सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

मुक्ति मा वि रातामाटाको ६६ औं वार्षिक उत्सव


फागुन ७ ।
प्यूठान । जिल्लाको जेठो विद्यालय मुक्ति माध्यमिक विद्यालय रातामाटाले सोमावार ६६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
स्व. प्रतिमान चन्द बोहोराको सक्रिय पहलमा २००७ सालको राणा शासन विरोधी क्रान्तिमा संलग्न मुक्ति सेनाको सहयोगमा मुक्तिकै नामबाट २००८ सालमा स्थापना भएको यस विद्यालयले प्रजातन्त्र दिवसको अवसर पारेर पहिलो पटक यसरी वार्षिक उत्सव मनाएको हो । प्यूठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक योगेन्द्र बहादुर जिसीले विद्यालयको प्रगति विवरण पेस गर्दै भावि कार्यक्रमको रुपरेखा समेत प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिवेदन लेखापाल याम बहादुर खत्रीले प्रस्तुत गरेका थिए ।
वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी, पुरुस्कार दाता एवं उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई पुरुस्कृत तथा सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कार्कीको अध्यक्षता र व्यवस्थापन समितिका सदस्य कृष्ण घिमिरेको स्वगत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक मेघराज शर्मा र सुमन सुवेदीले गरेका थिए । त्यसै बीच विद्यालयले ‘मुक्ति दर्पण’ समेत प्रकाशन गरेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top