
म्याड्रिड । डिएगो कोस्टा चेल्सीबाट आफ्नो पुरानो क्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् ।
च्याम्पियन्स लिगमा दुई टोलीबीच खेल हुने एक दिनअघि ५.८ करोड पाउण्डमा कोस्टा एथ्लेटिकोसँग अनुबन्ध भएका हुन् ।
एथ्लेटिकोले गत हप्ता चेल्सीसँग कोस्टालाई अनुबन्ध गर्ने विषयमा सम्झौता गरेको थियो । कोस्टाले एथ्लेटिकोमा मेडिकल पास गर्नुका साथै करारमा हस्ताक्षर गरिसकेका छन् ।
एथ्लेटिको छाडेपछि कोस्टाले चेल्सीमा ३ वर्ष विताएका थिए ।
यद्यपि, एथ्लेटिकोमाथि ६ महिना ट्रान्सफर ब्यान लागेको कारण जनवरीसम्म कोस्टाले डिएगो सिमिओनीको टोलीका खेल्न पाउने छैनन् ।
बुधबार चेल्सी र एथ्लेटिकोबीचको खेल उनले स्ट्याण्डबाट हेर्नुपर्नेछ ।
चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेसँग कोस्टाको लामो विवाद विधिवत रुपमा अन्त्य भएको छ ।
कोन्टेले कोस्टाप्रति कुनै नराम्रो भावना नरहेको बताएका छन् ।
उता, कोस्टाले पनि चेल्सी क्लब र समर्थकलाई धन्यवाद दिएका छन् ।
कमेन्ट गर्नुहोस !