ने प्रमुख भूमिका के. पी. वलीमाथि छ । जानकारहरुका अनुसार उक्त सम्झौता गर्न के. पी. वली, गिरिजाप्रसाद कोइराला, माधब नेपाल र सेरबहादुर देउबाको प्रमुख हात रहेको थियो । अहिले पनि भारतले नेपाल डुवानमा पर्ने गरी पश्चिमको महाकालीदेखि पूर्वको मेची नदीसम्म २० वटा भन्दा बढी अन्तराष्ट्रिय नियम विपरित नेपालको स्वीकृत नलिइ बाँढ बाँढेको छ । मदन भण्डारीको मृत्युपछि एमाले महासचिबको पद सम्हालेपछि भारत भ्रमणमा गएका माधब नेपालले भारत भ्रमणबाट फर्केपछि के. पी. वलीको भरपुर साथमा सबैलाई आश्र्चय चकित पार्दै महाकालीको सन्धीमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका पार्टीले पनि संसदमा महाकाली सन्धीको पक्षमा उभिएर अनुमोदन गरेको थियो । नेपाली जनतालाई महाकाली सन्धी गरेर फाइदै–फाइदा हुन्छ भनेर ढाँटेर २०५३ असौज ४ गते शुक्रबार मध्यराती संसदबाट अनुमोदन गरिएको थियो ।
त्यस सन्धीको लाखौ नेपाली जनताको विरोध हुँदा–हुँदै संसदबाट पास गरिएको थियो । त्यो सन्धी त्यतिबेलाको सत्तारुद दल नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विशेष गरी के. पी. वली, माधब नेपाल मिलेर भारतलाई सुम्पेका थिए । महाकाली सन्धीको विरोधमा हस्ताक्षर गर्ने नेतृत्व बामदेव गौतमले गरेका थिए । जसमा साहना प्रधान, राजेन्द्र श्रेष्ठ, सि.पी. मैनाली लगायतका नेताहरुले नेकपा माले गठन गरे । पछि बामदेव लगायतका धेरै नेताहरु एमालेमा फर्किए भने सि.पी. मैनाली लगायतका नेताहरु माले मै रहे । राष्ट्रियताका पक्षमा खरो उत्रिएका तत्कालिन माओवादी नेताहरु बाबुराम भट्टराई, (भु. पु. प्रम.) प्रचण्ड (भु. पुृ. प्रम.) समेत भारत रिझाउने राष्ट्रघाती निर्णयमा अघि लागेका छन् । आफनो सत्ता टिकाउनको लागि भारतीय नेताहरुको खुट्टामा ढोग्ने, नेपालको नदी–नाला बेच्ने परम्परा चलाउदै आएका नेपालका राजनीति दलहरुले यो कामलाई अभैm निरन्तरता दिइराखेका छन् । काँग्रेस, एमाले, राप्रपा, सदभावना, जनता समाजवादी पार्टीले अमेरिका, भारतको समर्थन गर्ने भए किनभने उनैको जुठो–पुरो खाएर हुर्केकाहरुले त्यसो गर्नु कुनै आश्चर्यको कुरो होइन ।
आश्चर्य र घिनलाग्दो कुरो यो हो कि भारतको धुवाधार विरोध गर्ने, विस्तारवादी भन्ने, भारतको विरुद्ध सुरुङ युद्ध गर्छौ भनेर कार्यकर्ताहरुलाई जंगल–जंगलमा खाल्डो खन्न लगाउने, अमेरिकन साम्राज्यवाद मुर्दावाद भन्ने माओवादी नेताहरु प्रचण्ड, बाबुराम, महरा, बर्षमान पुन लगायतका नेताहरुले अमेरिका, भारतको गुलामी गरेको सुन्दा र देख्दा पो अचम्मै लाग्छ । कसरी सिद्धान्त, विचार, व्यवहार छोड्न सकेको होला ! कसरी माधब नेपाल, के. पी. वली, रामचन्द्र पौडेल, सेरबहादुर देउबा बन्न सकेको होला ! कसरी संगै खाएको, संगै सुतेको, संगै हिडेको, संगै लडाईमा गएको आफनै संगी–साथीलाई विर्सन सकेको होला ! कसरी जनता मारी रंगमहलमा बसी खान सकेको होला ! जनताका आँखामा त्यति राम्रा भिजेका मान्छेहरु कसरी विक्न सिकेको होला ! जनतालाई कसरी ढाँट्न सकेको होला ! चाहे माओवादी होस, चाहे एमाले, चाहे काँग्रेस होस, चाहे राप्रपा, चाहे समाजवादी जनता दल होस, चाहे सदभावना सबैका–सबै अपराधीका ग्याङ हुन् । सबै मिलेर सत्रहजार दुःखीगरिबहरु मारे ! अभैm भएन भनेर तीनहजार, पैतिस सय सेनाको सुरक्षा घेराभित्र बसेका उदारवादी, जनताका आँखाको नानी बनेर बसेको प्यारो राजा मारे ! उनको दर–सन्तानलाई खोजि–खोजि मारे । अनि यस्ता अपराधी समुहले के को देशको लागि सोचोस ! के को जनताको लागि सोचोस !!

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top